< 1 Yuhana 5 >

1 Ulena iyino Yesu amere Kristi kumat Kutelle ri. Nin vat le na adinin sume, ulna ana nuzu kit ncif amini din suu nnonon me.
जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।
2 Nin nanin tiyino ti dinin suu nono Kutelle. Adi tidinin su Kutelle tiba suu tidokame.
जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
3 Ulelere u suu Kutelle, andi ti ceu ti dokame nanya kibianai bit, kuma na udokame di getek ba.
किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
4 Vat ulena ina maru ghe nanya Kutelle akatin likara inye. Ulelere lkatin ghe nanya inye, nin yinu sa uyenu minu.
किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।
5 Ame ule na ana mali katu likara inye? Ulena a yina Yesu amere gono Kutell.
येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो?
6 Amere ulena ana nak nanya mmen nin mmii, Yesu Kristi. Na anadak nanyammen kadai ba ama nanya mmii.
उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
7 Bara among duku natat na suu iyizi inba
किनकि गवाही दिनेहरू तिन छन्,
8 Awa tatere alele, Infip milau, mmen nin nmii.
आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् ।
9 Andi ti sere u tinizi nanit nin ti niyizi Kutelle ma katunu. Bara ushaida Kutelle unere une. Ana malin suu iyizi iba bara gonome.
हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
10 Ulena yina nin Gone Kutelle adimun ushaida Kutelle nanya me. Ulena ayina nin ba Kutelle taa ghe unan kinu, bara na ayino nin shaida na Kutelle nani kitene inson me.
जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।
11 Ushaida unere une- na Kutelle nani nari ulau usali ligang, ulai une udi nanya Isoune. (aiōnios g166)
अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । (aiōnios g166)
12 Ame ule na adini insaune adini lai. Ulena adini Isou Kutelle ba adini lai ba.
जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।
13 Ile imone nyertin minu inan yino idini lai- udu anughe alena iyina nanya lisa Gono Kutelle. (aiōnios g166)
मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक । (aiōnios g166)
14 Ulelere likara kibinaiye nati dimon mbung me, bara asa ti tirino imong nanya inufi me, ama lanzu nari.
अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो ।
15 Andi tiyiru adin lanzu nari-vat elemon na ti tiringhe-tiyiru tima se ilemon na tina tirin ghe.
अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।
16 Andi umong yene gwana me taa kulapi kona kuma tighe aku ba, ucau inlira kiti Kutelle anan naghe ulai. Idin belu alena alapi mine mati nai iku ba. Bara among alpi diku alena nati unit ku-nan belle iti inlira kitene nalele.
यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ । मृत्युमा पुर्‍याउने पाप छ । त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।
17 Vat usalinglauwe kulaperi-bara kon kulapi diku kona kuma ti unit kuu ba.
सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।
18 Tiyiru ulena ina maru ghe kiti Kutelle na dini kulapi. Bara ulena ina maru ghe kiti Lutelle amin litime gigime, ibilis wangya alanza ghe ukule ba.
हामी जान्दछौँ, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई छुँदैन ।
19 Tiyi arik kiti Kutelleri, nanin tiyiru uye vat sosin kadas ibilis sari.
हामी जान्दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ ।
20 Bara nani Gono Kutelle na dak anan nanri uyinu, bara tiyirughe ulena kidegenghe, nani tidi nanya me ame na adi kidegenghe, nin Usome Yesu Kristi. Amere kidegen Kutelle nin lai saligan (aiōnios g166)
तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ । (aiōnios g166)
21 Nono nayini, chinong udortun chill.
प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।

< 1 Yuhana 5 >