< 1 Samueli 2 >

1 Ndipo Hana anapemphera nati, “Moyo wanga ukukondwera mwa Yehova; Ndiyenda mwa tukumutukumu chifukwa cha Yehova. Pakamwa panga pakula ndi kuseka adani anga mowanyogodola. Ndikukondwa chifukwa mwandipulumutsa.
हन्‍नाहले प्रार्थना गरिन् र यसो भनिन्, “परमप्रभुमा मेरो हृदय आनन्‍दित हुन्‍छ । परमप्रभुमा मेरो सीङ उच्‍च पारिन्छ । मेरो मुखले मेरा शत्रुहरूमाथि गर्भ गर्छ, किनभने म तपाईंको मुक्‍तिमा आनन्दित हुन्छु ।
2 “Palibe wina woyera ngati Yehova, palibe wina koma inu nokha, palibe thanthwe lofanana ndi Mulungu wathu.
परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्‍वरजस्तो कुनै चट्टान छैन ।
3 “Musandiyankhulenso modzitama, pakamwa panu pasatuluke zonyada, pakuti Yehova ndi Mulungu wanzeru, ndipo ndiye amene amayesa ntchito za anthu onse.
यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् ।
4 “Mauta a anthu ankhondo athyoka koma anthu ofowoka avala dzilimbe.
शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
5 Amene kale anali okhuta tsopano akukagula chakudya, koma iwo amene anali ndi njala sakumvanso njala. Amene anali wosabereka, wabereka ana aamuna asanu ndi awiri, koma iye wobereka ana ambiri watsala yekha.
भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् ।
6 “Yehova amabweretsa imfa ndipo amaperekanso moyo, amatsitsira ku manda ndipo amawatulutsakonso. (Sheol h7585)
परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ । (Sheol h7585)
7 Yehova amasaukitsa ndipo amalemeretsa, amatsitsa ndipo amakweza.
परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
8 Iye amakweza osauka kuwachotsa pa fumbi, ndipo amachotsa anthu osowa pa dzala. Iye amawakhazika pamodzi ndi ana a mafumu, amawapatsa mpando waulemu. “Pakuti nsanamira za dziko lapansi ndi za Yehova, anakhazika dziko lapansi pa nsanamirazo.
उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
9 Iye adzateteza moyo wa anthu okhulupirika koma anthu oyipa adzawonongedwa mu mdima. “Pakuti munthu sapambana ndi mphamvu zake.
उहाँले आफ्‍ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ, किनकि बलद्वारा कसैले जित्‍न सक्‍नेछैन ।
10 Yehova adzaphwanya omutsutsa. Adzawaopsa ndi bingu kuchokera kumwamba; Yehova adzaweruza mathero a dziko lapansi. “Koma adzapereka mphamvu kwa mfumu yake, adzakuza mphamvu za odzozedwa wake.”
परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ ।
11 Tsono Elikana anapita ku mudzi kwawo ku Rama, koma mnyamatayo amatumikira Yehova pansi pa ulamuliro wa wansembe Eli.
त्यसपछि एल्काना आफ्नो घर रामामा गए । त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्‍यो ।
12 Ana a Eli anali ana achabechabe pakuti samasamala za Yehova.
यति बेलासम्‍म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए । तिनीहरूले परमप्रभुलाई चिनेनन् ।
13 Ndipo chizolowezi cha ansembe pakati pa anthu chinali motere kuti pamene munthu aliyense ankapereka nsembe ndipo nyama ija ikuwira pa moto, mtumiki wa wansembe ankabwera ndi chifoloko cha mano atatu mʼdzanja lake.
मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।
14 Iye ankachipisa mu mʼphikamo, ndipo wansembeyo amatenga chilichonse chimene folokoyo yabaya. Umu ndi mmene ansembewo amachitira ndi Aisraeli onse amene amabwera ku Silo.
उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे ।
15 Ndipo ngakhale mafuta asanatenthedwe, mtumiki wansembe amabwera ndi kunena kwa munthu amene akupereka nsembeyo kuti, “Ndipatse nyama kuti ndiwotche, pakuti Yehova salandira nyama yophika koma yayiwisi.”
अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”
16 Ngati munthuyo anena kuti, “Apseretu mafuta poyamba, ndipo kenaka mutenge mmene mufunira,” mtumikiyo amayankha kuti, “Ayi ndipatse tsopano lino. Ngati sutero, ine nditenga molanda.”
त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्‍छा गरेजति लानुहोस् ।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्‍ती गरेर लानेछु ।”
17 Tchimo la ana a Eli linali lalikulu kwambiri pamaso pa Yehova pakuti iwo amanyoza nsembe za Yehova.
यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्‍छ ठाने ।
18 Koma Samueli amatumikira pamaso pa Yehova atavala efodi ya nsalu yofewa yosalala.
तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे ।
19 Chaka chilichonse amayi ake ankamusokera kamkanjo ndi kukamupatsa akamapita ndi mwamuna wake kukapereka nsembe za pa chaka.
तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्‍ति एउटा सानो लुगा बनाउँथिन् र तिनलाई ल्याइदिन्थिन् ।
20 Tsono Eli amadalitsa Elikana ndi mkazi wake ndi mawu akuti “Yehova akupatseni ana mwa mkazi uyu kulowa mʼmalo mwa amene anapempha ndi kumupereka kwa Yehova.”
एलीले एल्काना र तिनकी पत्‍नीलाई यसरी आशिष् दिएर भन्‍थे, “यी स्‍त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्‍त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् ।” त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे ।
21 Ndipo Yehova anamukomera mtima Hana. Anakhala ndi pathupi ndi kubereka ana aamuna atatu ndi ana aakazi awiri. Ndipo Samueli ankakula pamaso pa Yehova.
परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए ।
22 Tsono Eli anakalamba kwambiri. Iye ankamva zonse zimene ana ake aamuna ankachitira Aisraeli onse, ndiponso kuti ankagona ndi akazi pa chipata cha tenti ya msonkhano.
यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने ।
23 Choncho anawafunsa kuti, “Nʼchifukwa chiyani mukuchita zinthu zotere? Ine ndikumva kuchokera kwa anthu onse za zoyipa zanuzo.
तिनले उनीहरूलाई भने, “तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु ।”
24 Ayi, ana anga si mbiri yabwino imene ndikumva anthu a Mulungu akufalitsa.
हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ ।
25 Ngati munthu alakwira munthu mnzake, mwina Mulungu adzamupepesera, koma ngati munthu achimwira Yehova adzamupepesera ndani?” Koma ana ake sanamvere kudzudzula kwa abambo awo, pakuti chinali cholinga cha Yehova kuti awaphe.
“एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।
26 Ndipo mnyamata Samueli anapitirira kukula mu msinkhu, ndipo ankapeza kuyanja pamaso pa Yehova ndi anthu.
बालक शमूएल बढ्‍दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।
27 Tsiku lina munthu wa Mulungu anabwera kwa Eli ndipo anamuwuza kuti, “Yehova akuti, ‘Kodi Ine sindinadziwulule ndekha kwa banja la kholo lako pamene iwo anali akapolo a Farao ku Igupto?
यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?
28 Ndipo ndinamusankha pakati pa mafuko a Israeli kuti akhale wansembe wanga ndi kuti azipita pa guwa langa la nsembe, kufukiza Lubani ndi kuvala efodi pamaso panga. Ndinapatsa banja la abambo ako gawo la nsembe zonse zopsereza zimene Aisraeli amapereka.
मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।
29 Nʼchifukwa chiyani ukunyoza nsembe ndi zopereka zanga zimene ndinalamula? Nʼchifukwa chiyani ukupereka ulemu kwa ana ako kuposa Ine podzinenepetsa nokha ndi zopereka zabwino kwambiri za nsembe zimene Aisraeli amapereka?’”
तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'
30 “Paja Ine Yehova Mulungu wa Israeli ‘Ndinalonjeza kuti anthu a pa banja lako ndi a pa banja la abambo ako azidzanditumikira nthawi zonse.’ Koma tsopano ndikuti, ‘Zonsezi zithe!’ Tsopano anthu amene amandilemekeza Inenso ndidzawalemekeza koma iwo amene amandinyoza Ine ndidzawanyoza.
किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
31 Nthawi ikubwera imene ndidzachotsa anyamata ako ndi anyamata a pa banja la abambo ako, kotero kuti sipadzakhala munthu wokalamba pa banja lako.
हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
32 Pa mavuto ako udzayangʼana ndi maso ansanje zabwino zimene ndidzachitira Aisraeli ena. Mʼbanja lako simudzapezeka munthu wokalamba.
मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
33 Komabe pa banja lako mmodzi yekha ndidzamuleka wosamuchotsa kuti azidzanditumikira. Iyeyu azidzakuliritsa ndi kukumvetsa chisoni. Koma ena onse pa banja lako adzafa akanali aangʼono.”
आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।
34 “‘Ndipo chimene chidzachitike kwa ana ako awiriwa, Hofini ndi Finehasi, chidzakhala chizindikiro kwa iwe. Onse awiri adzafa pa tsiku limodzi.
तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।
35 Pambuyo pake ndidzasankha wansembe wokhulupirika, amene adzachita zimene zili mu mtima ndi mʼmaganizo mwanga. Ndidzakhazikitsa banja lako kolimba ndipo adzatumikira pamaso pa wodzozedwa wanga nthawi zonse.
म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।
36 Ndipo aliyense wotsala wa banja lako adzabwera ndi kugwada pamaso pake kupempha ndalama kapena chakudya.’ Adzati, ‘Chonde ndiloleni kuti ndizithandizako pa ntchito iliyonse ya unsembe kuti ndipeze chakudya.’”
तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

< 1 Samueli 2 >