< हितोपदेश 25 >

1 यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
以下也是所羅門的箴言,是猶大王希西家的人所謄錄的。
2 कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
將事隱祕乃上帝的榮耀; 將事察清乃君王的榮耀。
3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
天之高,地之厚, 君王之心也測不透。
4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
除去銀子的渣滓就有銀子出來, 銀匠能以做器皿。
5 त्यसै गरी, राजाको उपस्थितिबाट दुष्‍ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
除去王面前的惡人, 國位就靠公義堅立。
6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
不要在王面前妄自尊大; 不要在大人的位上站立。
7 उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।
寧可有人說:請你上來, 強如在你覲見的王子面前叫你退下。
8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
不要冒失出去與人爭競, 免得至終被他羞辱, 你就不知道怎樣行了。
9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् ।
你與鄰舍爭訟, 要與他一人辯論, 不可洩漏人的密事,
10 नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
恐怕聽見的人罵你, 你的臭名就難以脫離。
11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
一句話說得合宜, 就如金蘋果在銀網子裏。
12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
智慧人的勸戒,在順從的人耳中, 好像金耳環和精金的妝飾。
13 कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
忠信的使者叫差他的人心裏舒暢, 就如在收割時有冰雪的涼氣。
14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
空誇贈送禮物的, 好像無雨的風雲。
15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्‍डीलाई गलाउन सक्छ ।
恆常忍耐可以勸動君王; 柔和的舌頭能折斷骨頭。
16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
你得了蜜嗎?只可吃夠而已, 恐怕你過飽就嘔吐出來。
17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्‍क भएर तँलाई घृणा गर्छ ।
你的腳要少進鄰舍的家, 恐怕他厭煩你,恨惡你。
18 आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
作假見證陷害鄰舍的, 就是大槌,是利刀,是快箭。
19 तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
患難時倚靠不忠誠的人, 好像破壞的牙,錯骨縫的腳。
20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
對傷心的人唱歌, 就如冷天脫衣服, 又如鹼上倒醋。
21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
你的仇敵若餓了,就給他飯吃; 若渴了,就給他水喝;
22 किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
因為,你這樣行就是把炭火堆在他的頭上; 耶和華也必賞賜你。
23 जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
北風生雨, 讒謗人的舌頭也生怒容。
24 झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।
寧可住在房頂的角上, 不在寬闊的房屋與爭吵的婦人同住。
25 तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
有好消息從遠方來, 就如拿涼水給口渴的人喝。
26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
義人在惡人面前退縮, 好像詵渾之泉,弄濁之井。
27 अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
吃蜜過多是不好的; 考究自己的榮耀也是可厭的。
28 आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।
人不制伏自己的心, 好像毀壞的城邑沒有牆垣。

< हितोपदेश 25 >