< اَلْخُرُوجُ 35 >
وَجَمَعَ مُوسَى كُلَّ جَمَاعَةِ بَنِي إِسْرَائِيلَ وَقَالَ لَهُمْ: «هَذِهِ هِيَ ٱلْكَلِمَاتُ ٱلَّتِي أَمَرَ ٱلرَّبُّ أَنْ تُصْنَعَ: | ١ 1 |
मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
سِتَّةَ أَيَّامٍ يُعْمَلُ عَمَلٌ، وَأَمَّا ٱلْيَوْمُ ٱلْسَّابِعُ فَفِيهِ يَكُونُ لَكُمْ سَبْتُ عُطْلَةٍ مُقَدَّسٌ لِلرَّبِّ. كُلُّ مَنْ يَعْمَلُ فِيهِ عَمَلًا يُقْتَلُ. | ٢ 2 |
छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
لَا تُشْعِلُوا نَارًا فِي جَمِيعِ مَسَاكِنِكُمْ يَوْمَ ٱلسَّبْتِ». | ٣ 3 |
शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”
وَكَلَّمَ مُوسَى كُلَّ جَمَاعَةِ بَنِي إِسْرَائِيلَ قَائِلًا: «هَذَا هُوَ ٱلشَّيْءُ ٱلَّذِي أَمَرَ بِهِ ٱلرَّبُّ قَائِلًا: | ٤ 4 |
मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।
خُذُوا مِنْ عِنْدِكُمْ تَقْدِمَةً لِلرَّبِّ. كُلُّ مَنْ قَلْبُهُ سَمُوحٌ فَلْيَأْتِ بِتَقْدِمَةِ ٱلرَّبِّ: ذَهَبًا وَفِضَّةً وَنُحَاسًا، | ٥ 5 |
इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
وَأَسْمَانْجُونِيًّا وَأُرْجُوَانًا وَقِرْمِزًا وَبُوصًا وَشَعْرَ مِعْزًى، | ٦ 6 |
निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,
وَجُلُودَ كِبَاشٍ مُحَمَّرَةً وَجُلُودَ تُخَسٍ وَخَشَبَ سَنْطٍ، | ٧ 7 |
रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,
وَزَيْتًا لِلضَّوْءِ وَأَطْيَابًا لِدُهْنِ ٱلْمَسْحَةِ وَلِلْبَخُورِ ٱلْعَطِرِ، | ٨ 8 |
पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि
وَحِجَارَةَ جَزْعٍ وَحِجَارَةَ تَرْصِيعٍ لِلرِّدَاءِ وَٱلصُّدْرَةِ. | ٩ 9 |
आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू ।
وَكُلُّ حَكِيمِ ٱلْقَلْبِ بَيْنَكُمْ فَلْيَأْتِ وَيَصْنَعْ كُلَّ مَا أَمَرَ بِهِ ٱلرَّبُّ: | ١٠ 10 |
तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
ٱلْمَسْكَنَ وَخَيْمَتَهُ وَغِطَاءَهُ وَأَشِظَّتَهُ وَأَلْوَاحَهُ وَعَوَارِضَهُ وَأَعْمِدَتَهُ وَقَوَاعِدَهُ، | ١١ 11 |
पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
وَٱلتَّابُوتَ وَعَصَوَيْهِ، وَٱلْغِطَاءَ وَحِجَابَ ٱلسَّجْفِ، | ١٢ 12 |
र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्चित्तको ढकनी र यसलाई ढाक्ने पर्दा ।
وَٱلْمَائِدَةَ وَعَصَوَيْهَا وَكُلَّ آنِيَتِهَا، وَخُبْزَ ٱلْوُجُوهِ، | ١٣ 13 |
तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
وَمَنَارَةَ ٱلضَّوْءِ وَآنِيَتَهَا وَسُرُجَهَا وَزَيْتَ ٱلضَّوْءِ، | ١٤ 14 |
बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
وَمَذْبَحَ ٱلْبَخُورِ وَعَصَوَيْهِ، وَدُهْنَ ٱلْمَسْحَةِ وَٱلْبَخُورَ ٱلْعَطِرَ، وَسَجْفَ ٱلْبَابِ لِمَدْخَلِ ٱلْمَسْكَنِ، | ١٥ 15 |
धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
وَمَذْبَحَ ٱلْمُحْرَقَةِ وَشُبَّاكَةَ ٱلنُّحَاسِ ٱلَّتِي لَهُ وَعَصَوَيْهِ وَكُلَّ آنِيَتِهِ، وَٱلْمِرْحَضَةَ وَقَاعِدَتَهَا، | ١٦ 16 |
होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।
وَأَسْتَارَ ٱلدَّارِ وَأَعْمِدَتَهَا وَقَوَاعِدَهَا، وَسَجْفَ بَابِ ٱلدَّارِ، | ١٧ 17 |
तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,
وَأَوْتَادَ ٱلْمَسْكَنِ، وَأَوْتَادَ ٱلدَّارِ وَأَطْنَابَهَا، | ١٨ 18 |
र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।
وَٱلثِّيَابَ ٱلْمَنْسُوجَةَ لِلْخِدْمَةِ فِي ٱلْمَقْدِسِ، وَٱلثِّيَابَ ٱلْمُقَدَّسَةَ لِهَارُونَ ٱلْكَاهِنِ، وَثِيَابَ بَنِيهِ لِلْكَهَانَةِ». | ١٩ 19 |
तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।
فَخَرَجَ كُلُّ جَمَاعَةِ بَنِي إِسْرَائِيلَ مِنْ قُدَّامِ مُوسَى، | ٢٠ 20 |
तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।
ثُمَّ جَاءَ كُلُّ مَنْ أَنْهَضَهُ قَلْبُهُ، وَكُلُّ مَنْ سَمَّحَتْهُ رُوحُهُ. جَاءُوا بِتَقْدِمَةِ ٱلرَّبِّ لِعَمَلِ خَيْمَةِ ٱلِٱجْتِمَاعِ وَلِكُلِّ خِدْمَتِهَا وَلِلثِّيَابِ ٱلْمُقَدَّسَةِ. | ٢١ 21 |
जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।
وَجَاءَ ٱلرِّجَالُ مَعَ ٱلنِّسَاءِ، كُلُّ سَمُوحِ ٱلْقَلْبِ، جَاءَ بِخَزَائِمَ وَأَقْرَاطٍ وَخَوَاتِمَ وَقَلَائِدَ، كُلِّ مَتَاعٍ مِنَ ٱلذَّهَبِ. وَكُلُّ مَنْ قَدَّمَ تَقْدِمَةَ ذَهَبٍ لِلرَّبِّ. | ٢٢ 22 |
इच्छुक ह्रदय भएका पुरुष र स्त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
وَكُلُّ مَنْ وُجِدَ عِنْدَهُ أَسْمَانْجُونِيٌّ وَأُرْجُوانٌ وَقِرْمِزٌ وَبُوصٌ وَشَعْرُ مِعْزًى وَجُلُودُ كِبَاشٍ مُحَمَّرَةٌ وَجُلُودُ تُخَسٍ، جَاءَ بِهَا. | ٢٣ 23 |
तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।
كُلُّ مَنْ قَدَّمَ تَقْدِمَةَ فِضَّةٍ وَنُحَاسٍ جَاءَ بِتَقْدِمَةِ ٱلرَّبِّ. وَكُلُّ مَنْ وُجِدَ عِنْدَهُ خَشَبُ سَنْطٍ لِصَنْعَةٍ مَا مِنَ ٱلْعَمَلِ جَاءَ بِهِ. | ٢٤ 24 |
चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।
وَكُلُّ ٱلنِّسَاءِ ٱلْحَكِيمَاتِ ٱلْقَلْبِ غَزَلْنَ بِأَيْدِيهِنَّ وَجِئْنَ مِنَ ٱلْغَزْلِ بِٱلْأَسْمَانْجُونِيِّ وَٱلْأُرْجُوَانِ وَٱلْقِرْمِزِ وَٱلْبُوصِ. | ٢٥ 25 |
हरेक सिपालु स्त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
وَكُلُّ ٱلنِّسَاءِ ٱللَّوَاتِي أَنْهَضَتْهُنَّ قُلُوبُهُنَّ بِٱلْحِكْمَةِ غَزَلْنَ شَعْرَ ٱلْمِعْزَى. | ٢٦ 26 |
जो-जो स्त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।
وَٱلرُّؤَسَاءُ جَاءُوا بِحِجَارَةِ ٱلْجَزْعِ وَحِجَارَةِ ٱلتَّرْصِيعِ لِلرِّدَاءِ وَٱلصُّدْرَةِ، | ٢٧ 27 |
एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू ल्याए ।
وَبِٱلطِّيبِ وَٱلزَّيْتِ لِلضَّوْءِ وَلِدُهْنِ ٱلْمَسْحَةِ وَلِلْبَخُورِ ٱلْعَطِرِ. | ٢٨ 28 |
तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।
بَنُو إِسْرَائِيلَ، جَمِيعُ ٱلرِّجَالِ وَٱلنِّسَاءِ ٱلَّذِينَ سَمَّحَتْهُمْ قُلُوبُهُمْ أَنْ يَأْتُوا بِشَيْءٍ لِكُلِّ ٱلْعَمَلِ ٱلَّذِي أَمَرَ ٱلرَّبُّ أَنْ يُصْنَعَ عَلَى يَدِ مُوسَى، جَاءُوا بِهِ تَبَرُّعًا إِلَى ٱلرَّبِّ. | ٢٩ 29 |
इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
وَقَالَ مُوسَى لِبَنِي إِسْرَائِيلَ: «ٱنْظُرُوا. قَدْ دَعَا ٱلرَّبُّ بَصَلْئِيلَ بْنَ أُورِي بْنَ حُورَ مِنْ سِبْطِ يَهُوذَا بِٱسْمِهِ، | ٣٠ 30 |
मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्नुभएको छ ।
وَمَلَأَهُ مِنْ رُوحِ ٱللهِ بِٱلْحِكْمَةِ وَٱلْفَهْمِ وَٱلْمَعْرِفَةِ وَكُلِّ صَنْعَةٍ، | ٣١ 31 |
उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।
وَلِٱخْتِرَاعِ مُخْتَرَعَاتٍ، لِيَعْمَلَ فِي ٱلذَّهَبِ وَٱلْفِضَّةِ وَٱلنُّحَاسِ، | ٣٢ 32 |
तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।
وَنَقْشِ حِجَارَةٍ لِلتَّرْصِيعِ، وَنِجَارَةِ ٱلْخَشَبِ، لِيَعْمَلَ فِي كُلِّ صَنْعَةٍ مِنَ ٱلْمُخْتَرَعَاتِ. | ٣٣ 33 |
सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्ने गर्छन् ।
وَجَعَلَ فِي قَلْبِهِ أَنْ يُعَلِّمَ هُوَ وَأُهُولِيآبُ بْنَ أَخِيسَامَاكَ مِنْ سِبْطِ دَانَ. | ٣٤ 34 |
तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।
قَدْ مَلَأَهُمَا حِكْمَةَ قَلْبٍ لِيَصْنَعَا كُلَّ عَمَلِ ٱلنَّقَّاشِ وَٱلْحَائِكِ ٱلْحَاذِقِ وَٱلطَّرَّازِ فِي ٱلْأَسْمَانْجُونِيِّ وَٱلْأُرْجُوَانِ وَٱلْقِرْمِزِ وَٱلْبُوصِ وَكُلَّ عَمَلِ ٱلنَّسَّاجِ. صَانِعِي كُلِّ صَنْعَةٍ وَمُخْتَرِعِي ٱلْمُخْتَرَعَاتِ. | ٣٥ 35 |
तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।