< دانیال 2 >

و در سال دوم سلطنت نبوکدنصر، نبوکدنصر خوابی دید و روحش مضطرب شده، خواب از وی دور شد. ۱ 1
नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् ।
پس پادشاه امرفرمود که مجوسیان و جادوگران و فالگیران وکلدانیان را بخوانند تا خواب پادشاه را برای اوتعبیر نمایند و ایشان آمده، به حضور پادشاه ایستادند. ۲ 2
त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।
و پادشاه به ایشان گفت: «خوابی دیده‌ام وروحم برای فهمیدن خواب مضطرب است.» ۳ 3
राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।”
کلدانیان به زبان ارامی به پادشاه عرض کردند که «پادشاه تا به ابد زنده بماند! خواب را برای بندگانت بیان کن و تعبیر آن را خواهیم گفت.» ۴ 4
तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।”
پادشاه در جواب کلدانیان فرمود: «فرمان ازمن صادر شد که اگر خواب و تعبیر آن را برای من بیان نکنید پاره پاره خواهید شد و خانه های شمارا مزبله خواهند ساخت. ۵ 5
राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।
و اگر خواب وتعبیرش را بیان کنید، بخششها و انعامها و اکرام عظیمی از حضور من خواهید یافت. پس خواب و تعبیرش را به من اعلام نمایید.» ۶ 6
तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”
ایشان باردیگر جواب داده، گفتند که «پادشاه بندگان خودرا از خواب اطلاع دهد و آن را تعبیر خواهیم کرد.» ۷ 7
तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं ।”
پادشاه در جواب گفت: «یقین می‌دانم که شما فرصت می‌جویید، چون می‌بینید که فرمان ازمن صادر شده است. ۸ 8
राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ।
لیکن اگر خواب را به من اعلام ننمایید برای شما فقط یک حکم است. زیراکه سخنان دروغ و باطل را ترتیب داده‌اید که به حضور من بگویید تا وقت تبدیل شود. پس خواب را به من بگویید و خواهم دانست که آن راتعبیر توانید نمود.» ۹ 9
तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।”
کلدانیان به حضور پادشاه جواب داده، گفتند، که «کسی بر روی زمین نیست که مطلب پادشاه را بیان تواند نمود، لهذا هیچ پادشاه یاحاکم یا سلطانی نیست که چنین امری را از هرمجوسی یا جادوگر یا کلدانی بپرسد. ۱۰ 10
ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।
و مطلبی که پادشاه می‌پرسد، چنان بدیع است که احدی غیراز خدایانی که مسکن ایشان با انسان نیست، نمی تواند آن را برای پادشاه بیان نماید.» ۱۱ 11
महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”
از این جهت پادشاه خشم نمود و به شدت غضبناک گردیده، امر فرمود که جمیع حکیمان بابل را هلاک کنند. ۱۲ 12
यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।
پس فرمان صادر شد و به صدد کشتن حکیمان برآمدند و دانیال و رفیقانش را می‌طلبیدند تا ایشان را به قتل رسانند. ۱۳ 13
यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
آنگاه دانیال با حکمت و عقل به اریوک رئیس جلادان پادشاه که برای کشتن حکیمان بابل بیرون می‌رفت، سخن گفت. ۱۴ 14
तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्‍ति प्रख्‍यात सबै जनालाई मार्नको निम्‍ति आएका राजाका अङ्गरक्षकका कमान्‍डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए ।
و اریوک سردار پادشاه راخطاب کرده، گفت: «چرا فرمان از حضور پادشاه چنین سخت است؟» آنگاه اریوک دانیال را از کیفیت امر مطلع ساخت. ۱۵ 15
दानिएलले राजाका कमान्‍डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए ।
و دانیال داخل شده، از پادشاه درخواست نمود که مهلت به وی داده شود تا تعبیر را برای پادشاه اعلام نماید. ۱۶ 16
त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।
پس دانیال به خانه خودرفته، رفقای خویش حننیا و میشائیل و عزریا رااز این امر اطلاع داد، ۱۷ 17
त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।
تا درباره این راز از خدای آسمانها رحمت بطلبند مبادا که دانیال و رفقایش با سایر حکیمان بابل هلاک شوند. ۱۸ 18
यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।
آنگاه آن رازبه دانیال در رویای شب کشف شد. پس دانیال خدای آسمانها را متبارک خواند. ۱۹ 19
त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,
و دانیال متکلم شده، گفت: «اسم خدا تا ابدلاباد متبارک بادزیرا که حکمت و توانایی از آن وی است. ۲۰ 20
र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।
و اووقتها و زمانها را تبدیل می‌کند. پادشاهان رامعزول می‌نماید و پادشاهان را نصب می‌کند. حکمت را به حکیمان می‌بخشد وفطانت پیشه گان را تعلیم می‌دهد. ۲۱ 21
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
اوست که چیزهای عمیق و پنهان را کشف می‌نماید. به آنچه در ظلمت است عارف می‌باشد و نور نزدوی ساکن است. ۲۲ 22
उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।
‌ای خدای پدران من تو راشکر می‌گویم و تسبیح می‌خوانم زیرا که حکمت و توانایی را به من عطا فرمودی و الان آنچه را که از تو درخواست کرده‌ایم به من اعلام نمودی چونکه ما را از مقصود پادشاه اطلاع دادی.» ۲۳ 23
हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु, किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”
و از این جهت دانیال نزد اریوک که پادشاه او را به جهت هلاک ساختن حکمای بابل مامورکرده بود رفت، و به وی رسیده، چنین گفت که «حکمای بابل را هلاک مساز. مرا به حضورپادشاه ببر و تعبیر را برای پادشاه بیان خواهم نمود.» ۲۴ 24
त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
آنگاه اریوک دانیال را بزودی به حضورپادشاه رسانید و وی را چنین گفت که «شخصی را از اسیران یهودا یافته‌ام که تعبیر را برای پادشاه بیان تواند نمود.» ۲۵ 25
त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”
پادشاه دانیال را که به بلطشصر مسمی بود خطاب کرده، گفت: «آیا تومی توانی خوابی را که دیده‌ام و تعبیرش را برای من بیان نمایی؟» ۲۶ 26
राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”
دانیال به حضور پادشاه جواب داد و گفت: «رازی را که پادشاه می‌طلبد، نه حکیمان و نه جادوگران و نه مجوسیان و نه منجمان می‌توانندآن را برای پادشاه حل کنند. ۲۷ 27
दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् ।
لیکن خدایی در آسمان هست که کاشف اسرارمی باشد و او نبوکدنصر پادشاه را از آنچه در ایام آخر واقع خواهد شد اعلام نموده است. خواب تو و رویای سرت که در بسترت دیده‌ای این است: ۲۸ 28
तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।
‌ای پادشاه فکرهای تو بر بسترت درباره آنچه بعد از این واقع خواهد شد به‌خاطرت آمد وکاشف الاسرار، تو را از آنچه واقع خواهد شدمخبر ساخته است. ۲۹ 29
महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।
و اما این راز بر من ازحکمتی که من بیشتر از سایر زندگان دارم مکشوف نشده است، بلکه تا تعبیر بر پادشاه معلوم شود و فکرهای خاطر خود را بدانی. ۳۰ 30
मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।
توای پادشاه می‌دیدی و اینک تمثال عظیمی بود واین تمثال بزرگ که درخشندگی آن بی‌نهایت ومنظر آن هولناک بود پیش روی تو برپا شد. ۳۱ 31
महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो ।
سراین تمثال از طلای خالص و سینه و بازوهایش ازنقره و شکم و رانهایش از برنج بود. ۳۲ 32
त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,
وساقهایش از آهن و پایهایش قدری از آهن وقدری از گل بود. ۳۳ 33
र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
و مشاهده می‌نمودی تاسنگی بدون دستها جدا شده، پایهای آهنین وگلین آن تمثال را زد و آنها را خرد ساخت. ۳۴ 34
हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो ।
آنگاه آهن و گل و برنج و نقره و طلا با هم خردشد و مثل کاه خرمن تابستانی گردیده، باد آنها راچنان برد که جایی به جهت آنها یافت نشد. و آن سنگ که تمثال را زده بود کوه عظیمی گردید وتمامی جهان را پر ساخت. ۳۵ 35
तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।
خواب همین است و تعبیرش را برای پادشاه بیان خواهیم نمود. ۳۶ 36
हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।
‌ای پادشاه، تو پادشاه پادشاهان هستی زیراخدای آسمانها سلطنت و اقتدار و قوت وحشمت به تو داده است. ۳۷ 37
महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।
و در هر جایی که بنی آدم سکونت دارند حیوانات صحرا و مرغان هوا را به‌دست تو تسلیم نموده و تو را بر جمیع آنها مسلط گردانیده است. آن سر طلا تو هستی. ۳۸ 38
मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
و بعد از تو سلطنتی دیگر پست‌تر از تو خواهدبرخاست و سلطنت سومی دیگر از برنج که برتمامی جهان سلطنت خواهد نمود. ۳۹ 39
हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
و سلطنت چهارم مثل آهن قوی خواهد بود زیرا آهن همه‌چیز را خرد و نرم می‌سازد. پس چنانکه آهن همه‌چیز را نرم می‌کند، همچنان آن نیز خرد و نرم خواهد ساخت. ۴۰ 40
त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
و چنانکه پایها و انگشتها رادیدی که قدری از گل کوزه‌گر و قدری از آهن بود، همچنان این سلطنت منقسم خواهد شد وقدری از قوت آهن در آن خواهد ماند موافق آنچه دیدی که آهن با گل سفالین آمیخته شده بود. ۴۱ 41
जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो ।
و اما انگشتهای پایهایش قدری از آهن وقدری از گل بود، همچنان این سلطنت قدری قوی و قدری زودشکن خواهد بود. ۴۲ 42
जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
و چنانکه دیدی که آهن با گل سفالین آمیخته شده بود، همچنین اینها خویشتن را با ذریت انسان آمیخته خواهند کرد. اما به نحوی که آهن با گل ممزوج نمی شود، همچنین اینها با یکدیگر ملصق نخواهند شد. ۴۳ 43
जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन ।
و در ایام این پادشاهان خدای آسمانها سلطنتی را که تا ابدالاباد زایل نشود، برپاخواهد نمود و این سلطنت به قومی دیگر منتقل نخواهد شد، بلکه تمامی آن سلطنتها را خردکرده، مغلوب خواهد ساخت و خودش تا ابدالاباد استوار خواهد ماند. ۴۴ 44
ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
و چنانکه سنگ را دیدی که بدون دستها از کوه جدا شده، آهن وبرنج و گل و نقره و طلا را خرد کرد، همچنین خدای عظیم پادشاه را از آنچه بعد از این واقع می‌شود مخبر ساخته است. پس خواب صحیح وتعبیرش یقین است.» ۴۵ 45
जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”
آنگاه نبوکدنصر پادشاه به روی خوددرافتاده، دانیال را سجده نمود و امر فرمود که هدایا و عطریات برای او بگذرانند. ۴۶ 46
राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।
و پادشاه دانیال را خطاب کرده، گفت: «به درستی که خدای شما خدای خدایان و خداوند پادشاهان و کاشف اسرار است، چونکه تو قادر بر کشف این رازشده‌ای.» ۴۷ 47
राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”
پس پادشاه دانیال را معظم ساخت وهدایای بسیار و عظیم به او داد و او را بر تمامی ولایت بابل حکومت داد و رئیس روسا بر جمیع حکمای بابل ساخت. ۴۸ 48
अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
و دانیال از پادشاه درخواست نمود تا شدرک و میشک و عبدنغو رابر کارهای ولایت بابل نصب کرد و اما دانیال دردروازه پادشاه می‌بود. ۴۹ 49
दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।

< دانیال 2 >