< جامعه 12 >

پس آفریننده خود را در روزهای جوانی ات بیاد آور قبل از آنکه روزهای بلا برسد و سالها برسد که بگویی مرا از اینهاخوشی نیست. ۱ 1
तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्‍ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्‍टिकर्ताको सम्झना गर् ।
قبل از آنکه آفتاب و نور و ماه وستارگان تاریک شود و ابرها بعد از باران برگردد؛ ۲ 2
सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
در روزی که محافظان خانه بلرزند و صاحبان قوت، خویشتن را خم نمایند و دستاس کنندگان چونکه کم‌اند باز ایستند و آنانی که از پنجره هامی نگرند تاریک شوند. ۳ 3
त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्‍ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍ने छैनन् ।
و درها در کوچه بسته شود و آواز آسیاب پست گردد و از صدای گنجشک برخیزد و جمیع مغنیات ذلیل شوند. ۴ 4
त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्‍नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
واز هر بلندی بترسند و خوفها در راه باشد ودرخت بادام شکوفه آورد و ملخی بار سنگین باشد و اشتها بریده شود. چونکه انسان به خانه جاودانی خود می‌رود و نوحه‌گران در کوچه گردش می‌کنند. ۵ 5
त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
قبل از آنکه مفتول نقره گسیخته شود و کاسه طلا شکسته گردد و سبو نزدچشمه خرد شود و چرخ بر چاه منکسر گردد، ۶ 6
चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्‍च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्‍टिकर्ताको सम्झना राख् ।
وخاک به زمین برگردد به طوری که بود. و روح نزدخدا که آن را بخشیده بود رجوع نماید. ۷ 7
जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
باطل اباطیل جامعه می‌گوید همه‌چیز بطالت است. ۸ 8
उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
و دیگر چونکه جامعه حکیم بود باز هم معرفت را به قوم تعلیم می‌داد و تفکر نموده، غوررسی می‌کرد و مثل های بسیار تالیف نمود. ۹ 9
उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
جامعه تفحص نمود تا سخنان مقبول را پیداکند و کلمات راستی را که به استقامت مکتوب باشد. ۱۰ 10
उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे ।
سخنان حکیمان مثل سکهای گاورانی است و کلمات ارباب جماعت مانند میخهای محکم شده می‌باشد، که از یک شبان داده شود. ۱۱ 11
बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
و علاوه بر اینها، ای پسر من پند بگیر. ساختن کتابهای بسیار انتها ندارد و مطالعه زیاد، تعب بدن است. ۱۲ 12
हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्‍ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
پس ختم تمام امر را بشنویم. از خدابترس و اوامر او را نگاه دار چونکه تمامی تکلیف انسان این است. ۱۳ 13
हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
زیرا خدا هر عمل را با هر کارمخفی خواه نیکو و خواه بد باشد، به محاکمه خواهد آورد. ۱۴ 14
किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।

< جامعه 12 >