< جامعه 5 >

چون به خانه خدا بروی، پای خود را نگاه دار زیرا تقرب جستن به جهت استماع، ازگذرانیدن قربانی های احمقان بهتر است، چونکه ایشان نمی دانند که عمل بد می‌کنند. ۱ 1
परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।
با دهان خود تعجیل منما و دلت برای گفتن سخنی به حضور خدا نشتابد زیرا خدا در آسمان است و تو بر زمین هستی پس سخنانت کم باشد. ۲ 2
बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
زیراخواب از کثرت مشقت پیدا می‌شود و آواز احمق از کثرت سخنان. ۳ 3
तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
چون برای خدا نذر نمایی دروفای آن تاخیر منما زیرا که او از احمقان خشنودنیست؛ پس به آنچه نذر کردی وفا نما. ۴ 4
तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
بهتراست که نذر ننمایی از اینکه نذر نموده، وفا نکنی. ۵ 5
भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।
مگذار که دهانت جسد تو را خطاکار سازد و درحضور فرشته مگو که این سهو شده است. چراخدا به‌سبب قول تو غضبناک شده، عمل دستهایت را باطل سازد؟ ۶ 6
तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने?
زیرا که این از کثرت خوابها و اباطیل و کثرت سخنان است؛ لیکن تو ازخدا بترس. ۷ 7
किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ । त्यसैले परमेश्‍वरको भय मान् ।
اگر ظلم را بر فقیران و برکندن انصاف وعدالت را در کشوری بینی، از این امر مشوش مباش زیرا آنکه بالاتر از بالا است ملاحظه می‌کندو حضرت اعلی فوق ایشان است. ۸ 8
जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
و منفعت زمین برای همه است بلکه مزرعه، پادشاه را نیزخدمت می‌کند. ۹ 9
यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
آنکه نقره را دوست دارد ازنقره سیر نمی شود، و هر‌که توانگری را دوست دارد از دخل سیر نمی شود. این نیز بطالت است. ۱۰ 10
चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
چون نعمت زیاده شود، خورندگانش زیادمی شوند؛ و به جهت مالکش چه منفعت است غیراز آنکه آن را به چشم خود می‌بیند؟ ۱۱ 11
जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
خواب عمله شیرین است خواه کم و خواه زیاد بخورد، اما سیری مرد دولتمند او رانمی گذارد که بخوابد. ۱۲ 12
धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।
بلایی سخت بود که آن را زیر آفتاب دیدم یعنی دولتی که صاحبش آن را برای ضرر خود نگاه داشته بود. ۱۳ 13
सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
و آن دولت از حادثه بد ضایع شد و پسری آورد اما چیزی در دست خودنداشت. ۱۴ 14
जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
چنانکه از رحم مادرش بیرون آمد، همچنان برهنه به حالتی که آمد خواهد برگشت واز مشقت خود چیزی نخواهد یافت که به‌دست خود ببرد. ۱۵ 15
मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।
و این نیز بلای سخت است که از هرجهت چنانکه آمد همچنین خواهد رفت؛ و او راچه منفعت خواهد بود از اینکه در‌پی باد زحمت کشیده است؟ ۱۶ 16
अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
و تمامی ایام خود را در تاریکی می‌خورد و با بیماری و خشم، بسیار محزون می‌شود. ۱۷ 17
आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ, अनि रोग र रिसबाट ज्यादै निराश हुन्छ ।
اینک آنچه من دیدم که خوب و نیکومی باشد، این است که انسان در تمامی ایام عمرخود که خدا آن را به او می‌بخشد بخورد و بنوشدو از تمامی مشقتی که زیر آسمان می‌کشد به نیکویی تمتع ببرد زیرا که نصیبش همین است. ۱۸ 18
परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्‍त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
و نیز هر انسانی که خدا دولت و اموال به اوببخشد و او را قوت عطا فرماید که از آن بخورد ونصیب خود را برداشته، از محنت خود مسرورشود، این بخشش خدا است. ۱۹ 19
जसलाई परमेश्‍वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्‍त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्‍वरको वरदान हो ।
زیرا روزهای عمر خود را بسیار به یاد نمی آورد چونکه خدا اورا از شادی دلش اجابت فرموده است. ۲۰ 20
किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।

< جامعه 5 >