< लेवीहरू 11 >

1 परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो,
The LORD spoke to Moses and to Aaron, saying to them,
2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् ।
"Speak to the children of Israel, saying, 'These are the living things which you may eat among all the animals that are on the earth.
3 चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ ।
Whatever parts the hoof, and is cloven-footed, and chews the cud among the animals, that you may eat.
4 तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
"'Nevertheless these you shall not eat of those that chew the cud, or of those who part the hoof: the camel, because he chews the cud but doesn't have a parted hoof, he is unclean to you.
5 अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
The coney, because he chews the cud but doesn't have a parted hoof, he is unclean to you.
6 अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन ।
The hare, because she chews the cud but doesn't part the hoof, she is unclean to you.
7 अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।
The pig, because he has a split hoof, and is cloven-footed, but doesn't chew the cud, he is unclean to you.
8 तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।
Of their flesh you shall not eat, and their carcasses you shall not touch; they are unclean to you.
9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।
"'These you may eat of all that are in the waters: whatever has fins and scales in the waters, in the seas, and in the rivers, that you may eat.
10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
All that do not have fins and scales in the seas, and in the rivers, of all that move in the waters, and of all the living creatures that are in the waters, they are an abomination to you,
11 ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।
and you detest them. You shall not eat of their flesh, and you shall detest their carcasses.
12 पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् ।
Whatever has no fins nor scales in the waters, that is an abomination to you.
13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,
"'These you shall detest among the birds; they shall not be eaten, they are an abomination: the eagle, and the vulture, and the black vulture,
14 चील, सबै प्रकारका बेसारो,
and the red kite, any kind of black kite,
15 सबै प्रकारका काग,
any kind of raven,
16 सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज ।
the horned owl, the screech owl, and the gull, any kind of hawk,
17 तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,
the little owl, the cormorant, the great owl,
18 राजहंस र धनेस, माछा खाने चील,
the white owl, the desert owl, the osprey,
19 सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो ।
the stork, any kind of heron, the hoopoe, and the bat.
20 चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।
"'All flying insects that walk on all fours are an abomination to you.
21 तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ ।
Yet you may eat these: of all winged crawling creatures that go on all fours, which have legs above their feet, with which to hop on the earth.
22 तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ ।
Even of these you may eat: any kind of locust, any kind of katydid, any kind of cricket, and any kind of grasshopper.
23 तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।
But all winged crawling creatures which have four feet, are an abomination to you.
24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।
"'By these you will become unclean: whoever touches the carcass of them shall be unclean until the evening.
25 जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।
Whoever carries any part of their carcass shall wash his clothes, and be unclean until the evening.
26 हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।
"'Every animal which parts the hoof, and is not cloven-footed, nor chews the cud, is unclean to you. Everyone who touches them shall be unclean.
27 चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।
Whatever goes on its paws, among all animals that go on all fours, they are unclean to you. Whoever touches their carcass shall be unclean until the evening.
28 त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
He who carries their carcass shall wash his clothes, and be unclean until the evening. They are unclean to you.
29 जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,
"'These are they which are unclean to you among the creatures that crawl on the earth: the weasel, the rat, any kind of great lizard,
30 गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो ।
the gecko, and the monitor lizard, the wall lizard, the skink, and the chameleon.
31 घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।
These are they which are unclean to you among all that crawl. Whoever touches them when they are dead, shall be unclean until the evening.
32 तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
On whatever any of them falls when they are dead, it shall be unclean; whether it is any vessel of wood, or clothing, or skin, or sack, whatever vessel it is, with which any work is done, it must be put into water, and it shall be unclean until the evening; then it will be clean.
33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।
Every earthen vessel, into which any of them falls, all that is in it shall be unclean, and you shall break it.
34 कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।
All food which may be eaten, that on which water comes, shall be unclean; and all drink that may be drunk in every such vessel shall be unclean.
35 जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।
Everything whereupon part of their carcass falls shall be unclean; whether oven, or range for pots, it shall be broken in pieces: they are unclean, and shall be unclean to you.
36 जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।
Nevertheless a spring or a cistern in which water is a gathered shall be clean: but that which touches their carcass shall be unclean.
37 यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।
If part of their carcass falls on any sowing seed which is to be sown, it is clean.
38 तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।
But if water is put on the seed, and part of their carcass falls on it, it is unclean to you.
39 तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।
"'If any animal, of which you may eat, dies; he who touches its carcass shall be unclean until the evening.
40 त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।
He who eats of its carcass shall wash his clothes, and be unclean until the evening. He also who carries its carcass shall wash his clothes, and be unclean until the evening.
41 जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।
"'Every swarming thing that swarms on the earth is an abomination. It shall not be eaten.
42 आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।
Whatever goes on its belly, and whatever goes on all fours, or whatever has many feet, even all creatures that crawl on the earth, them you shall not eat; for they are an abomination.
43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।
You shall not make yourselves abominable with any crawling creature that crawls, neither shall you make yourselves unclean with them, that you should be defiled thereby.
44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।
For I am the LORD your God. Sanctify yourselves therefore, and be holy; for I am holy: neither shall you defile yourselves with any kind of crawling creature that moves on the earth.
45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
For I am the LORD who brought you up out of the land of Egypt, to be your God. You shall therefore be holy, for I am holy.
46 सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,
"'This is the law of the animal, and of the bird, and of every living creature that moves in the waters, and of every creature that crawls on the earth,
47 जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”
to make a distinction between the unclean and the clean, and between the living thing that may be eaten and the living thing that may not be eaten.'"

< लेवीहरू 11 >