< न्यायकर्ताहरू 1 >

1 यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
ヨシユアの死にたるのちイスラエルの子孫ヱホバに問ひていひけるはわれらの中孰か先に攻め登りてカナン人と戰ふべきや
2 परमप्रभुले भन्‍नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।”
ヱホバいひたまひけるはユダ上るべし視よ我此國を其の手に付すと
3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौं । त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।
ユダその兄弟シメオンに言けるは我と共にわが領地にのぼりてカナン人と戰へわれもまた偕に汝の領地に往べしとここにおいてシメオンかれとともにゆけり
4 यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
ユダすなはち上りゆきけるにヱホバその手にカナン人とペリジ人とを付したまひたればベゼクにて彼ら一萬人を殺し
5 तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे ।
またベゼクにおいてアドニベゼクにゆき逢ひこれと戰ひてカナン人とペリジ人を殺せり
6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
しかるにアドニベゼク逃れ去りしかばそのあとを追ひてこれを執へその手足の巨擘を斫りはなちたれば
7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
アドニベゼクいひけるは七十人の王たちかつてその手足の巨擘を斫られて我が食几のしたに屑を拾へり神わが曾て行ひしところをもてわれに報いたまへるなりと衆之を曳てエルサレムに至りしが其處にしねり
8 यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
ユダの子孫エルサレムを攻めてこれを取り刃をもてこれを撃ち邑に火をかけたり
9 त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
かくてのちユダの子孫山と南方の方および平地に住めるカナン人と戰はんとて下りしが
10 यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
ユダまづヘブロンに住るカナン人を攻めてセシヤイ、アヒマンおよびタルマイを殺せり〔ヘブロンの舊の名はキリアテアルバなり〕
11 त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
またそこより進みてデビルに住るものを攻む〔デビルの舊の名はキリアテセペルなり〕
12 कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
時にカレブいひけるはキリアテセペルをうちてこれを取るものにはわが女アクサをあたへて妻となさんと
13 कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए ।
カレブの舍弟ケナズの子オテニエルこれを取ければすなはちその女アクサをこれが妻にあたふ
14 चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु?”
アクサ往くときおのれの父に田圃を求めんことを夫にすすめたりしがつひにアクサ驢馬より下りければカレブこれは何事ぞやといふに
15 तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।
答へけるはわれに惠賜をあたへよなんぢ南の地をわれにあたへたればねがはくは源泉をもわれにあたへよとここにおいてカレブ上の源泉と下の源泉とをこれにあたふ
16 मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ ।
モーセの外舅ケニの子孫ユダの子孫と偕に棕櫚の邑よりアラドの南なるユダの野にのぼり來りて民のうちに住居せり
17 यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो ।
茲にユダその兄弟シメオンとともに往きてゼバテに住るカナン人を撃ちて盡くこれを滅ぼせり是をもてその邑の名をホルマと呼ぶ
18 यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।
ユダまたガザと其の境アシケロンとその境およびエクロンとその境を取り
19 परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए ।
ヱホバ、ユダとともに在したればかれつひに山地を手に入れたりしが谷に住る民は鐵の戰車をもちたるが故にこれを遂出すこと能はざりき
20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
衆モーセのかつていひし如くヘブロンをカレブに與ふカレブそのところよりアナクの三人の子をおひ出せり
21 तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
ベニヤミンの子孫はエルサレムに住るエブス人を追出さざりしりかばエブス人は今日に至るまでベニヤミンの子孫とともにエルサレムに住ふ
22 योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
茲にヨセフの族またベテルをさして攻め上るヱホバこれと偕に在しき
23 तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) ।
ヨセフの族すなはちベテルを窺察しむ〔此邑の舊の名はルズなり〕
24 ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”
その間者邑より人の出來るを見てこれにいひけるは請ふわれらに邑の入口を示せさらば汝に恩慈を施さんと
25 उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
彼邑の入口を示したればすなはち刃をもて邑を撃てり然ど彼の人と其家族をばみな縱ち遣りぬ
26 तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्‍यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्‍यसको नाउँ हो ।
その人ヘテ人の地にゆき邑を建てルズと名けたり今日にいたるまでこれを其名となす
27 मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए ।
マナセはベテシヤンとその村里の民タアナクとその村里の民ドルとその村里の民イプレアムとその村里の民メギドンとその村里の民を逐ひ出さざりきカナン人はなほその地に住ひ居る
28 जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।
イスラエルはその強なりしときカナン人をして貢を納れしめたりしが之を全く追ひいだすことは爲さざりき
29 एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।
エフライムはゲゼルに住るカナン人を遂ひいださざりきカナン人はゲゼルにおいてかれらのうちに住み居たり
30 जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।
ゼブルンはまたキテロンの民およびナハラルの民を遂ひいださざりきカナン人かれらのうちに住て貢ををさむるものとなりぬ
31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् ।
アセルはアツコの民およびシドン、アヘラブ、アクジブ、ヘルバ、アピク、レホブの民を遂ひ出さざりき
32 यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।
アセル人は其地の民なるカナン人のうちに住み居たりそはこれを遂ひ出さざりしゆゑなり
33 नप्‍तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्‍तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।
ナフタリはベテシメシの民およびベテアナテの民を遂ひ出さずその地の民なるカナン人のうちに住み居たりベテシメシとベテアナテの民はつひにかれらに貢を納むるものとなりぬ
34 एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।
アモリ人ダンの子孫を山におひこみ谷に下ることを得させざりき
35 यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।
アモリ人はなほヘレス山アヤロン、シヤラビムに住ひ居りしがヨセフの家の手力勝りたれば終に貢を納むるものとなりぬ
36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो ।
アモリ人の界はアクラビムの阪よりセラを經て上に至れり

< न्यायकर्ताहरू 1 >