< 2 Mbiri 24 >

1 Yowasi anali wa zaka zisanu ndi ziwiri pamene anakhala mfumu, ndipo analamulira mu Yerusalemu kwa zaka makumi anayi. Dzina la amayi ake linali Zibiya wa ku Beeriseba.
योआशले राज्य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।
2 Yowasi anachita zolungama pamaso pa Yehova nthawi yonse ya moyo wa wansembe Yehoyada.
यहोयादा पुजारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।
3 Yehoyada anamupezera iye akazi awiri, ndipo anabereka ana aamuna ndi aakazi.
यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नी ल्याएदिए, र तिनी छोराछोरीका पिता भए ।
4 Patapita nthawi Yowasi anatsimikiza zokonzanso Nyumba ya Yehova.
यसपछि यस्‍तो भयो, योआशले परमप्रभुको मन्दिरको पुननिर्माण गर्ने निर्णय गरे ।
5 Iye anayitanitsa pamodzi ansembe ndi Alevi ndipo anawawuza kuti, “Pitani ku mizinda ya Yuda ndi kukasonkhetsa ndalama za pa chaka kwa Aisraeli onse zokonzera Nyumba ya Mulungu wanu. Chitani zimenezi tsopano.” Koma Alevi sanachite zimenezi mwachangu.
तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।
6 Choncho mfumu inayitanitsa Yehoyada, mkulu wa ansembe ndipo inati kwa iye, “Kodi nʼchifukwa chiyani simunawuze Alevi kuti asonkhetse ndalama ku Yuda ndi Yerusalemu, msonkho umene anakhazikitsa Mose mtumiki wa Yehova ndiponso gulu lonse la Aisraeli mu tenti yaumboni?”
यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन?”
7 Ana a mkazi woyipa, Ataliya, anathyola chitseko cha Nyumba ya Mulungu ndipo anagwiritsa ntchito zinthu zopatulika popembedza Baala.
किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।
8 Mfumu italamulira, bokosi linapangidwa ndipo linayikidwa panja pa chipata cha Nyumba ya Yehova.
यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।
9 Ndipo analengeza kwa anthu a mu Yuda ndi mu Yerusalemu kuti abweretse kwa Yehova msonkho umene Mose mtumiki wa Mulungu analamulira Aisraeli mʼchipululu.
तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।
10 Akuluakulu onse ndi anthu onse anabweretsa zopereka zawo mokondwera ndipo anaziponya mʼbokosi mpaka linadzaza.
सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले ।
11 Nthawi ina iliyonse imene Alevi abweretsa bokosilo kwa akuluakulu a mfumu ndipo akaona kuti muli ndalama zambiri, mlembi waufumu ndi nduna yayikulu ya mkulu wa ansembe amabwera ndi kuchotsa ndalama mʼbokosi muja ndipo amalitenga kukaliyika pamalo pake. Iwo amachita izi nthawi ndi nthawi ndipo anapeza ndalama zambiri.
यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।
12 Mfumu pamodzi ndi Yehoyada anapereka ndalamazo kwa anthu oyangʼanira ntchito ku Nyumba ya Yehova. Analemba ntchito amisiri a miyala ndi a matabwa kuti akonzenso Nyumba ya Yehova. Analembanso ntchito amisiri a zitsulo ndi mkuwa kuti akonze Nyumba ya Mulungu.
राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए ।
13 Anthu amene ankagwira ntchito anali odziwa bwino, ndipo ntchitoyo inagwiridwa bwino ndi manja awo. Iwo anamanganso Nyumba ya Mulungu motsatira mapangidwe ake oyamba ndipo anayilimbitsa.
यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए ।
14 Atamaliza, iwo anabweretsa ndalama zotsala kwa mfumu ndi Yehoyada, ndipo anazigwiritsira ntchito popangira zida za mʼNyumba ya Yehova: ziwiya zogwiritsa ntchito potumikira ndi popereka nsembe zopsereza, komanso mbale ndi ziwiya zagolide ndi siliva. Nthawi yonse ya moyo wa Yehoyada, nsembe zopsereza zinkaperekedwa mosalekeza mʼNyumba ya Yehova.
जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।
15 Tsono Yehoyada anakalamba ndipo anali ndi zaka zambiri. Pambuyo pake iye anamwalira ali ndi zaka 130.
यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्‍यसपछि तिनी मरे । तिनको मृत्‍यु हुँदा तिनी एक सय तिस वर्षका थिए ।
16 Iyeyo anayikidwa mʼmanda pamodzi ndi mafumu mu mzinda wa Davide chifukwa cha zabwino zimene anachita mu Israeli, kuchitira Mulungu ndi Nyumba yake.
तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्‍वर र परमेश्‍वरको मन्दिरको निम्ति असल काम गरेका थिए ।
17 Atamwalira Yehoyada, akuluakulu a Yuda anabwera kudzapereka ulemu kwa mfumu, ndipo mfumu inawamvera.
यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।
18 Iwo anasiya Nyumba ya Yehova, Mulungu wa makolo awo ndipo anapembedza Asera ndi mafano. Chifukwa cha kulakwa kwawo, mkwiyo wa Yehova unabwera pa Yuda ndi Yerusalemu.
तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।
19 Ngakhale Yehova anatumiza aneneri kwa anthuwo kuti awabweze kwa Iye, ngakhale aneneri ananenera mowatsutsa, anthuwo sanamvere.
तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।
20 Kenaka Mzimu wa Mulungu unabwera pa Zekariya mwana wa wansembe Yehoyada. Iye anayimirira pamaso pa anthu ndipo anati, “Zimene Mulungu akunena ndi Izi: ‘Chifukwa chiyani simukumvera Malamulo a Yehova? Simudzapindula. Chifukwa mwasiya Yehova, Iyenso wakusiyani.’”
यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।”
21 Koma anthuwo anamuchitira chiwembu molamulidwa ndi mfumu ndipo anamugenda miyala ndi kumupha mʼbwalo la Nyumba ya Mulungu.
तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।
22 Mfumu Yowasi sinakumbukire zabwino zimene Yehoyada abambo ake a Zekariya anamuchitira, koma anapha mwana wake. Pamene amafa, iye ananena kuti, “Yehova aone zimenezi ndipo abwezere chilango.”
यसरी किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्‍ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्‍यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्‍नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।”
23 Pakutha kwa chaka, gulu lankhondo la Aramu linadzamenyana ndi Yowasi. Linalowa mu Yuda ndi mu Yerusalemu ndi kupha atsogoleri onse a anthu. Zonse zimene analanda anazitumiza kwa mfumu ya ku Damasiko.
वर्षको अन्त्यमा यस्‍तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।
24 Ngakhale kuti gulu lankhondo la Aramu linabwera ndi anthu ochepa okha, Yehova anapereka mʼmanja mwawo gulu lalikulu lankhondo. Chifukwa Yuda anasiya Yehova Mulungu wa makolo awo, chiweruzo chinachitika pa Yowasi.
अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।
25 Pamene Aaramu amachoka, anasiya Yowasi atavulazidwa kwambiri. Akuluakulu ake anamuchitira chiwembu chifukwa anapha mwana wa wansembe Yehoyada, ndipo anamupha ali pa bedi pake. Choncho anafa ndipo anayikidwa mʼmanda mu mzinda wa Davide, koma osati manda a mafumu.
अरामीहरू जाने बेलासम्‍म योआश गम्‍भीर रूपले घाइते भएका थिए । पुजारी यहोयादाका छोराहरूका मृत्युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिं होइन ।
26 Iwo amene anamuchitira chiwembu anali Zabadi mwana wa Simeati, mkazi wa ku Amoni, ndi Yehozabadi mwana wa Simiriti, mkazi wa ku Mowabu.
तिनको विरुद्धमा षड्यन्त्र गर्ने व्‍यक्तिहरू अम्मोनी स्‍त्री शिम्मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए ।
27 Za ana ake aamuna, uneneri wonena za iye, mbiri ya kumanganso Nyumba ya Mulungu, zalembedwa mʼbuku lofotokoza za mafumu. Ndipo Amaziya mwana wake analowa ufumu mʼmalo mwake.
अब तिनका सन्‍तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।

< 2 Mbiri 24 >