< अय्यूब 12 >

1 तब अय्यूबले जवाफ दिए र भने,
約伯回答說:
2 “निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ । बुद्धि तपाईंहरूसितै मर्नेछ ।
你們真是子民哪, 你們死亡,智慧也就滅沒了。
3 तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?
但我也有聰明,與你們一樣, 並非不及你們。 你們所說的,誰不知道呢?
4 म आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्‍ने कुरा भएको छु ।
我這求告上帝、蒙他應允的人 竟成了朋友所譏笑的; 公義完全人竟受了人的譏笑。
5 चैनमा बस्‍नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्‍लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।
安逸的人心裏藐視災禍; 這災禍常常等待滑腳的人。
6 डाँकुहरूका पालको उन्‍नति हुन्छ, र परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् । तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन् ।
強盜的帳棚興旺, 惹上帝的人穩固, 上帝多將財物送到他們手中。
7 तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । आकाशका चराहरूलाई सोध्‍नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन् ।
你且問走獸,走獸必指教你; 又問空中的飛鳥,飛鳥必告訴你;
8 वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् ।
或與地說話,地必指教你; 海中的魚也必向你說明。
9 परमप्रभुको हातले नै यसो गरेको हो भनेर, यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन र?
看這一切, 誰不知道是耶和華的手做成的呢?
10 उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।
凡活物的生命和人類的氣息都在他手中。
11 जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र?
耳朵豈不試驗言語, 正如上膛嘗食物嗎?
12 पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।
年老的有智慧; 壽高的有知識。
13 परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।
在上帝有智慧和能力; 他有謀略和知識。
14 हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन ।
他拆毀的,就不能再建造; 他捆住人,便不得開釋。
15 हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।
他把水留住,水便枯乾; 他再發出水來,水就翻地。
16 उहाँसित ताकत र बुद्धि छन् । धोका दिने र धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन् ।
在他有能力和智慧, 被誘惑的與誘惑人的都是屬他。
17 उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।
他把謀士剝衣擄去, 又使審判官變成愚人。
18 उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ ।
他放鬆君王的綁, 又用帶子捆他們的腰。
19 उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।
他把祭司剝衣擄去, 又使有能的人傾敗。
20 उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ ।
他廢去忠信人的講論, 又奪去老人的聰明。
21 उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ ।
他使君王蒙羞被辱, 放鬆有力之人的腰帶。
22 उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।
他將深奧的事從黑暗中彰顯, 使死蔭顯為光明。
23 उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ ।
他使邦國興旺而又毀滅; 他使邦國開廣而又擄去。
24 उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ । उहाँले तिनीहरूलाई उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन ।
他將地上民中首領的聰明奪去, 使他們在荒廢無路之地漂流;
25 उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
他們無光,在黑暗中摸索, 又使他們東倒西歪,像醉酒的人一樣。

< अय्यूब 12 >