< 诗篇 89 >
1 以斯拉人以探的训诲诗。 我要歌唱耶和华的慈爱,直到永远; 我要用口将你的信实传与万代。
म परमप्रभुको करारको विश्वस्तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
2 因我曾说:你的慈悲必建立到永远; 你的信实必坚立在天上。
किनकि मैले भनेको छु, “करारको विश्वस्तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”
3 我与我所拣选的人立了约, 向我的仆人大卫起了誓:
मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्नो दास दाऊदसँग सपथ खाएको छु ।
4 我要建立你的后裔,直到永远; 要建立你的宝座,直到万代。 (细拉)
म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला
5 耶和华啊,诸天要称赞你的奇事; 在圣者的会中,要称赞你的信实。
हे परमप्रभु, स्वर्गले तपाईंका आश्चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।
6 在天空谁能比耶和华呢? 神的众子中,谁能像耶和华呢?
किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?
7 他在圣者的会中,是大有威严的 神, 比一切在他四围的更可畏惧。
उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ ।
8 耶和华—万军之 神啊, 哪一个大能者像你耶和华? 你的信实是在你的四围。
हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्छ ।
तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।
10 你打碎了拉哈伯,似乎是已杀的人; 你用有能的膀臂打散了你的仇敌。
तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
11 天属你,地也属你; 世界和其中所充满的都为你所建立。
स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
12 南北为你所创造; 他泊和黑门都因你的名欢呼。
तपाईंले उत्तर र दक्षिणको सृष्टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्दित हुन्छन् ।
13 你有大能的膀臂; 你的手有力,你的右手也高举。
तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्च छ ।
14 公义和公平是你宝座的根基; 慈爱和诚实行在你前面。
धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
15 知道向你欢呼的,那民是有福的! 耶和华啊,他们在你脸上的光里行走。
ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।
16 他们因你的名终日欢乐, 因你的公义得以高举。
तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
17 你是他们力量的荣耀; 因为你喜悦我们,我们的角必被高举。
तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
18 我们的盾牌属耶和华; 我们的王属以色列的圣者。
किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
19 当时,你在异象中晓谕你的圣民,说: 我已把救助之力加在那有能者的身上; 我高举那从民中所拣选的。
धेरै अघि आफ्ना विश्वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
मैले आफ्नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।
कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
23 我要在他面前打碎他的敌人, 击杀那恨他的人。
त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।
24 只是我的信实和我的慈爱要与他同在; 因我的名,他的角必被高举。
मेरो सत्यता र मेरो करारको विश्वस्तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।
म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्नेछु ।
26 他要称呼我说:你是我的父, 是我的 神,是拯救我的磐石。
त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'
मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्ये सबैभन्दा उच्च पारिएको रूपमा पनि त्यसलाई म राख्नेछु ।
28 我要为他存留我的慈爱,直到永远; 我与他立的约必要坚定。
म आफ्नो करारको विश्वस्तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।
29 我也要使他的后裔存到永远, 使他的宝座如天之久。
त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।
30 倘若他的子孙离弃我的律法, 不照我的典章行,
त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने,
तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
32 我就要用杖责罚他们的过犯, 用鞭责罚他们的罪孽。
तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु ।
33 只是我必不将我的慈爱全然收回, 也必不叫我的信实废弃。
तर त्यसबाट आफ्नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्वासी हुनेछैन ।
म आफ्नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।
35 我一次指着自己的圣洁起誓: 我决不向大卫说谎!
सदाको निम्ति एकै पटक मैले आफ्नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
36 他的后裔要存到永远; 他的宝座在我面前如日之恒一般,
त्यसका सन्तानहरू सधैं निरन्तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।
37 又如月亮永远坚立, 如天上确实的见证。 (细拉)
आकाशमा विश्वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला
तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्त राजासँग तपाईं रिसाउनुभएको छ ।
39 你厌恶了与仆人所立的约, 将他的冠冕践踏于地。
तपाईंले आफ्नो सेवको करार त्याग्नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
40 你拆毁了他一切的篱笆, 使他的保障变为荒场。
तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्नावशेष पार्नुभएको छ ।
त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
42 你高举了他敌人的右手; 你叫他一切的仇敌欢喜。
तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्दित बनाउनुभएको छ ।
43 你叫他的刀剑卷刃, 叫他在争战之中站立不住。
तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।
तपाईंले त्यसको ऐस्वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्याउनुभएको छ ।
45 你减少他青年的日子, 又使他蒙羞。 (细拉)
तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्नुभएको छ । सेला
46 耶和华啊,这要到几时呢? 你要将自己隐藏到永远吗? 你的忿怒如火焚烧要到几时呢?
हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
47 求你想念我的时候是何等的短少; 你创造世人,要使他们归何等的虚空呢?
मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
48 谁能常活免死、 救他的灵魂脱离阴间的权柄呢? (细拉) (Sheol )
को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला (Sheol )
49 主啊,你从前凭你的信实 向大卫立誓要施行的慈爱在哪里呢?
हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्?
50 主啊,求你记念仆人们所受的羞辱, 记念我怎样将一切强盛民的羞辱存在我怀里。
हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् ।
51 耶和华啊,你的仇敌用这羞辱羞辱了你的仆人, 羞辱了你受膏者的脚踪。
हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् ।
52 耶和华是应当称颂的,直到永远。 阿们!阿们!
सदासर्वदा परमप्रभुलाई धन्यवाद होस् । आमेन र आमेन ।