< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᎷᎦ ᎤᏬᏪᎳᏅᎯ 6 >

1 ᎯᎠᏃ ᏄᎵᏍᏔᏁ ᏔᎵᏁ ᎤᎾᏙᏓᏆᏍᎬ ᎢᎬᏱᏱ ᏄᎵᏐᏃᎢ, ᎾᏍᎩ ᏠᎨᏏ ᎤᏣᎴᏍᏗ ᏓᏫᏒ ᎤᎶᏎᎢ, ᎬᏩᏍᏓᏩᏗᏙᎯᏃ ᏚᏂᏍᎫᏕᏎ ᎤᏣᎴᏍᏗ, ᎠᎴ ᎤᏂᏍᏗᎨ ᎠᎾᏍᎪᎵᏰᏍᎨ ᏧᏃᏰᏂ.
अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए ।
2 ᎩᎶᏃ ᎢᏳᎾᏍᏗ ᎠᏂᏆᎵᏏ ᎯᎠ ᏂᎬᏩᏂᏪᏎᎴᎢ, ᎦᏙᏃ ᏂᎯ ᏂᏣᏛᏁᎭ ᎾᏍᎩ ᎢᎬᏛᏁᏗ ᏂᎨᏒᎾ ᎨᏒ ᎤᎾᏙᏓᏆᏍᎬ ᎢᎦ.
तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”
3 ᏥᏌᏃ ᏚᏁᏤᎸ ᎯᎠ ᏄᏪᏎᎢ; ᏝᏍᎪ ᎾᏍᏉ ᎯᎠ ᎾᏍᎩ ᏱᏥᎪᎵᏰᎣᎢ, ᎾᏍᎩ ᏕᏫ ᏄᏛᏁᎸᎢ, ᎠᎪᏄ ᏧᏲᏏᏍᎨ ᎤᏩᏒ ᎠᎴ ᎾᏍᎩ ᏣᏁᎮᎢ?
येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?
4 ᎾᏍᎩ ᏧᏴᎴ ᎤᏁᎳᏅᎯ ᎤᏤᎵ ᎠᏓᏁᎸᎢ, ᎠᎴ ᏧᎩᏎ ᎠᎴ ᏧᎨ ᎦᏚ ᎠᎦᏙᏗ, ᎠᎴ ᎾᏍᏉ ᏥᏚᏁᎴ ᎾᏍᎩ ᏣᏁᎮᎢ; ᎾᏍᎩ ᏂᏚᏳᎪᏛᎾ ᏥᎩ ᎩᎶ ᎤᎩᏍᏗᏱ ᎠᏥᎸ-ᎠᏁᎶᎯ ᎤᏅᏒ.
तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”
5 ᎠᎴ ᎯᎠ ᏂᏚᏪᏎᎴᎢ; ᎾᏍᏉ ᎤᎾᏙᏓᏆᏍᎬ ᏴᏫ ᎤᏪᏥ ᎤᏤᎵᎦ.
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”
6 ᎯᎠᏃ ᎾᏍᏉ ᏄᎵᏍᏔᏁ Ꮕ-ᏩᏓᎴ ᎤᎾᏙᏓᏆᏍᎬᎢ, ᎾᏍᎩ ᏭᏴᎴ ᏗᎦᎳᏫᎢᏍᏗᏱ ᎠᎴ ᏚᏕᏲᏁᎢ; ᎾᎿᎭᏃ ᎡᏙᎮ ᎠᏍᎦᏯ ᎠᎦᏘᏏᏗᏢ ᎤᏬᏰᏂ ᎤᏩᎢᏎᎸᎯ
अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।
7 ᏗᏃᏪᎵᏍᎩᏃ ᎠᎴ ᎠᏂᏆᎵᏏ ᎬᏩᏯᏫᏍᎨᎢ, ᏥᎪ ᎬᏩᏓᏅᏬᏗᏉ ᎤᎾᏙᏓᏆᏍᎬ ᎢᎦ ᎠᏁᎵᏍᎨᎢ, ᎾᏍᎩ ᎪᎱᏍᏗ ᎬᏩᏄᎯᏍᏙᏗ ᎤᏂᏲᎮᎢ.
उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।
8 ᎠᏎᏃ ᎠᎦᏔᎮ ᏄᏍᏛ ᏓᎾᏓᏅᏖᏍᎬᎢ, ᎠᎴ ᎯᎠ ᏄᏪᏎᎴ ᎠᏍᎦᏯ ᎤᏩᎢᏎᎸᎯ ᎤᏬᏰᏂ; ᏔᎴᎲᎦ, ᎠᎴ ᎠᏰᎵ ᎭᎴᏂᎦ. ᏚᎴᏅᏃ ᎤᎴᏂᎴᎢ.
तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो ।
9 ᎿᎭᏉᏃ ᏥᏌ ᎯᎠ ᏂᏚᏪᏎᎴᎢ; ᏑᏓᎴᎩ ᏓᏨᏯᏛᏛᏂ; ᎦᏙ ᏚᏳᎪᏗ ᎤᎾᏙᏓᏆᏍᎬᎢ? ᎣᏍᏛᏍᎪ ᏗᎦᎸᏫᏍᏓᏁᏗᏱ, ᎤᏲᎨ ᏗᎦᎸᏫᏍᏓᏁᏗᏱ? ᎬᏅ ᎠᏍᏕᎸᏗᏱ, ᎠᏓᎯᏍᏗᏱᎨ?
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”
10 ᏚᎧᎿᎭᏂᏙᎸᏃ ᎬᏩᏚᏫᏛ ᏂᎦᏛ ᏄᎾᏛᏅᎢ, ᎯᎠ ᏄᏪᏎᎴ ᎠᏍᎦᏯ; ᎭᏙᏯᏅᎯᏛ. ᎾᏍᎩᏃ ᏄᏛᏁᎴᎢ; ᎤᏬᏰᏂᏃ ᎤᏗᏩᏎ ᎾᏍᎩᏯ ᏐᎢ ᏄᏍᏛ ᏄᎵᏍᏔᏁᎢ.
तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो ।
11 ᎤᏂᎧᎵᏤᏃ ᎤᏂᏔᎳᏬᏍᎬᎢ; ᏚᎾᎵᏃᎮᎴᏃ ᎤᏅᏒ ᎢᏳᏅᏁᏗᏱ ᏥᏌ.
तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे ।
12 ᎯᎠᏃ ᏄᎵᏍᏔᏁ ᎾᎯᏳᎢ, ᎾᏍᎩ ᎣᏓᎸ ᏭᎶᎭ ᎤᏓᏙᎵᏍᏔᏅᏎᎢ, ᎠᎴ ᎤᏨᏓᏇ ᎤᏁᎳᏅᎯ ᎠᏓᏙᎵᏍᏓᏁᎲᎢ.
उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।
13 ᎿᎭᏉᏃ ᎢᎦ ᏄᎵᏍᏔᏅ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᏫᏚᏯᏅᎮᎢ; ᎾᏍᎩᏃ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᎨᏒ ᏔᎳᏚ ᎢᏯᏂᏛ ᏚᏑᏰᏎᎢ, ᎠᎴ ᎨᏥᏅᏏᏛ ᏚᏬᎡᎢ —
जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो ।
14 ᏌᏩᏂ, ᎾᏍᎩ ᎾᏍᏉ ᏈᏓ ᏚᏬᎡᎢ, ᎡᏂᏗᏃ ᎾᏍᎩᏉ ᎤᏅᏟ. ᏥᎻ ᎠᎴ ᏣᏂ, ᏈᎵᎩ ᎠᎴ ᏆᏙᎳᎻ,
पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
15 ᎹᏚ ᎠᎴ ᏓᎻ, ᏥᎻ ᎡᎵᏈ ᎤᏫᏥ, ᏌᏩᏂᏃ ᏏᎶᏗ ᏣᏃᏎᎰᎢ,
मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो,
16 ᏧᏓᏏᏃ ᏥᎻ ᏗᎾᏓᏅᏟ, ᎠᎴ ᏧᏓᏏ ᎢᏍᎦᎳᏗ ᎾᏍᎩ ᎠᏓᎶᏄᎮᏍᎩ ᏥᏄᎵᏍᏔᏁᎢ.
याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो ।
17 ᎾᏍᎩᏃ ᎢᏧᎳᎭ ᏧᏂᎦᏐᎠᏒ ᎤᏬᏓᎸ ᎤᎴᏁᎢ. ᎠᎴ ᎤᏂᏣᏘ ᎬᏩᏍᏓᏩᏗᏙᎯ, ᎠᎴ ᎤᏂᏧᏈᏍᏗ ᏴᏫ ᏂᎬᎾᏛ ᏧᏗᏱ ᎠᎴ ᏥᎷᏏᎵᎻ ᏅᏓᏳᏂᎶᏒᎯ, ᎠᎴ ᏔᏯ ᎠᎴ ᏌᏙᏂ ᎠᎺᏉᎯ ᎤᎶᏗ ᏅᏓᏳᏂᎶᏒᎯ, ᎾᏍᎩ ᏧᏂᎷᏤ ᎬᏩᏛᎦᏁᏗᏱ, ᎠᎴ ᏗᎨᏥᏅᏬᏗᏱ ᏚᏂᏢᎬᎢ.
त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए ।
18 ᎠᎴ ᎠᏂᎦᏓᎭ ᏗᏓᏅᏙ ᎬᏩᎾᏕᏯᏙᏗᏕᎩ [ ᎤᏂᎷᏤᎢ ]; ᎠᎴ ᏕᎨᏥᏅᏩᏁᎢ.
तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।
19 ᏂᎦᏛᏃ ᎤᏂᏣᏘ ᎨᏒ ᎠᎾᏟᏂᎬᏁᎮ ᎬᏩᏒᏂᏍᏗᏱ. ᎾᏍᎩᏰᏃ ᎨᏒ ᏗᏓᎴᎲᏍᎨ ᎤᏓᏅᏬᏗ ᎨᏒ ᎠᎴ ᏚᎾᏗᏫᏍᏗᏍᎨ ᎾᏂᎥᎢ.
भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।
20 ᏚᏌᎳᏓᏁᏃ ᏗᎦᏙᎵ ᏚᎧᎾᏁ ᎬᏩᏍᏓᏩᏗᏙᎯ, ᎯᎠ ᏄᏪᏎᎢ; ᎣᏏᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᎤᏲ ᎢᏣᏛᎿᎭᏕᎩ; ᎢᏣᏤᎵᏰᏃ ᎤᏁᎳᏅᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒᎢ.
उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो ।
21 ᎣᏏᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᏗᏥᏲᏏᏍᎩ ᎪᎯ ᎨᏒᎢ; ᏙᏓᏦᎸᏏᏰᏃ. ᎣᏏᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᏗᏣᏠᏱᎯ ᎪᎯ ᎨᏒᎢ; ᏛᏥᏰᏥᏰᏃ.
धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ ।
22 ᎣᏏᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᎢᏳᏃ ᏴᏫ ᎨᏥᏂᏆᏘᎮᏍᏗ, ᎠᎴ ᎨᏣᏓᏓᎴᏗᏍᎨᏍᏗ, ᎠᎴ ᎦᎨᏥᏐᏢᏕᏍᏗ, ᎠᎴ ᎠᏂᏍᎦᎩᏳ ᎨᏎᏍᏗ ᏕᏣᏙᎥ ᎪᎱᏍᏗ ᎤᏲ ᎾᏍᎩᏯᎢ, ᏴᏫ ᎤᏪᏥ ᏅᏗᎦᎵᏍᏙᏗᏍᎨᏍᏗ.
जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् ।
23 ᎢᏣᎵᎮᎵᎨᏍᏗ ᎾᎯᏳ ᎢᎦ, ᎠᎴ ᏕᏣᎵᏔᏕᎨᏍᏗ ᎢᏣᎵᎮᎵᎬᎢ; ᎬᏂᏳᏉᏰᏃ ᎤᏣᏘ ᎡᏣᎫᏴᎡᏗ ᎦᎸᎳᏗ; ᎾᏍᎩᏯᏰᏃ ᏧᏂᏙᏓ ᏂᏚᏅᏁᎴ ᎠᎾᏙᎴᎰᏍᎩ.
त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।
24 ᏂᎯᏍᎩᏂ ᏗᏤᎾᎢ ᏥᎩ, ᎤᏲ ᎢᏣᎵᏍᏓᏁᏗ! ᎦᏳᎳᏰᏃ ᎢᏥᎭ ᎢᏥᎦᎵᏍᏓᏗᏍᎩ.
तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
25 ᎤᏲᎢᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᏗᏦᎸᏒᎯ! ᏙᏛᏥᏲᏏᏌᏂᏰᏃ. ᎤᏲᎢᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᎢᏥᏰᏣᏍᎩ ᏥᎩ ᎪᎯ! ᎤᏲᏰᏃ ᎢᏣᏓᏅᏔᏩᏕᎨᏍᏗ ᎠᎴ ᏕᏣᏠᏱᎮᏍᏗ.
धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ! तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ ।
26 ᎤᏲᎢᏳ ᎢᏣᎵᏍᏓᏁᏗ ᎾᎯᏳ ᏂᎦᏗᏳ ᏴᏫ ᎣᏏᏳ ᎨᏥᏃᎮᏍᎨᏍᏗ! ᎾᏍᎩᏯᏰᏃ ᏧᏂᎦᏴᎵᎨ ᏂᏚᏂᎸᏉᏕ ᎤᎾᏠᎾᏍᏗ ᎠᎾᏙᎴᎰᏍᎩ.
धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए ।
27 ᎠᏎᏃ ᎯᎠ ᏂᏨᏪᏎᎭ ᏂᎯ ᏥᏍᎩᏯᏛᎦᏁᎭ; ᏕᏥᎨᏳᏎᏍᏗ ᎨᏥᏍᎦᎩ, ᎣᏍᏛ ᏂᏕᏣᏛᏁᎮᏍᏗ ᎨᏥᏂᏆᏘᎯ,
तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
28 ᎣᏍᏛ ᏕᏥᏁᏤᎮᏍᏗ ᎨᏥᏍᎩᏅᏗᏍᎩ, ᎠᎴ ᎢᏣᏓᏙᎵᏍᏗᏍᎨᏍᏗ ᎨᏥᏙᎵᏍᏗᏱ ᎦᎨᏥᏐᏢᏗᏍᎩ.
तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
29 ᎩᎶᏃ ᎯᎪᏆᎵᎢ ᎢᏨᏂᎮᏍᏗ ᏐᎢᏱ ᎾᏍᏉ ᎯᏯᎵᏍᎪᎸᏓᏁᎮᏍᏗ; ᎩᎶᏃ ᎤᏛᏃᎯ ᏣᎾᎡᎮᏍᏗ, ᎾᏍᏉ ᎭᏫᏂ ᏣᏄᏬ ᏞᏍᏗ ᎯᎨᏳᏔᏅᎩ.
तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल ।
30 ᎾᏂᎥ ᎨᏣᏔᏲᏎᎯ ᏕᎯᏁᎮᏍᏗ; ᎪᎱᏍᏗᏃ ᏣᎾᎥ ᏣᎩᎡᎯ ᏞᏍᏗ ᎯᏔᏲᏎᎸᎩ.
तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग ।
31 ᎾᏍᎩᏯᏃ ᏄᏍᏛ ᎢᏣᏚᎵᏍᎬ ᎢᎨᏣᏛᏁᏗᏱ ᏴᏫ, ᎾᏍᎩᏯ ᎾᏍᏉ ᏂᏕᏣᏛᏁᎮᏍᏗ.
मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
32 ᎢᏳᏰᏃ ᎨᏥᎨᏳᎯᏉ [ ᎤᏅᏒ ] ᏱᏗᏥᎨᏳᎭ, ᎦᏙ ᎢᏥᎭ ᎦᏰᏣᎵᎡᎵᏤᏗ ᎨᏒᎢ? ᎠᏂᏍᎦᎾᏰᏃ ᎾᏍᏉ ᏚᏂᎨᏳᏐ ᎬᏩᏂᎨᏳᎯ.
तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
33 ᎢᏳ ᎠᎴ ᎣᏍᏛ ᏱᏂᏗᏣᏛᏁᎭ ᎣᏍᏛ ᎢᎨᏣᏛᏁᎯ, ᎦᏙ ᎢᏥᎭ ᎦᏰᏣᎵᎡᎵᏤᏗ ᎨᏒᎢ? ᎠᏂᏍᎦᎾᏰᏃ ᎾᏍᏉ ᎾᏍᎩᏯ ᎾᎾᏛᏁᎰᎢ.
यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र? पापीहरूले पनि त त्यसै गर्छन् ।
34 ᎢᏳ ᎠᎴ ᏛᎪᎩᏁᎵ ᏗᏤᎵᏎᎯ ᏱᏗᏣᏙᎳᏍᏗᎭ; ᎦᏙ ᎢᏥᎭ ᎦᏰᏣᎵᎡᎵᏤᏗ ᎨᏒᎢ? ᎠᏂᏍᎦᎾᏰᏃ ᎾᏍᏉ ᎠᏂᏍᎦᎾ ᏓᎾᏙᎳᏍᏗᏍᎪᎢ, ᎾᏍᎩ ᎢᎦᎢ ᏔᎵᏁ ᎥᎨᏥᏁᏗᏱ.
यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् ।
35 ᏂᎯᏍᎩᏂ ᏕᏥᎨᏳᏎᏍᏗ ᎨᏥᏍᎦᎩ, ᎠᎴ ᎣᏍᏛ ᏕᏥᎸᏫᏍᏓᎡᎮᏍᏗ, ᎠᎴ ᎢᏣᏓᏙᎳᏍᏗᏍᎨᏍᏗ ᎤᏚᎩ ᏂᏨᏒᎾ ᎥᎡᏥᏂᏗᏱ ᎪᎱᏍᏗ; ᎤᏣᏘᏃ ᎡᏣᎫᏴᎡᏗ ᎨᏎᏍᏗ, ᏩᏍᏛᏃ ᎦᎸᎳᏗᏳ ᎡᎯ ᏧᏪᏥ ᎨᏎᏍᏗ ᏂᎯ; ᎾᏍᎩᏰᏃ ᎣᏍᏛ ᏂᏓᏛᏁᎰ ᏄᎾᎵᎮᎵᏣᏛᎾ ᎠᎴ ᎤᏂᏲᎢ.
तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।
36 ᎾᏍᎩ ᎢᏳᏍᏗ ᎢᏣᏓᏙᎵᏣᏘᏳ ᎨᏎᏍᏗ, ᎾᏍᎩᏯ ᎢᏥᏙᏓ ᎾᏍᏉ ᎤᏓᏙᎵᏣᏗᏳ ᏥᎩ.
तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
37 ᏞᏍᏗ ᎢᏣᏓᎳᏫᏎᎸᎩ, ᏂᎯᏃ ᎥᏝ ᏴᎦᏰᏥᎳᏫᏏ; ᏞᏍᏗ ᏗᏣᏓᏚᎪᏓᏁᎸᎩ, ᏂᎯᏃ ᎥᏝ ᏱᏙᎦᏰᏧᎪᏓᏏ; ᏕᏥᏙᎵᎨᏍᏗ ᎨᏥᏍᎦᏅᏤᎯ, ᏂᎯᏃ ᎠᏎ ᎡᏥᏙᎵᏍᏗ ᎨᏎᏍᏗ;
कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।
38 ᎢᏣᏓᏁᎮᏍᏗ, ᏂᎯᏃ ᎠᏎ ᎡᏥᏁᏗ ᎨᏎᏍᏗ; ᎣᏍᏛ ᎠᏟᎶᏛ, ᎠᏍᏓᏲᏔᏅᎯ, ᎠᎴ ᎠᏖᎸᏅᎯ, ᎠᎴ ᎬᏤᏬᎩ, ᎨᏥᏁᏗ ᎨᏎᏍᏗ ᏴᏫ ᏕᏣᏓᏠᎲᎢ. ᏄᏍᏛᏰᏃ ᎢᏣᏓᏟᎶᎡᎸ ᎾᏍᎩᏯ ᎾᏍᏉ ᎡᏣᏟᎶᎡᏗ ᎨᏎᏍᏗ;
अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”
39 ᎯᎠᏃ ᏄᏪᏎ ᏚᏟᎶᏍᏓᏁᎴᎢ; ᏥᎪᏗᎨᏫ ᏰᎵᏉ ᏯᏘᏄᎦ ᏗᎨᏫ? ᏝᏍᎪ ᎢᏧᎳ ᎠᏔᎴᏒ ᏱᏙᎬᏂᎸᎩ?
त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?
40 ᏗᏕᎶᏆᏍᎩ ᎥᏝ ᎤᏟ ᏱᎾᏥᎸᏉᏙ ᎡᏍᎦᏉ ᏧᏪᏲᎲᏍᎩ; ᎾᏂᎥᏍᎩᏂ ᎤᏂᏍᏆᏛᎯ ᏧᏁᏲᎲᏍᎩ ᏄᏍᏛ ᎾᏍᎩᏯ ᎨᏎᏍᏗ.
एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
41 ᎠᎴ ᎦᏙᏃ ᎢᎯᎪᏩᏘᏍᎪ ᎤᏢᏓᎸᏛ ᎤᎦᏑᎲᎢ ᏗᏍᏓᏓᏅᏟ, ᏁᎵᏍᎬᎾᏃ ᎢᎨᏐ ᎤᏃᏍᏛ ᎠᏓ ᏨᏒ ᏣᎦᏑᎲᎢ?
तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ?
42 ᎠᎴ ᎦᏙ ᏱᎦᎵᏍᏙᏓ ᎯᎠ ᏱᏂᏪᏏ ᏗᏍᏓᏓᏅᏟ; ᏗᎾᏓᏅᏟ ᎬᎸᏏ ᎤᏢᏓᎸᏛ ᏣᎦᏑᎲᎢ, ᏨᏒᏃ ᏂᎪᏩᏘᏍᎬᎾ ᎤᏃᏍᏛ ᎠᏓ ᏨᏒ ᏣᎦᏑᎲᎢ? ᏣᏠᎾᏍᏗ! ᎢᎬᏱ ᎯᎸ ᎤᏃᏍᏛ ᎠᏓ ᏨᏒ ᏣᎦᏑᎲᎢ, ᎿᎭᏉᏃ ᎬᏂᎨᏒᎢᏳ ᏣᎪᏩᏛᏗᏱ ᎨᏎᏍᏗ ᎯᎸᎡᏗᏱ ᎤᏢᏓᎸᏛ ᏗᏍᏓᏓᏅᏟ ᎤᎦᏑᎲᎢ.
कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।
43 ᎣᏍᏛᏰᏃ ᏡᎬ ᎥᏝ ᎤᏲ ᏯᏓᏛᏍᎪᎢ; ᎠᎴ ᎤᏲ ᏡᎬ ᎥᏝ ᎣᏍᏛ ᏯᏓᏛᏍᎪᎢ.
किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।
44 ᏡᎬᏰᏃ ᎪᎵᏍᏙᏗ ᎨᏐ ᏄᏍᏛ ᎤᏩᏒ ᎠᏓᏛᏍᎬᎢ; ᏥᏍᏚᏂᎩᏍᏗᎯᏰᏃ ᎥᏝ ᏒᎦᏔ-ᎢᏳᎾᏍᏗ ᏱᏓᎾᏕᏍᎪ ᏴᏫ, ᎠᎴ ᎠᏄᎦᎸᎯ ᎥᏝ ᏖᎸᎳᏗ ᏱᏓᎾᏕᏍᎪᎢ.
किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।
45 ᎣᏍᏛ ᏴᏫ ᎣᏍᏛ ᎤᏍᏆᏂᎪᏛ ᎤᎾᏫᏱ ᎣᏍᏛ ᎨᏒ ᎦᎾᏄᎪᏫᏍᎪᎢ; ᎤᏲᏃ ᏴᏫ ᎤᏲ ᎤᏍᏆᏂᎪᏛ ᎤᎾᏫᏱ ᎤᏲ ᎨᏒ ᎦᎾᏄᎪᏫᏍᎪᎢ; ᎤᏣᏛᏰᏃ ᎤᎾᏫ ᎤᏪᎲ ᎠᎰᎵ ᎧᏁᎪᎢ.
असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।
46 ᎠᎴ ᎦᏙᏃ ᏣᎬᏫᏳᎯ, ᏣᎬᏫᏳᎯ, ᎢᏍᎩᏲᏎᎰᎢ, ᏂᏥᏪᏍᎬᏃ ᏂᏣᏛᏁᎲᎾ ᎢᎨᏐᎢ?
तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ?
47 ᎩᎶ ᎠᎩᎷᏤᎮᏍᏗ, ᎠᎴ ᎠᏛᎩᏍᎨᏍᏗ ᏂᏥᏪᏍᎬᎢ, ᎠᎴ ᎾᏍᎩ ᎾᏛᏁᎮᏍᏗ, ᏓᏨᎾᏄᎪᏫᏎᎵ ᏓᏤᎸ ᎾᏍᎩ;
हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो ।
48 ᎠᏍᎦᏯ ᏓᏤᎸ ᎾᏍᎩ Ꮎ ᏧᏁᏍᎨᎮᎢ, ᎠᎴ ᎭᏫᏂ ᏧᏍᎪᏎᎢ, ᎠᎴ ᎦᎫᏍᏛᏗ ᏅᏲᎯ ᏧᏝᏁᎢ; ᎤᏃᎱᎦᏅᏃ ᎡᏉᏂ ᎾᎿᎭᎠᏓᏁᎸ ᎠᏍᏓᏱᏳ ᎬᏂᎵᎯᎮᎢ, ᎠᎴ ᎥᏝ ᎬᏩᏖᎸᏗ ᏱᎨᏎᎢ; ᏅᏲᎯᏰᏃ ᎦᎧᎮᎢ.
ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
49 ᎾᏍᎩᏍᎩᏂ Ꮎ ᎤᏛᎦᏅᎯ, ᏄᏛᏁᎸᎾᏃ, ᎾᏍᎩ ᎠᏍᎦᏯ ᏓᏤᎸ ᏂᏚᎫᏍᏓᎥᎾ ᎦᏙᎯᏉ ᎠᏓᏁᎸ ᏧᏁᏍᎨᎮᎢ; ᎡᏉᏂᏃ ᎾᎿᎭᎤᎵᏂᎩᏗᏳ ᎬᏂᎵᎯᎮᎢ, ᎩᎳᏉᏃ ᎢᏴᏛ ᎤᏪᏇᏴᏎᎢ; ᎤᏍᎦᏎᏗᏳᏃ ᏄᎵᏍᏔᏁ ᎤᏲᏨ ᎾᏍᎩ ᎠᏓᏁᎸᎢ.
तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।

< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᎷᎦ ᎤᏬᏪᎳᏅᎯ 6 >