< 2 Ukorintiyawa 12 >

1 Dole in foo figir, bara nani na mma se imong ku b, bara nani unuzu ina tiubun namoro nin belu nanya unuzun Cikilari.
मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।
2 Inyiru unit nanya Kristi nanya na kus tkure min nanase na ana kata sa nanya kidawo sa indas kidaw, nan meng yiru ba Kutelle yiru iwa yanghe udu nanya kitime kin taat.
म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
3 Tutung inyiru umong unit sa naya kidawo sa indas kidawo, na meng yiru ba Kutelle yiru.
र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।
4 ulena iwa yonghe udu kitene ule na awa di nin imong ilau kang na umon wasa a benle ba.
कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो ।
5 Kitenen leli unitere men ma foo figiri. Bara na nma foo figiri nin litinin ba se dei bara lidarni ning.
त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
6 Andi indinin su in foo figiri. nan ma suo ulalan ba, bara idin belu kidegenere. Bara nani ima cinu ufoo figiri nanumon ba kpilizinu litinighe gbardan, na nafo idin yenju sa idin lanzuyi ba.
यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।
7 Sa bara na mgbardan inda ciu mbele. Baranani na mma fiwu aba da nin fiwu liti ba i wa tiyifimat kidowo, kadura nnuzu shidtan idak ida firume, bara nwa foo figiri kang.
आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
8 Njun tat ina foo acara nin kiti Kutelle akalai mung ile imone nanya nin
मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ ।
9 Amini na beli “ubolu nin batin fi” Bara na likara din kue naanya lidarne” too mma kpinu ufoo figiri nanya nanya lidarni ning bara likaara Kristin soo kitene ning
अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
10 Bara nani ubatine bara Krist, nanya lidarni, nanya nitop nnya nniy, nanya tinana nayii, nanya nkunekun, bara nani vat kubi kone diri likar, asa nta agang.
त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
11 In nasoo ulalan! anunghere natiy, bara anunghere wa ruyi, bara na nwa di ko cun kadas nang nadidiya nansn kadura ba barana mmen imonghari ba
म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
12 Kidegen nalap nan kadura wadi kiti mine nin nayashau vat, alap nin nalajibi nin nitwa ni didiya.
सारा धैर्य, चिह्नहरू र शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए ।
13 Bara na anung wadi iyiziari sa uanpani nafo nzisin natii alauw, bara na uwa so minu kutura ba? shawang ninmile utanue!
म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।
14 Yeneng! Mba dak minu tutung unta, na ima lawu minu kutura ba bara na idinin su ni mong mine ba anunghere ndi nin suw. Nanono ba cisu bara acife ba bara nani acifari ba cisu bara n nono.
हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।
15 Nna yitu nin nayi abo kang in wultun bara anunghe uwa biiu usumine kang, ita usu ninghe baata?
म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र?
16 Bara na udi nani, nanan ti minu kutura nati ba. Bara na meng di jinjin, mere na fo minu nin kinu.
यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।
17 In wa di kitene mine na uwa tuu umong udak kiti mine.
के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र?
18 Iwa ti Titus ku adak kiti mine inin tuu kani gwane ninghe, Titus se wa di kitene mine? Na tiwa cinu libau lirumme baa? Na tiwa cinuu nin niti nirume ba?
मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र? के हामी पनि यसरी नै चलेनौँ र? के हामीले पनि यसरी नै पाइला चालेनौँ र?
19 Idin cisu kokube tidin sesu atibite kiti mine? Nbun Kutelle tidin nin Kristi mbelu vat nimon bara uke minere.
के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
20 Idin cun fiu nwa dak nan mase minu nafo na idinin suwe, Na anung wang masai nafo na idinin suwe ba, au ti wase mayardang inshina nayi usu liti kubellum, ufoo figiri nin salin caunu.
किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।
21 Indin lanzu fiu nwa kpilin, Kutelle nighe uruu nighe kiti mine, mma nin gilu bara mgbardan mine naina malu ti kulapi nin burnu na inin na pizeru usunu nsalin lau nin nuzu nin na wani a hem nin su nimong nyi na iwadi isuzu ba.
म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।

< 2 Ukorintiyawa 12 >