< प्रकाश 21 >

1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।
Et je vis un nouveau ciel et une nouvelle terre; car le premier ciel et la première terre s’en étaient allés, et la mer n’est plus.
2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
Et je vis la sainte cité, nouvelle Jérusalem, descendant du ciel d’auprès de Dieu, préparée comme une épouse ornée pour son mari.
3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
Et j’entendis une grande voix venant du ciel, disant: Voici, l’habitation de Dieu est avec les hommes, et il habitera avec eux; et ils seront son peuple, et Dieu lui-même sera avec eux, leur Dieu.
4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
Et [Dieu] essuiera toute larme de leurs yeux; et la mort ne sera plus; et il n’y aura plus ni deuil, ni cri, ni peine, car les premières choses sont passées.
5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।”
Et celui qui était assis sur le trône dit: Voici, je fais toutes choses nouvelles. Et il [me] dit: Écris, car ces paroles sont certaines et véritables.
6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
Et il me dit: C’est fait. Moi, je suis l’alpha et l’oméga, le commencement et la fin. À celui qui a soif, je donnerai, moi, gratuitement, de la fontaine de l’eau de la vie.
7 जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
Celui qui vaincra héritera de ces choses, et je lui serai Dieu, et lui me sera fils.
8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।” (Limnē Pyr g3041 g4442)
Mais quant aux timides, et aux incrédules, et à ceux qui se sont souillés avec des abominations, et aux meurtriers, et aux fornicateurs, et aux magiciens, et aux idolâtres, et à tous les menteurs, leur part sera dans l’étang brûlant de feu et de soufre, qui est la seconde mort. (Limnē Pyr g3041 g4442)
9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
Et l’un des sept anges qui avaient eu les sept coupes pleines des sept dernières plaies, vint et me parla, disant: Viens ici, je te montrerai l’épouse, la femme de l’Agneau.
10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
Et il m’emporta en esprit sur une grande et haute montagne, et il me montra la sainte cité, Jérusalem, descendant du ciel d’auprès de Dieu,
11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
ayant la gloire de Dieu. Son luminaire était semblable à une pierre très précieuse, comme à une pierre de jaspe cristallin.
12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
Elle avait une grande et haute muraille; elle avait douze portes, et aux portes douze anges, et des noms écrits sur [elles], qui sont ceux des douze tribus des fils d’Israël:
13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए ।
à l’orient, trois portes; et au nord, trois portes; et au midi, trois portes; et à l’occident, trois portes.
14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए ।
Et la muraille de la cité avait douze fondements, et sur eux les douze noms des douze apôtres de l’Agneau.
15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।
Et celui qui me parlait avait pour mesure un roseau d’or, pour mesurer la cité et ses portes et sa muraille.
16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
Et la cité est bâtie en carré, et sa longueur est aussi grande que sa largeur. Et il mesura la cité avec le roseau, jusqu’à 12 000 stades: sa longueur et sa largeur, et sa hauteur étaient égales.
17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) ।
Et il mesura sa muraille, 144 coudées, mesure d’homme, c’est-à-dire d’ange.
18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो ।
Et sa muraille était bâtie de jaspe; et la cité était d’or pur, semblable à du verre pur.
19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो ।
Les fondements de la muraille de la cité étaient ornés de toute pierre précieuse: le premier fondement était de jaspe, le second de saphir, le troisième de calcédoine, le quatrième d’émeraude,
20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो ।
le cinquième de sardonix, le sixième de sardius, le septième de chrysolithe, le huitième de béryl, le neuvième de topaze, le dixième de chrysoprase, le onzième d’hyacinthe, le douzième d’améthyste.
21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे ।
Et les douze portes étaient douze perles; chacune des portes était d’une seule perle; et la rue de la cité était d’or pur, comme du verre transparent.
22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
Et je ne vis pas de temple en elle; car le Seigneur, Dieu, le Tout-puissant, et l’Agneau, en sont le temple.
23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
Et la cité n’a pas besoin du soleil ni de la lune, pour l’éclairer; car la gloire de Dieu l’a illuminée, et l’Agneau est sa lampe.
24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् ।
Et les nations marcheront par sa lumière; et les rois de la terre lui apporteront leur gloire.
25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन ।
Et ses portes ne seront point fermées de jour: car il n’y aura pas de nuit là.
26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् ।
Et on lui apportera la gloire et l’honneur des nations.
27 र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन् ।
Et il n’y entrera aucune chose souillée, ni ce qui fait une abomination et un mensonge: mais seulement ceux qui sont écrits dans le livre de vie de l’Agneau.

< प्रकाश 21 >