< Luka 23 >

1 Vat lipitin mine fita, ida nin Yesu nbun Bilatus.
तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
2 I tunna nvuruzughe nliru, I woro, “Ti se unit ulele adin nanzu nmyin bite, a wantina anit uni in Kaisar ku ugandu, a din belu ame litine Kristiari, Ugo.”
तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”
3 Bilatus tiringhe, a woro, “Fere Ugo na Yahudawa?” Yesu kawa ghe a woro, “Fere nbelle nani.”
पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
4 Bilatus woro na didya na prieste nin lipitin nanit. “Na nse unit ulele nin taanu ba.”
पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
5 Amma ileo ubun nin sho nati, i woro, “Adin rusuzu anit, adin dursuzu anit nan nyan Yahudiya vat, ucizunun Galili uda duru kikane.”
तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
6 Na Bilatus nlanza nani, a tirino sa unite kunan Galiliari.
त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
7 Na ayinno adi nmyin tigon Hirudus ari, a turung Yesu ku udu kitin Hirudus, ama litine wang wadin Urshalima nayiri ane.
जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
8 Na Hirudus in yene Yesu ku, ayi poo ghe, bara na dandauna nin su nworu a yeneghe. Ana lanza ubeleng me amini din piziru ayeneghe asu imon izikiki.
जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
9 Hirudus tirino Yesu ku uliru gbardang, amma na Yesu nkawa ghe imon ba.
हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
10 Adidya na priest nin na nan ninyerte fita, nin tinana nayi nvuruzughe nliru.
मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
11 Hirudus nin nasoja me zognzo ghe, I kuru isu ghe liyong, inin shonghe imon icine, inin kurtuno Yesu ku udu kitin Bilatus.
हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
12 Hirudus nin Bilatus waso adondon nati lilone (amma iwa tu iyita anan nivira nati).
हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
13 Bilatus tunna ayicila udya na priest, nin nagoo a ligozi nanite kiti kirum,
तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
14 a woro nani, “Ida nayi unit ulele nafo unit ulenge na adin cinu nin nait nanzang, yeneng, meng, nbun minere ntiroghe uliru, na nse ghe nin kulapi kitene nile imon na idi uvuruzughe mun ba.
र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
15 Baba, sa ame Hirudus wang, a kurtunghe udak kiti bite, yenen, na asu imong imon ilenge na iduru nworu aku ba.
हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
16 Bara nani mma tighe aneo, nsunghe.”
यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
17 Amma uwa so Bilatus ju gbas a nutun a Yahudawe ku kucin kurum kilari licin kubin idi.
अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
18 Vat mine jartiza kang, I woro, “Caan nin nit ulele, I nutun nari Barabas ku!”
तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
19 Barabas unitari wadi ulenge na iwa ceo ghe licin kitene kulapi nsali dortu nliru tigo kipine nin katwa likiri.
बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
20 Bilatus kuru asu nani uliru tutung, nin su nworu a sun Yesu ku.
येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
21 Ijaritiza I woro, “Na ikotinghe kuca, na ikotinghe kuca.”
तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
22 A woro nani tutung untat, “Iyanghari, kuyapin kulapiari unit ulele nati? Na meng see ghe nin kulapi kongo na batin ushara nkul liti me ba. Bara nani, asa nkpizoghe mma sunghe.”
पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
23 Amma ileo ubun njartiza kang, npiru nworu ikotinghe kucha. Tiwui mine ta Bilatus yinna.
तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।
24 Bilatus yinna nani nin kuculu mine.
त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
25 A nutuno ulenge na inung tirino nworu inutun ule na ina ceo kilari licin kitene in fizu nay nanit a umolsu nanit. Amma ana nani Yesu ku nafo usu nibinai mine.
त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
26 Na inya ninghe, ikifo umong Simon unit Nkirawani, awa nuzun nan nya ntene, itina ghe kuca ndi kotunue, a dortu Yesu ku.
तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।
27 Ligozi nanit gbardang, nin nawani ale na iwa di tiyomme wa din dortu ghe.
मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
28 A gbitirno kiti mine, Yesu woro, “Nishonon Urshalima, na iwa gilu meng ku ba, ama gilan atimine nin nono mine.
तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
29 Amma yenen, ayire din cinu na ima woru, 'Anan koliari awani are, nin naburi ale na ina maru ba, nin na yazin ale na amazina ba.'
किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
30 Ima cizunu ubelu na kup, 'Dio nati bite,' a apara, 'Kiro nari.'
त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’
31 Iwa su ile imone a kuce dutu kushiti, Iyaghari ma se ku wa malu kotu?”
यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
32 Iwa yiru among anit naba anan likara linanzang idi molu ligowe ninghe.
उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
33 Na iwa dak kiti kanga na idin yicu akankan nati, kitenere iwa kotunghe kucaa ligowe nin nanan likara linanzang, unit urum ncara uline a unan be ncara ngule me.
जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
34 Yesu woro, “Ucif, wesse nani alapi mine, bara na iyiru imon ile na idin sue ba.” I tunna idinja timo, I koso imon me.
येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
35 Anite yissina in yenju ghe a imung ago mina yita nsughe liyong, idin su, “Ana tucu among. Na atuca litine, andi amere Kristi Kutelle, unan feruwe.”
मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
36 Inung anan likum wang sughe liyong, ida kupo me, ina ghe nmyen migbalala,
अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
37 idin belu, “Andi fere uga na Yahudawe, tucu litife.”
“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
38 I wa su imong inyerte ibana kitene litine, “ULELERE UGO NA YAHUDAWA.”
“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
39 Unit urum nan nya na nan likara linanzanghe na iwa kotunghe kuce, belinghe lifai, a woro, “Na fere Kristeba? Tucu litife umunu arik ku.”
क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”
40 Ame unan be kawa, a kwada ghe a woro, “Na udin lanzu fiu Kutelle ba, bara na ushara fe di urume nin ghe?
तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्?
41 Kiti bite udi dert, arik din seru nduk katwa bitari. Na unit ulele na su imonmong inanzang ba.”
हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
42 A kpinaku, a woro, “Yesu, lizino nin mi asa upira kipin tigo fe.”
र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
43 Yesu woroghe, “Kidegenere nbelin fi, uma yitu nin mi kipin tigo nighe.”
येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
44 Kube da susut nin nikoro kutocin, nsirti tursu kutyine vat uduru ikoro kutir
यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
45 na nkanang nwii nmala. Kusakala kutyi nlira jarta kyitik kitene utolu kadas.
सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
46 Yesu jarta nin liwui kang ayila, a woro “Ucif, nan nya nacara fere nnakpa ulai ning.” Na a belle nani, aku.
येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
47 Na udya na nan likum akalt likure in yene imon ile isu, azazina Kutelle, a woro, “Kidegenere, ulele unan katwa kacineari nadi.”
जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”
48 Na vat ligozie na iwa dak ida ti iyizi nba nimon ile na isu yene imon ile na ise, ikpilla idin fo igiri.
यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
49 Vat na nan yiru me, nin na wani ale na ina dofin ghe unuzun Galili, yissina pit, idin yenju ni leli imone.
तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
50 Umong unit wa diku unan lissan Yusufu, nan nya na nan kpiluzu, unit ugegeme nin katwa kacine
हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
51 (na awa yinin nin kpiluzue nin lidu longo na isu ba), unit in Arimathiya, nkan kipin na Yahudawa, ulenge na awa di nca kipin tigoo Kutelle.
(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
52 Unit une do kitin Bilatus, tirino kidowon Yesu.
यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
53 A toltuno kinin, a jinkpilo nin malti ulau, adi nonko nan nya kissek na ina sarsu nan nya kutala, kikanga na isa nonko umong ku ba.
उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
54 Uwui nshiriari wadi, Assabath wa dak susut npiru.
यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।
55 Awane na iwa dak nanghe unuzun Galili, dofino kidung, iyene kissekke iyene imusun nonkue kidowe non.
गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
56 I kpilla, ida shirya nnuf kunya min tintu. Lirin Nasabbath ishino nafo ubellin duke.
तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।

< Luka 23 >