< Yuhana 9 >

1 Na Yesu wa cinu ukatu, a yene umong nin niduu tun umaru me.
येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।
2 Nono katwa me tiringhe, “Unan dursuzu, ghari nati kulapi, amere sa anan maru me, inyaghari nta ina marughe udu.”
उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्‍यो र यो अन्धो जन्मिएको?”
3 Yesu kawa aworo, “Na amere sa anan marume na ti kulapi ba, ama bara inan durso katwa Kutelle litime.
येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्‍वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
4 Tima su katwa nlenge na ana tuyi a kiti dutu kanang. Kitik din cinu na umong wasa asu katwa ba.
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
5 Asa ndu nanya nyie, mere nkanang in yie.”
म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
6 Kimal nbelun liru une, a tufuno ataf kutyen, a lumu tiwin nin natafe, a lolo iyizi nnite nin tiwine.
येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
7 A woroghe, “Cang udi kusu kulin Siluwam (Ukpiluwe unnare 'Ulau')” Unite nya adi kusu, a kpila adin yenju.
उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
8 Anan kupo nnite nin nalenge na i yirughe uworsu nafo unan likura iidin du, “Na unit ulele na adin sozu kikane asuzu likura ba?”
त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन?”
9 Among woro “Ameredi.” Among woro na amere ba, ama adi nafo ulele.” Ama ame wadi bellu mere di.”
केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
10 I woroghe nenge, “Inyizari iyizi fe puno.”
तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
11 A kawa, awor, “Unite na idin yiccughe Yesu nni lumu tiwin amini loloo niyizi ninghe, aminin woro, 'Can Usiluwam udi kusu.' Mminin nin do ndi kusu, mminin tunna yenju kiti.”
त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ ।”
12 I woroghe nenge, “Adinwe?” Akawa, “Na meng yiru ba.”
तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्?” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
13 I nani wa yiru unite na awa di nin niduwe idomu kiti na Farisawa.
तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
14 Liri na Sabbatari wadi na Yesu wa lumun tiwine a punghe iyize mun.
येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
15 A Farisawe kuru itiringhe inyizari ase uyenu kiti. A woro nani, “Ani ta tiwin niyizi ninghe, Mminin kussu, nene ndin yenju kiti.”
तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
16 Among Afarisawa woro, “Na unit ulele na nuzu kiti Kutellari ba, bara na adin dortu Asabbat ba.” Among woro. “Ima ti inyizari unit ule na adi nin kulapi su nmusu nilenge imone?” Nwase usalin munu nati kitik mine.
केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
17 I kuru itirino uduwe tutung. Inyaghari ubelle litime bara a punfi iyizi?” Uduwe woro, “Ame u annabiari.”
त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
18 Na Yahudawa wa yinin ni liru liti nnite nworu awa di udu aminin se uyenju kiti se na iwa yicila acif nnite na ana se uyenju kit.
यहूदीहरूले आफ्नो दृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने तिनीहरूले अझै विश्‍वास गरेनन् ।
19 Itirino acif nnite i woro, “Usaun mire ulele na ina woro iwa marughe uduwa? Ani inyizari nene adin yenju kiti?
तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?”
20 Acif me kawa nani, “Arik yiru usaun bitari ulele, tutung iwa marughe udu.
त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ ।
21 Ita inyizari adin yenju kiti nene na arik yiru ba, saghari npunghe iyize, na arik yiruba. Tinonghe. Amal waurnu. Awasa asu uliru nin liti me.”
अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ ।
22 Acife wasu uleli ulire bara na iwa din lanzu fiu na Yahudawa. Bara a Ayahudawe wa di imal yinnun nworu asa umong nyinna Yesu Kristari, ima nutunghe nanya kutii nlira.
त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
23 Bara nanere wati, acif me wa woro, “Ame nwasirna, Tirinonghe.”
त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
24 Unba tutung iyicila unite na awadi uduwe Iworoghe, “Na Kutelle ngongong. Tiyiru unit ulele unan kulaperi.”
त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
25 Unit une kawa nani, “Sa adi unan kulapi na nyiru ba. Imong irumari cas nyiru: Nwa yita udu nene ndin yenju.”
तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
26 I tunna i woroghe, “Inyaghari atafi? Apuno iyizi fe nyizari?”
तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदिए?”
27 A kawa, “Mmal bellin minu, inani nari ulanzue! Inyaghari nta idin su ikuru nlanza tutung? Anung wang dinin su ikuru iso nono katwa mere?”
त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?
28 Izogoghe i woro “Fere gono katwa me, arik nono katwa in Musari.
तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ ।
29 Arik yiru Kutelle wa su uliru nin Musa, ama unit ulele na tiyiru sa ana nuzun nweri ba.”
हामी जान्दछौँ, कि परमेश्‍वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।”
30 Unite kawa aworo nani, “Inyaghari, ilele imong izikikikari, au na anung yiru sa ana nuzun nweri ba, vat nin nani aminin puno iyizi nin.
त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, यो त अचम्म भो!
31 Tiyiru nworu na Kutelle din lanzu anan nalapi ba, ama andi vat nnit ule na adi lanzu uliru Kutelle amin din su imon nsu me, Kutelle din lanzughe.
हामी जान्दछौँ, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कोही भक्‍त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।
32 Uworu ucizinun nyie, na ina so ilanza umong puno iyizi nnit ulenge na ina marughe udu ba. (aiōn g165)
संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । (aiōn g165)
33 Andi na unit ulele na nuzu kiti Kutelleri ba, na awa yinnu usu nimonmong b.”
यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।”
34 I kawaghe i woro, “Ina marufi vat nanya nalapi, nene umini din dursuzu narie?” Inani wa tunnun i koghe nanya kutii nlire.
तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
35 Yesu uni wa lanza inutunghe kutii nlire, amini wa seghe aworo, “Uyinna nin Saun Nnita?”
तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”
36 A kawa aworo, “Ame ghari, Cikilari, nnan yinna ninghe?
त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकौँ?”
37 Yesu woroghe, “Uyeneghe, ame ulenge na adin lirue nin fi amere.”
येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
38 Unite woro, Cikilari, meng yinna.”A tunna a zazinghe.
त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।
39 Yesu woro, “Bara ushara wari nna dak nanya nyi ulele, bara anan salin yenju nan se uyenju, anan yenje tutung nan ta aduu.”
येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन्, तिनीहरू अन्धो होऊन् ।”
40 Among A Farisawe na iwa di ligowe nanghe lanza ileli imone i tiringhe, “Arik wang aduwarie?”
उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?”
41 Yesu woro nani, “Ndafo idi aduu, na iwa yitu nin nalapi ba. Vat nani, nene inin woro, 'Tidin yenju,' bara nani, alapi mine nlawa nanghinu.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।

< Yuhana 9 >