< न्यायकर्ताहरू 21 >

1 इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
Nadto przysięgli mężowie Izraelscy w Masfa, mówiąc: Żaden z nas nie da córki swej Benjaminczykom za żonę.
2 त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।
A tak poszedł lud do domu Bożego, i trwali tam aż do wieczora przed Bogiem, a podniósłszy głos swój, płakali płaczem wielkim.
3 तिनीहरूले यसो भनी पुकारा गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, इस्राएलमा हामीमध्येको एउटा कुलचाहिं आजको दिनामा किन विलिन भयो?”
I rzekli: O Panie, Boże Izraelski, czemuż się to stało w Izraelu, że ubyło dzisiaj z Izraela jedno pokolenie?
4 भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।
Tedy nazajutrz wstawszy rano lud zbudowali tam ołtarz, a sprawowali całopalone i spokojne ofiary.
5 इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”
Zatem rzekli synowie Izraelscy: Któż jest, co nie przyszedł do zgromadzenia ze wszystkich pokoleń Izraelskich do Pana? (Bo się byli wielką przysięgą zawiązali przeciw temu, któryby nie przyszedł do Pana do Masfa, mówiąc: Śmiercią umrze.
6 इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।
I żałowali synowie Izraelscy Benjamina, brata swego, a mówili: Wygładzone jest dziś pokolenie jedno z Izraela.
7 बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”
Cóż uczynimy tym, co pozostali, aby mieli żony, gdyżeśmy przysięgli przez Pana, że im nie mamy dać córek naszych za żony?)
8 तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो ।
Rzekli tedy: Jestże kto z pokoleń Izraelskich, coby nie przyszedł do Pana do Masfa? a oto, nie przyszedł był nikt do obozu z Jabes Galaad do zgromadzenia.
9 किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् ।
Bo gdy liczono lud, tedy nikogo tam nie było z obywateli Jabes Galaad.
10 त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।
I posłało tam zgromadzenie dwanaście tysięcy mężów walecznych, rozkazując im i mówiąc: Idźcie, a pobijcie obywatele Jabes Galaad ostrzem miecza, i niewiasty i dzieci.
11 “यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।”
A tak sobie postąpicie: Każdego mężczyznę, i każdą niewiastę, która męża uznała, zabijecie.
12 याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।
Naleźli tedy z obywateli Jabes Galaad cztery sta dzieweczek, panien, które nie uznały męża obcując z nim, i przywiedli je do obozu do Sylo, które było w ziemi Chananejskiej.
13 सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।
Potem posłało wszystko zgromadzenie, a mówiło do synów Benjaminowych, którzy byli na skale Remmon, i przyzwali ich w pokoju.
14 ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् ।
Przetoż wrócił się Benjamin onego czasu, i dali im żony, które byli żywo zachowali z niewiast Jabes Galaad, ale im się ich jeszcze nie dostawało.
15 बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो ।
A lud żałował Benjamina, iż uczynił Pan przerwę w pokoleniach Izraelskich.
16 त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”
Tedy rzekli starsi zgromadzenia tego: A z tymi drugimi cóż uczynimy, aby mieli żony, gdyż niewiasty wygładzone są z Benjamina?
17 तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।
Nadto rzekli: Dziedzictwo Benjamina pozostałym należy, aby nie zaginęło pokolenie z Izraela.
18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”
A my nie możemy im dać żon z córek naszych, (gdyż byli przysięgli synowie Izraelscy, mówiąc: Przeklęty, kto da żonę Benjaminczykowi.)
19 यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।”
Potem rzekli: Oto święto Pańskie uroczyste bywa na każdy rok w Sylo, które jest ku północy od Betel, a na wschód słońca ku drodze, która idzie od Betel ku Sychem, a pod południa leży ku Lebnie.
20 तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख ।
A tak rozkazali synom Benjaminowym, mówiąc: Idźcie, a zasadźcie się w winnicach,
21 शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।
A patrzajcie, gdy córki Sylo wynijdą gromadą do tańca; tam wyszedłszy z winnic, porwij każdy z was sobie żonę z córek Sylo, a potem idźcie do ziemi Benjamin.
22 जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
A gdy przyjdą ojcowie ich, albo bracia ich skarżyć się przed nami, tedy im rzeczemy: Zmiłujcie się nad nimi dla nas; bośmy nie wzięli dla każdego z nich żony na wojnie, a wyście im ich też nie dali; przetoż nie jesteście winni.
23 बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।
Tedy uczynili tak synowie Benjamin, i nabrali żon według liczby swojej z onych co tańcowały, które porwawszy odeszli, i wrócili się do dziedzictwa swego, a pobudowawszy miasta mieszkali w nich.
24 तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए ।
A tak rozeszli się stamtąd synowie Izraelscy onego czasu, każdy do pokolenia swego i do domu swego, a szedł stamtąd każdy do dziedzictwa swego.
25 ती दिनहरूमा इस्राएलमा कोही पनि राजा थिएन । हरेक व्‍यक्‍तिले आ-आफ्नो दृष्‍टिमा जे ठिक लाग्‍यो त्यही गर्थ्यो ।
W one dni nie było króla w Izraelu; każdy, co mu się dobrego zdało to czynił.

< न्यायकर्ताहरू 21 >