< Uruyan Yuhana 22 +

1 Gono ka dura Kutelle dursoi kurawa nmen nlai, mmene kanang nofo crystal, mi wa din chum ici ti lisosin Kutelle nin Gono me
त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
2 nya kitik nlayi kipine, nya ko kome kurawe kuchan nlai wa yisinku, nin kumay ngangang udu likure nin na ba, anin macha kumal me ko uyemme upui. Afa na che anin nare ba shizinu nin ko mome nmin.
यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
3 Na iba se umon usunun nnuu ba, kiti lisosin Kutelle nin Gono me ba yi tu nya kipine, achin me ba su ngne kataa.
त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
4 Iba yenu umuro me, lisa me ba yitu niting mine.
तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
5 Kitik ba yi tu ba, na iba yitu nin su mmou kanang pitilaba sa uwwui bar ugo Kutelle nkanang mere ba yi tu na ti mine, iba so lisosin sa ligang. (aiōn g165)
त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् । (aiōn g165)
6 kadure wurei, to tigbulan ngne tin chiu kibineiyari tutung kiden nere, Chiki lare, Kutelle, nfunu uchine na nan kadura me, wa tuu unan kadura me adursu a chin me ile imon na iba dak na piit ba.
स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
7 Yene! Nnan na daa nene! Unan mmariari ule na awufu ligbulan lo na ana kadure na belin nya tagarde.
“हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
8 Meng, Yohanna, mere na lanza idursai ile imone, ku bi ko na nwa lanza nyene, nno-o kutin nbun na bunu nnan kadure nzazin ngne, unan kadure na awa dursai ileli imone.
म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
9 Aworei, “Na uwa su nani ba! Men wang udo lichinnari fo fewe, udu nin na lee na inun chifuno ulirume na ina yer tin nya tagarda me. Zazina Kutelle!”
तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
10 Aworei yenje, “Uwa yachu tipinpin na nan kadure nyan takarda ulele, ku be ndaa susut.
तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
11 Ule na adi nin dinong, na ali ubun nin dinonong me, ule na adi alau, na ali ubun nin su ni le imon na idi lau. ule na adi lau, na ali ubun nin lau me.
जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
12 Yene nnan na daa susut. Ulada ningne di nin mi, nni ko ngna ku chot nin nile imon na ana su.
“हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
13 Mere Alfe mere Omega, Uchizinu nin ligang, Mere infinu me mere umalzinu.
अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।
14 Anan mmariari ale na ikusu alutuk mine bar iba kubi ili kumat kuchan lai inin piru nya kipin kane nibulun kining.
आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।
15 Ndasse ni nau wari, anan niyiu, anan kapul ndinong, anan molsu na nit, anan chil, nin le na adi ninsu nsu kinuu.
कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
16 Me, Yisa, nna tuu unan kadura nin adurso minu ile imene bara atii alau. Mere liling ngne nin kuwunun Dauda, fiyini fi kanan nkwi din ding.”
म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
17 Ufunu ulau we nin gankishono nworo, “Daa!” Na ale ilanza woro, “Daa!” Ule na adi nin suu we, na ase mmen nlai ye sa ubiu.
पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
18 Ndursu vat nle na alanza tigbulan: Na nan nkpinaku, Kutelle ba kpin ngne ku aluba ale na iyertine nya ntagarda ulele.
यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
19 Wassa umen chaana tigbulan na nan kadura nyan ntakarda ulele, Kutelle ba kaluulada me nya kuchan lai nin nya kipin kilau, ile na ina yertin nyan takardaa ulele.
यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।
20 Ule na udurso ile imone a woro, “E-eh! Ndin chinu nene.” Uso nani! Daa, Cikilari Yisa!
यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।
21 Na nshew nCikilari Yisa so nin ko ngna mine. Uso nani.
प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।

< Uruyan Yuhana 22 +