< إِشَعْيَاءَ 22 >
وَحْيٌ مِنْ جِهَةِ وَادِي ٱلرُّؤْيَا: فَمَا لَكِ أَنَّكِ صَعِدْتِ جَمِيعًا عَلَى ٱلسُّطُوحِ، | ١ 1 |
दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
يَا مَلآنَةُ مِنَ ٱلْجَلَبَةِ، ٱلْمَدِينَةُ ٱلْعَجَّاجَةُ، ٱلْقَرْيَةُ ٱلْمُفْتَخِرَةُ؟ قَتْلَاكِ لَيْسَ هُمْ قَتْلَى ٱلسَّيْفِ وَلَا مَوْتَى ٱلْحَرْبِ. | ٢ 2 |
होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्नलाई तिमीहरूले त्यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।
جَمِيعُ رُؤَسَائِكِ هَرَبُوا مَعًا. أُسِرُوا بِٱلْقِسِيِّ. كُلُّ ٱلْمَوْجُودِينَ بِكِ أُسِرُوا مَعًا. مِنْ بَعِيدٍ فَرُّوا. | ٣ 3 |
तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।
لِذَلِكَ قُلْتُ: «ٱقْتَصِرُوا عَنِّي، فَأَبْكِي بِمَرَارَةٍ. لَا تُلِحُّوا بِتَعْزِيَتِي عَنْ خَرَابِ بِنْتِ شَعْبِي». | ٤ 4 |
यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”
إِنَّ لِلسَّيِّدِ رَبِّ ٱلْجُنُودِ فِي وَادِي ٱلرُّؤْيَا يَوْمَ شَغبٍ وَدَوْسٍ وَٱرْتِبَاكٍ. نَقْبُ سُورٍ وَصُرَاخٌ إِلَى ٱلْجَبَلِ. | ٥ 5 |
किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।
فَعِيلَامُ قَدْ حَمَلَتِ ٱلْجَعْبَةَ بِمَرْكَبَاتِ رِجَالٍ فُرْسَانٍ، وَقِيرُ قَدْ كَشَفَتِ ٱلْمِجَنَّ. | ٦ 6 |
रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ ।
فَتَكُونُ أَفْضَلُ أَوْدِيَتِكِ مَلآنَةً مَرْكَبَاتٍ، وَٱلْفُرْسَانُ تَصْطَفُّ ٱصْطِفَافًا نَحْوَ ٱلْبَابِ. | ٧ 7 |
तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्ना ठाउँ ओगट्नेछन् ।
وَيَكْشِفُ سِتْرَ يَهُوذَا، فَتَنْظُرُ فِي ذَلِكَ ٱلْيَوْمِ إِلَى أَسْلِحَةِ بَيْتِ ٱلْوَعْرِ. | ٨ 8 |
उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्यौ ।
وَرَأَيْتُمْ شُقُوقَ مَدِينَةِ دَاوُدَ أَنَّهَا صَارَتْ كَثِيرَةً، وَجَمَعْتُمْ مِيَاهَ ٱلْبِرْكَةِ ٱلسُّفْلَى. | ٩ 9 |
तिमीहरूले दाऊदका सहरका प्वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्लो तलाउबाट पानी जम्मा गर्यौ ।
وَعَدَدْتُمْ بُيُوتَ أُورُشَلِيمَ وَهَدَمْتُمُ ٱلْبُيُوتَ لِتَحْصِينِ ٱلسُّورِ. | ١٠ 10 |
तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।
وَصَنَعْتُمْ خَنْدَقًا بَيْنَ ٱلسُّورَيْنِ لِمِيَاهِ ٱلْبِرْكَةِ ٱلْعَتِيقَةِ. لَكِنْ لَمْ تَنْظُرُوا إِلَى صَانِعِهِ، وَلَمْ تَرَوْا مُصَوِّرَهُ مِنْ قَدِيمٍ. | ١١ 11 |
तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।
وَدَعَا ٱلسَّيِّدُ رَبُّ ٱلْجُنُودِ فِي ذَلِكَ ٱلْيَوْمِ إِلَى ٱلْبُكَاءِ وَٱلنَّوْحِ وَٱلْقَرَعَةِ وَٱلتَّنَطُّقِ بِٱلْمِسْحِ، | ١٢ 12 |
त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
فَهُوَذَا بَهْجَةٌ وَفَرَحٌ، ذَبْحُ بَقَرٍ وَنَحْرُ غَنَمٍ، أَكْلُ لَحْمٍ وَشُرْبُ خَمْرٍ! «لِنَأْكُلْ وَنَشْرَبْ، لِأَنَّنَا غَدًا نَمُوتُ». | ١٣ 13 |
तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्दैछन् ।
فَأَعْلَنَ فِي أُذُنَيَّ رَبُّ ٱلْجُنُودِ: «لَا يُغْفَرَنَّ لَكُمْ هَذَا ٱلْإِثْمُ حَتَّى تَمُوتُوا، يَقُولُ ٱلسَّيِّدُ رَبُّ ٱلْجُنُودِ». | ١٤ 14 |
यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्चय नै यो अपराधको निम्ति मृत्युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
هَكَذَا قَالَ ٱلسَّيِّدُ رَبُّ ٱلْجُنُودِ: «ٱذْهَبِ ٱدْخُلْ إِلَى هَذَا جَلِيسِ ٱلْمَلِكِ، إِلَى شِبْنَا ٱلَّذِي عَلَى ٱلْبَيْتِ: | ١٥ 15 |
परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यो प्रशासक शेब्नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,
مَا لَكَ هَهُنَا؟ وَمَنْ لَكَ هَهُنَا حَتَّى نَقَرْتَ لِنَفْسِكَ هَهُنَا قَبْرًا أَيُّهَا ٱلنَّاقِرُ فِي ٱلْعُلُوِّ قَبْرَهُ، ٱلنَّاحِتُ لِنَفْسِهِ فِي ٱلصَّخْرِ مَسْكَنًا؟ | ١٦ 16 |
'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्न, उच्च टाउँमा चिहान खन्न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्न तँलाई कसले अनुमति दियो?”
هُوَذَا ٱلرَّبُّ يَطْرَحُكَ طَرْحًا يَا رَجُلُ، وَيُغَطِّيكَ تَغْطِيَةً. | ١٧ 17 |
हेर्, परमप्रभुले तँलाई फाल्न लाग्नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्न लाग्नुभएको छ । उहाँले तँलाई कसेर समात्नुहुनेछ ।
يَلُفُّكَ لَفَّ لَفِيفَةٍ كَٱلْكُرَةِ إِلَى أَرْضٍ وَاسِعَةِ ٱلطَّرَفَيْنِ. هُنَاكَ تَمُوتُ، وَهُنَاكَ تَكُونُ مَرْكَبَاتُ مَجْدِكَ، يَا خِزْيَ بَيْتِ سَيِّدِكَ. | ١٨ 18 |
निश्चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
وَأَطْرُدُكَ مِنْ مَنْصِبِكَ، وَمِنْ مَقَامِكَ يَحُطُّكَ. | ١٩ 19 |
तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।
«وَيَكُونُ فِي ذَلِكَ ٱلْيَوْمِ أَنِّي أَدْعُو عَبْدِي أَلِيَاقِيمَ بْنَ حِلْقِيَّا | ٢٠ 20 |
त्यो दिन यस्तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।
وَأُلْبِسُهُ ثَوْبَكَ، وَأَشُدُّهُ بِمِنْطَقَتِكَ، وَأَجْعَلُ سُلْطَانَكَ فِي يَدِهِ، فَيَكُونُ أَبًا لِسُكَّانِ أُورُشَلِيمَ وَلِبَيْتِ يَهُوذَا. | ٢١ 21 |
तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।
وَأَجْعَلُ مِفْتَاحَ بَيْتِ دَاوُدَ عَلَى كَتِفِهِ، فَيَفْتَحُ وَلَيْسَ مَنْ يُغْلِقُ، وَيُغْلِقُ وَلَيْسَ مَنْ يَفْتَحُ. | ٢٢ 22 |
दाऊदको घरानाको साँचो म उसको काँधमा राख्नेछु । उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन र कसैले खोल्नेछैन ।
وَأُثَبِّتُهُ وَتَدًا فِي مَوْضِعٍ أَمِينٍ، وَيَكُونُ كُرْسِيَّ مَجْدٍ لِبَيْتِ أَبِيهِ. | ٢٣ 23 |
म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्नेछु र आफ्नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।
وَيُعَلِّقُونَ عَلَيْهِ كُلَّ مَجْدِ بَيْتِ أَبِيهِ، ٱلْفُرُوعَ وَٱلْقُضْبَانَ، كُلَّ آنِيَةٍ صَغِيرَةٍ مِنْ آنِيَةِ ٱلطُّسُوسِ إِلَى آنِيَةِ ٱلْقَنَّانِيِّ جَمِيعًا. | ٢٤ 24 |
उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्नेछन् ।
فِي ذَلِكَ ٱلْيَوْمِ، يَقُولُ رَبُّ ٱلْجُنُودِ، يَزُولُ ٱلْوَتَدُ ٱلْمُثْبَتُ فِي مَوْضِعٍ أَمِينٍ وَيُقْطَعُ وَيَسْقُطُ. وَيُبَادُ ٱلثِّقْلُ ٱلَّذِي عَلَيْهِ، لِأَنَّ ٱلرَّبَّ قَدْ تَكَلَّمَ». | ٢٥ 25 |
यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो— त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्नेछ, भाँचिनेछ र ढल्नेछ अनि त्यसमा भएको भार हटाइनेछ— किनकि परमप्रभुले भन्नुभएको छ ।