< यहोशू 24 >

1 त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
ויאסף יהושע את כל שבטי ישראל שכמה ויקרא לזקני ישראל ולראשיו ולשפטיו ולשטריו ויתיצבו לפני האלהים
2 यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे ।
ויאמר יהושע אל כל העם כה אמר יהוה אלהי ישראל בעבר הנהר ישבו אבותיכם מעולם תרח אבי אברהם ואבי נחור ויעבדו אלהים אחרים
3 तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
ואקח את אביכם את אברהם מעבר הנהר ואולך אתו בכל ארץ כנען וארב (וארבה) את זרעו ואתן לו את יצחק
4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
ואתן ליצחק את יעקב ואת עשו ואתן לעשו את הר שעיר לרשת אותו ויעקב ובניו ירדו מצרים
5 मैले मोशा र हारूनलाई पठाएँ, र मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ । त्यसपछि मैले तिमीहरूलाई ल्याएँ ।
ואשלח את משה ואת אהרן ואגף את מצרים כאשר עשיתי בקרבו ואחר הוצאתי אתכם
6 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।
ואוציא את אבותיכם ממצרים ותבאו הימה וירדפו מצרים אחרי אבותיכם ברכב ובפרשים--ים סוף
7 जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।
ויצעקו אל יהוה וישם מאפל ביניכם ובין המצרים ויבא עליו את הים ויכסהו ותראינה עיניכם את אשר עשיתי במצרים ותשבו במדבר ימים רבים
8 मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ ।
ואבאה (ואבא) אתכם אל ארץ האמרי היושב בעבר הירדן וילחמו אתכם ואתן אותם בידכם ותירשו את ארצם ואשמידם מפניכם
9 त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।
ויקם בלק בן צפור מלך מואב וילחם בישראל וישלח ויקרא לבלעם בן בעור--לקלל אתכם
10 तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।
ולא אביתי לשמע לבלעם ויברך ברוך אתכם ואצל אתכם מידו
11 तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।
ותעברו את הירדן ותבאו אל יריחו וילחמו בכם בעלי יריחו האמרי והפרזי והכנעני והחתי והגרגשי החוי והיבוסי ואתן אותם בידכם
12 मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।
ואשלח לפניכם את הצרעה ותגרש אותם מפניכם שני מלכי האמרי לא בחרבך ולא בקשתך
13 मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'
ואתן לכם ארץ אשר לא יגעת בה וערים אשר לא בניתם ותשבו בהם כרמים וזיתים אשר לא נטעתם אתם אכלים
14 परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
ועתה יראו את יהוה ועבדו אתו--בתמים ובאמת והסירו את אלהים אשר עבדו אבותיכם בעבר הנהר ובמצרים ועבדו את יהוה
15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
ואם רע בעיניכם לעבד את יהוה בחרו לכם היום את מי תעבדון--אם את אלהים אשר עבדו אבותיכם אשר בעבר (מעבר) הנהר ואם את אלהי האמרי אשר אתם ישבים בארצם ואנכי וביתי נעבד את יהוה
16 मानिसहरूले जवाफ दिए र भने, “अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ,
ויען העם ויאמר חלילה לנו מעזב את יהוה--לעבד אלהים אחרים
17 किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।
כי יהוה אלהינו הוא המעלה אתנו ואת אבותינו מארץ מצרים מבית עבדים ואשר עשה לעינינו את האתות הגדלות האלה וישמרנו בכל הדרך אשר הלכנו בה ובכל העמים אשר עברנו בקרבם
18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।
ויגרש יהוה את כל העמים ואת האמרי ישב הארץ--מפנינו גם אנחנו נעבד את יהוה כי הוא אלהינו
19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन ।
ויאמר יהושע אל העם לא תוכלו לעבד את יהוה--כי אלהים קדשים הוא אל קנוא הוא לא ישא לפשעכם ולחטאותיכם
20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।”
כי תעזבו את יהוה ועבדתם אלהי נכר ושב והרע לכם וכלה אתכם אחרי אשר היטיב לכם
21 तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ ।
ויאמר העם אל יהושע לא כי את יהוה נעבד
22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।”
ויאמר יהושע אל העם עדים אתם בכם כי אתם בחרתם לכם את יהוה לעבד אותו ויאמרו עדים
23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”
ועתה הסירו את אלהי הנכר אשר בקרבכם והטו את לבבכם אל יהוה אלהי ישראל
24 मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्‍ने छौँ ।
ויאמרו העם אל יהושע את יהוה אלהינו נעבד ובקולו נשמע
25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए ।
ויכרת יהושע ברית לעם ביום ההוא וישם לו חק ומשפט בשכם
26 यहोशूले यी वचनहरूलाई परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे । तिनले ठुलो ढुङ्गा लिए र यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे ।
ויכתב יהושע את הדברים האלה בספר תורת אלהים ויקח אבן גדולה ויקימה שם תחת האלה אשר במקדש יהוה
27 यहोशूले सबै मानिसलाई भने, “हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ ।
ויאמר יהושע אל כל העם הנה האבן הזאת תהיה בנו לעדה--כי היא שמעה את כל אמרי יהוה אשר דבר עמנו והיתה בכם לעדה פן תכחשון באלהיכם
28 यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए ।
וישלח יהושע את העם איש לנחלתו
29 यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे ।
ויהי אחרי הדברים האלה וימת יהושע בן נון עבד יהוה--בן מאה ועשר שנים
30 तिनीहरूले तिनलाई आफ्‍नै अंशको सिमानाभित्र अर्थात् तिम्‍नथ-सेरामा नै गाडे, जुनचाहिँ एफ्राइमको पहाडी देश, गास पर्वत हो ।
ויקברו אתו בגבול נחלתו בתמנת סרח אשר בהר אפרים מצפון להר געש
31 इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए ।
ויעבד ישראל את יהוה כל ימי יהושע וכל ימי הזקנים אשר האריכו ימים אחרי יהושע ואשר ידעו את כל מעשה יהוה אשר עשה לישראל
32 इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्‍डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो ।
ואת עצמות יוסף אשר העלו בני ישראל ממצרים קברו בשכם בחלקת השדה אשר קנה יעקב מאת בני חמור אבי שכם במאה קשיטה ויהיו לבני יוסף לנחלה
33 हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।
ואלעזר בן אהרן מת ויקברו אתו בגבעת פינחס בנו אשר נתן לו בהר אפרים

< यहोशू 24 >