< हितोपदेश 27 >

1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
Boast not thyself of to-morrow; for thou knowest not what a day may bring forth.
2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।
Let another man praise thee, and not thine own mouth; a stranger, and not thine own lips.
3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
A stone is heavy, and the sand weighty; but a fool's vexation is heavier than they both.
4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
Wrath is cruel, and anger is overwhelming; but who is able to stand before jealousy?
5 गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो ।
Better is open rebuke than love that is hidden.
6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
Faithful are the wounds of a friend; but the kisses of an enemy are importunate.
7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
The full soul loatheth a honeycomb; but to the hungry soul every bitter thing is sweet.
8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
As a bird that wandereth from her nest, so is a man that wandereth from his place.
9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।
Ointment and perfume rejoice the heart; so doth the sweetness of a man's friend by hearty counsel.
10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।
Thine own friend, and thy father's friend, forsake not; neither go into thy brother's house in the day of thy calamity; better is a neighbour that is near than a brother far off.
11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
My son, be wise, and make my heart glad, that I may answer him that taunteth me.
12 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
A prudent man seeth the evil, and hideth himself; but the thoughtless pass on, and are punished.
13 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
Take his garment that is surety for a stranger; and hold him in pledge that is surety for an alien woman.
14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।
He that blesseth his friend with a loud voice, rising early in the morning, it shall be counted a curse to him.
15 झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
A continual dropping in a very rainy day and a contentious woman are alike;
16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।
He that would hide her hideth the wind, and the ointment of his right hand betrayeth itself.
17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
Iron sharpeneth iron; so a man sharpeneth the countenance of his friend.
18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
Whoso keepeth the fig-tree shall eat the fruit thereof; and he that waiteth on his master shall be honoured.
19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
As in water face answereth to face, so the heart of man to man.
20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् । (Sheol h7585)
The nether-world and Destruction are never satiated; so the eyes of man are never satiated. (Sheol h7585)
21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
The refining pot is for silver, and the furnace for gold, and a man is tried by his praise.
22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
Though thou shouldest bray a fool in a mortar with a pestle among groats, yet will not his foolishness depart from him.
23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
Be thou diligent to know the state of thy flocks, and look well to thy herds;
24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?
For riches are not for ever; and doth the crown endure unto all generations?
25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
When the hay is mown, and the tender grass showeth itself, and the herbs of the mountains are gathered in;
26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
The lambs will be for thy clothing, and the goats the price for a field.
27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।
And there will be goats' milk enough for thy food, for the food of thy household; and maintenance for thy maidens.

< हितोपदेश 27 >