< भजनसंग्रह 38 >

1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
Dávid zsoltára emlékeztetőül. Uram, haragodban ne fenyíts meg engem; felgerjedésedben ne ostorozz meg engem!
2 किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
Mert nyilaid belém akadtak, és kezed rám nehezült.
3 तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
Nincs épség testemben a te haragodtól; nincs békesség csontjaimban vétkeim miatt.
4 किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् ।
Mert bűneim elborítják fejemet; súlyos teherként, erőm felett.
5 मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
Megsenyvedtek, megbűzhödtek sebeim oktalanságom miatt.
6 म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु ।
Lehorgadtam, meggörbedtem nagyon; naponta szomorúan járok.
7 किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
Mert derekam megtelt gyulladással, és testemben semmi ép sincsen.
8 म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।
Erőtlen és összetört vagyok nagyon, s szívem keserűsége miatt jajgatok.
9 हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
Uram, előtted van minden kívánságom, és nincs előled elrejtve az én nyögésem!
10 मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
Szívem dobogva ver, elhágy erőm, s szemem világa – az sincs már velem.
11 मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
Szeretteim és barátaim félreállanak csapásomban; rokonaim pedig messze állanak.
12 मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
De tőrt vetnek, a kik életemre törnek, és a kik bajomra törnek; hitványságokat beszélnek, és csalárdságot koholnak mindennap.
13 तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन ।
De én, mint a siket, nem hallok, és olyan vagyok, mint a néma, a ki nem nyitja föl száját.
14 म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।
És olyanná lettem, mint az, a ki nem hall, és szájában nincsen ellenmondás.
15 हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ ।
Mert téged vártalak Uram, te hallgass meg Uram, Istenem!
16 म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
Mert azt gondolom: csak ne örülnének rajtam; mikor lábam ingott, hatalmaskodtak ellenem!
17 किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।
És bizony közel vagyok az eleséshez, és bánatom mindig előttem van.
18 म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
Sőt bevallom bűneimet, bánkódom vétkem miatt.
19 तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
De ellenségeim élnek, erősödnek; megsokasodtak hazug gyűlölőim,
20 तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
És a kik jóért roszszal fizetnek; ellenem törnek, a miért én jóra törekszem.
21 हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।
Ne hagyj el Uram Istenem, ne távolodjál el tőlem!
22 हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।
Siess segítségemre, oh Uram, én szabadítóm!

< भजनसंग्रह 38 >