< यर्मिया 8 >

1 “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।
ヱホバいひたまふその時人ユダの王等の骨とその牧伯等の骨と祭司の骨と預言者の骨とヱルサレムの民の骨をその墓よりほりいだし
2 त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
彼等の愛し奉へ從ひ求め且祭れるところの日と月と天の衆群の前にこれを曝すべし其骨はあつむる者なく葬る者なくして糞土のごとくに地の面にあらん
3 हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
この惡き民の中ののこれる餘遺の者すべてわが逐やりしところに餘れる者皆生るよりも死ぬることを願んと萬軍のヱホバ云たまふ
4 त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'के कोही लडेर उठ्दैन र? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र?
汝また彼らにヱホバかくいふと語るべし人もし仆るれば起きかへるにあらずやもし離るれば歸り來るにあらずや
5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
何故にヱルサレムにをる此民は恒にわれを離れて歸らざるや彼らは詐僞をかたく執て歸ることを否めり
6 मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
われ耳を側てて聽に彼らは善ことを云ず一人もその惡を悔いてわがなせし事は何ぞやといふ者なし彼らはみな戰場に馳入る馬のごとくにその途に歸るなり
7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
天空の鶴はその定期を知り斑鳩と燕と鴈はそのきたる時を守るされど我民はヱホバの律法をしらざるなり
8 'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।
汝いかで我ら智慧ありわれらにはヱホバの律法ありといふことをえんや視よまことに書記の僞の筆之を僞とせり
9 बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?
智慧ある者は辱しめられまたあわてて執へらる視よ彼等ヱホバの言を棄たり彼ら何の智慧あらんや
10 त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
故にわれその妻を他人にあたへ其田圃を他人に嗣しめん彼らは小さき者より大なる者にいたるまで皆貪婪者また預言者より祭司にいたるまで皆詭詐をなす者なればなり
11 शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
彼ら我民の女の傷を淺く醫し平康からざる時に平康平康といへり
12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
彼ら憎むべき事をなして恥辱らる然れど毫も恥ずまた恥を知らずこの故に彼らは仆るる者と偕に仆れんわが彼らを罰するときかれら躓くべしとヱホバいひたまふ
13 म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।
ヱホバいひたまふ我彼らをことごとく滅さん葡萄の樹に葡萄なく無花果の樹に無花果なしその葉も槁れたり故にわれ殲滅者を彼らにつかはす.
14 हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
我ら何ぞ此にとどまるやあつまれよ我ら堅き城邑にゆきて其處に滅ん我儕ヱホバに罪を犯せしによりて我らの神ヱホバ我らを滅し毒なる水を飮せたまへばなり
15 हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।
われら平康を望めども善こと來らず慰めらるる時を望むにかへつて恐懼きたる
16 दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।
その馬の嘶はダンよりきこえこの地みなその強き馬の聲によりて震ふ彼らきたりて此地とその上にある者および邑とその中に住る者を食ふ
17 किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदैछु । तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्, यो परमप्रभुको घोषणा हो ।
視よわれ呪詛のきかざる蛇蝮を汝らのうちに遣はさん是汝らを嚙べしとヱホバいひたまふ
18 मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
嗚呼われ憂ふいかにして慰藉をえんや我衷の心惱む
19 हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?
みよ遠き國より我民の女の聲ありていふヱホバはシオンに在さざるか其王はその中に在ざるかと(ヱホバいひたまふ)彼らは何故にその偶像と異邦の虛き物をもて我を怒らせしやと
20 कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
收穫の時は過ぎ夏もはや畢りぬされど我らはいまだ救はれず
21 मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।
我民の女の傷によりて我も傷み且悲しむ恐懼我に迫れり
22 के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?
ギレアデに乳香あるにあらずや彼處に醫者あるにあらずやいかにして我民の女はいやされざるや

< यर्मिया 8 >