< 1 Thessalonika 4 >

1 Te dongah manuca rhoek, Boeipa Jesuh ming neh nangmih kan dawt uh tih kan hloep uh. Te daengah ni nangmih popang ham neh Pathen kolo ham metla a kuek te kaimih taengkah na dang uh vanbangla rhep na pongpa uh tih taoe na hoeikhang uh eh.
अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
2 Boeipa Jesuh rhang neh nangmih taengah me bang oluen kan paek uh te khaw na ming uh.
किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
3 Nangmih kah cimcaihnah he Pathen kah kongaih la a om dongah, nangmih loh Cukhalnah te rhael ham,
यो परमेश्‍वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
4 nangmih pakhat rhip loh namamih kah koe te cimcaihnah neh hinyahnah dongah kaelh ham te ming ham,
ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
5 Pathen aka ming pawh namtom rhoek bangla cukhalhnah, huebawtnah khuiah om uh boeh.
(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।
6 Amah manuca he dumlai neh khumla boel lamtah omtoem boeh. Te boeih te aka thuung la Boeipa a om dongah nangmih taengah ka thui uh tih kang uen uh van.
यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
7 Rhongingnah ham pawt tih cimcaihnah khuiah ni mamih he Pathen loh n'khue.
किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
8 Te dongah aka aal long tah hlang aal pawt tih nangmih taengah amah kah Mueihla Cim aka pae Pathen ni a aal.
त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
9 Tedae manuca lungnah kawng te nangmih taengah kan daek ham ngoe pawh. Khat neh khat lungnah ham te nangmih tah pathen kah a thuituen lana om uh.
भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
10 Makedonia pum kah manuca rhoek boeih taengah khaw na saii uh ngawn coeng. Tedae manuca rhoek nangmih te taoe pungtai ham kan hloep uh.
वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
11 Nangmih kan uen uh vanbangla a dingsuek la tlungmu ham, amah la saii ham koi tah namamih kut neh saii uh.
हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ ।
12 Te daengah ni rhamvoel rhoek taengah a rhoeprhui la na pongpa uh vetih a ngoengaih na khueh uh pawt eh.
यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
13 Manuca rhoek aka ip rhoek ham na mangvawt uh te ka ngaih uh moenih. Te daengah ni ngaiuepnah aka khueh mueh hlang tloe rhoek bangla na ko a thae uh pawt eh.
भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।
14 Jesuh tah duek tih tho tila n'tangnah uh atah Jesuh ah aka ip rhoek te khaw Pathen loh amah taengah a khuen van ni.
येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
15 Boeipa kah olka neh nangmih ham ka thui uh. Boeipa a lonah duela aka om tih aka hing mamih loh aka ip taengtae n'khaal uh loengloeng mahpawh.
परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।
16 Boeipa amah te tamhoenah neh, puencawn boei kah ol neh, Pathen kah olueng neh, vaan lamkah ha rhum ni. Te vaengah Khrih ah aka duek rhoek te lamhma la thoo uh ni.
प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।
17 Te phoeiah mamih aka hing tih aka om rhoek te amih neh thikat la yilh dongkah boeipa te doe ham khomai neh pomsang hang vetih boeipa neh kumhal la n'om uh van ni.
तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
18 Te dongah he olka neh thikat la hloep uh thae.
त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।

< 1 Thessalonika 4 >