< مزامیر 45 >

برای سالار مغنیان بر سوسنها. قصیده بنی قورح. سرود حبیبات دل من به کلام نیکو می‌جوشد. انشاءخود را درباره پادشاه می‌گویم. زبان من قلم کاتب ماهر است. ۱ 1
असल विषयले मेरो हृदय भरिएर पोखिन्छ । राजाको बारेमा मैले लेखेका शब्दहरू म ठुलो सोरले पढ्‍नेछु । मेरो जीब्रो तयार लेखको कलम हो ।
تو جمیل تر هستی ازبنی آدم و نعمت بر لبهای تو ریخته شده است. بنابراین، خدا تو را مبارک ساخته است تا ابدالاباد. ۲ 2
मानवजातिका सन्तानभन्दा तपाईं सुन्‍दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ भनी हामी जान्दछौं ।
‌ای جبار شمشیر خود را بر ران خود ببند، یعنی جلال و کبریایی خویش را. ۳ 3
हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
و به کبریایی خودسوار شده، غالب شو به جهت راستی و حلم وعدالت و دست راستت چیزهای ترسناک را به توخواهد آموخت. ۴ 4
विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् ।
به تیرهای تیز تو امت‌ها زیر تومی افتند و به دل دشمنان پادشاه فرو می‌رود. ۵ 5
तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
‌ای خدا، تخت تو تا ابدالاباد است؛ عصای راستی عصای سلطنت تو است. ۶ 6
हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
عدالت را دوست وشرارت را دشمن داشتی. بنابراین خدا خدای توتو را به روغن شادمانی بیشتر از رفقایت مسح کرده است. ۷ 7
तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
همه رختهای تو مر و عود و سلیخه است، از قصرهای عاج که به تارها تو را خوش ساختند. ۸ 8
तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्‍छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।
دختران پادشاهان از زنان نجیب توهستند. ملکه به‌دست راستت در طلای اوفیرایستاده است. ۹ 9
राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् ।
‌ای دختر بشنو و ببین و گوش خود را فرادار. و قوم خود و خانه پدرت رافراموش کن، ۱۰ 10
हे छोरी, सुन, विचार गर र आफ्नो खान थाप । आफ्ना मानिसहरू र आफ्ना बुबाको घरलाई बिर्स ।
تا پادشاه مشتاق جمال تو بشود، زیرا او خداوند تو است پس او را عبادت نما. ۱۱ 11
यसरी राजाले तिम्रो सुन्दरको इच्छा गर्नेछन् । उहाँ तिम्रो मालिक हुनुहुन्छ । उहाँलाई आदर गर ।
ودختر صور با ارمغانی. و دولتمندان قوم رضامندی تو را خواهند طلبید. ۱۲ 12
टुरोसकी छोरी उपहारसहित त्यहाँ हुनेछिन् । मानिसहरूमध्येका धनीहरूले तिम्रो कृपा खोज्‍नेछन् ।
دختر پادشاه تمام در اندرون مجید است و رختهای او با طلا مرصع است. ۱۳ 13
दरवारका छोरी सह्रै महिमित छिन् । तिनको पहिरन सुनले बनाइएको छ ।
به لباس طرازدار نزد پادشاه حاضر می‌شود. باکره های همراهان او در عقب وی نزد تو آورده خواهند شد. ۱۴ 14
बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ । तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन् ।
به شادمانی وخوشی آورده می‌شوند و به قصر پادشاه داخل خواهند شد. ۱۵ 15
तिनीहरूलाई खुसी र रमाहटले डोर्‍याइनेछन् । तिनीहरू राजाको दरबारभित्र पस्‍नेछन् ।
به عوض پدرانت پسرانت خواهند بود و ایشان را بر تمامی جهان سروران خواهی ساخت. ۱۶ 16
तपाईंको बुबाको स्थान तपाईंका छोराछोरीले लिनेछन्, जसलाई तपाईंले सारा पृथ्वीमा राजकुमारहरू बनाउनुहुनेछ ।
نام تو را در همه دهرها ذکرخواهم کرد. پس قوم‌ها تو را حمد خواهند گفت تا ابدالاباد. ۱۷ 17
म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।

< مزامیر 45 >