< यर्मिया 49 >

1 अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, “के इस्राएलका छोराछोरी छैनन् र? के इस्राएलमा कुनै उत्तराधिकारी छैन? किन मोलोखले गाद कब्जा गर्छ र त्यसका मानिसहरू यसका सहरहरूमा बस्छन् त?
Pret Amona bērniem Tas Kungs tā saka: vai tad Israēlim nav bērnu, vai viņam nav mantinieka? Kāpēc tad Malkoms ir Gada mantinieks, un viņa ļaudis dzīvo šajās pilsētās?
2 त्यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बिचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्केतको आवाज निकाल्नेछु, यसरी यो भग्‍नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्यसले अधिकार गर्नेछ,” परमप्रभु भन्‍नुहुन्छ ।
Tādēļ redzi, nāks dienas, saka Tas Kungs, ka Es pār Amona Rabu likšu dzirdēt kara brēkšanu, un tā taps par gruvešu kopu, un viņas apkārtēji ciemi taps ar uguni sadedzināti. Un Israēls iemantos savus mantotājus, saka Tas Kungs.
3 ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्‍च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।
Kauc, Hešbona, jo Aja ir postīta; kauciet, Rabas meitas, apjoziet maisus, vaidiet un skraidiet apkārt gar mūriem, jo Malkoms ies cietumā ar visiem saviem svētītājiem un lielkungiem.
4 ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
Ko tu lielies ar savām ielejām? Tavas ielejas ir pārplūdušas, tu atkāpēja meita, kas paļaujies uz savām mantām (un saki): kas celsies pret mani?
5 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्‍नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।
Redzi, saka Tas Kungs Dievs Cebaot, es pār tevi vedīšu bailes no visiem, kas ir ap tevi; jūs tapsiet izdzīti, ikkatrs taisni projām, un neviena nebūs, kas tos bēdzējus sapulcina.
6 तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
Bet pēclaikā Es vedīšu atpakaļ Amona bērnu cietumniekus, saka Tas Kungs.
7 एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएको छ?
Pret Edomu Tas Kungs Cebaot tā saka: vai tad gudrības vairs nav Temanā? Vai padoms iznīcis pie tiem prātīgiem?
8 ए ददानमा बासिन्दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्यसलाई दण्ड दिने बेलामा म त्यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।
Vai viņu gudrība izzudusi? Bēdziet, griežaties, slēpjaties, Dedana iedzīvotāji, jo Es vedu nelaimi pār Ēsavu viņa piemeklēšanas laikā.
9 दाख टिप्नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्‍दैनन् र? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र?
Ja vīna lasītāji tev būtu uznākuši, tad tie kādus ķekarus būtu atstājuši; kad zagļi būtu nākuši naktī, vai tie nebūtu samaitājuši pēc vajadzības?
10 तर मैले एसावलाई नाङ्गै पारेको छु । मैले त्यसका लुक्‍ने ठाउँहरू देखाएको छु, यसैले उसले आफैलाई लुकाउन सक्‍नेछैन । त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू नष्‍ट पारिएका छन्, र त्यो नष्‍ट भएको छ ।
Bet Es Ēsavu esmu atsedzis, Es viņa slepenās vietas esmu atklājis, ka tas nevarēs apslēpties; viņa dzimums ir postīts un viņa brāļi un viņa kaimiņi, un to vairs nav.
11 तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”
Atstāj savus bāriņus, tad Es tos uzturēšu dzīvus, un savas atraitnes, lai tās cerē uz Mani.
12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, कचौरा पिउनु नपर्नेले त निश्‍चय नै केही पिउनैपर्छ । के तँचाहिं दण्डविना उम्कन्छस् भनी सोच्छस्? तँ उम्कने छैनस्, किनकि तैंले निश्‍चय नै पिउनेछस् ।
Jo tā saka Tas Kungs: redzi, kam tiesa nebija biķeri dzert, tiem tiešām jādzer, vai tad tu paliksi bez sodības? Tu nepaliksi bez sodības, bet tu tiešām dzersi.
13 यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्‍नेछ । यसका सबै सहर सदाको लागि सर्वनाश पारिनेछन् ।
Jo Es esmu zvērējis pie Sevis paša, saka Tas Kungs, ka Bocrai būs tapt par posta vietu, par apsmieklu, par tuksnesi un par lāstu, un visas viņas pilsētas taps par mūžīgiem tuksnešiem.
14 मैले परमप्रभुबाट समाचार सुनेको छु, र जातिहरूकहाँ एक जना सन्देशवाहक पठाइएको छ, 'एकसाथ जम्मा होओ र त्यसलाई आक्रमण गर । युद्धको लागि तयार रहो ।'
Es esmu dzirdējis ziņu no Tā Kunga, un vēsts ir sūtīta tautām: sapulcinājaties un nāciet pret viņu un ceļaties karā.
15 “किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।
Jo redzi, Es tevi mazu daru tautu starpā, nicinātu pie cilvēkiem.
16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
Bailes no tevis tevi pievīlušas, un tava sirds lepnība, tāpēc ka tu dzīvo klints plaisumos un mīti uz augstiem kalniem. Jebšu tu savu ligzdu tik augsti taisītu kā ērglis, tomēr Es tevi no turienes nogrūdīšu, saka Tas Kungs.
17 एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।
Tā Edoms būs par tuksnesi, visi, kas viņam ies garām, iztrūcināsies un svilpos par visām viņa mokām;
18 जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।
Tā kā Sodoma un Gomora ir apgāztas līdz ar saviem kaimiņiem, saka Tas Kungs, tā tur neviens nedzīvos, un cilvēka bērns tur nemitīs.
19 हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”
Redzi, viņš ceļas kā lauva no Jardānes vareniem biezumiem pret stipriem dzīvokļiem; jo Es viņu no turienes piepeši aizdzīšu, un kas izredzēts, to Es pār to celšu. Jo kas ir tāds kā Es, un kas Mani sauks tiesā, un kas ir tas gans, kas Manā priekšā pastāvēs?
20 “त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्‍चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
Tāpēc klausiet Tā Kunga padomu, ko Viņš nospriedis par Edomu, un Viņa domas, ko Viņš nodomājis par Temana iedzīvotājiem. Tiešām, viņus aizvedīs kā ganāmā pulka jērus; tiešām, viņu ganības iztrūcināsies par viņiem.
21 तिनीहरूको पतनको सोरमा पृथ्वी हल्लिन्छ । निराशाको चित्‍कारको सोर लाल समुद्रमा सुनिनेछ ।
Zeme trīcēs no viņu krišanas trokšņa; kliegšana, viņas balss būs dzirdama pie niedru jūras.
22 हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्‍त्रीको हृदयजस्तै हुनेछन् ।”
Redzi, viņš celsies un skries kā ērglis un izplētīs savus spārnus pār Bocru. Un Edoma vareno sirds būs tai dienā kā sievas sirds bērnu sāpēs.
23 दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्‍लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।
Pret Damasku: Hamata un Arpada kaunas; tās izbijušās, tāpēc ka dzirdējušas bailīgu ziņu; jūrmalā ir bailes, ka nevar dusēt.
24 दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्‍नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्‍छ । प्रसव-वेदनामा भएकी स्‍त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।
Damaskus ir noguris, ir griezies uz bēgšanu, drebuļi to sagrābuši, bailība un sāpes to sagrābušas kā sievu, kas dzemdē.
25 त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन?
Kā? Vai tā nu nav atstāta, tā slavenā pilsēta, Mana prieka pilsēta?
26 त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”
Tāpēc viņas jaunekļi kritīs pa viņas ielām, un visi karavīri taps izdeldēti tai dienā, saka Tas Kungs Cebaot.
27 “किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”
Un es iededzināšu uguni Damaskus mūros, un tas norīs BenHadada skaistos namus. -
28 केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्‍नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्‍ट पार् ।
Pret Ķedaru un Hacora valstīm, ko Nebukadnecars, Bābeles ķēniņš, sakāva, Tas Kungs tā saka: ceļaties, ejat pret Ķedaru, un postait austruma bērnus.
29 तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्‍याउनेछन्, 'त्रास जताततै छ!”
Tie paņems viņu dzīvokļus un ganāmos pulkus, viņu teltis un visus viņu rīkus, un aizvedīs sev viņu kamieļus un izsauks pār tiem: briesmas visapkārt!
30 ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क ।
Bēdziet, skrieniet ātri, paslēpjaties, Hacora iedzīvotāji, saka Tas Kungs! Jo Nebukadnecars, Bābeles ķēniņš, pret jums nospriedis padomu un pret jums nodomājis domas.
31 उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्‍छ,” परमप्रभु भन्‍नुहुन्छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्यसका मानिसहरू त्‍यत्तिकै बस्छन् ।
Ceļaties, ejat pret tiem ļaudīm, kas mierīgi un droši dzīvo, saka Tas Kungs, kam nedz durvju, nedz aizšaujamo, - tie dzīvo par sevi.
32 किनकि तिनीहरूका ऊँटहरू लुटको माल बन्‍नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्‍नेछन् । तब शोकमा आफ्‍ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
Viņu kamieļi būs par laupījumu, un viņu lielie ganāmie pulki taps aizvesti. Un Es izkaisīšu visos vējos tos, kam apcirptas bārdas, un no visām pusēm Es pār viņiem atvedīšu samaitāšanu, saka Tas Kungs.
33 हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्‍नेछ । त्यहाँ कोही बस्‍नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”
Un Hacors būs par mājas vietu tuksneša zvēriem un postā(neauglīgu vietu) mūžam; tur neviens nedzīvos, cilvēka bērns tur nemitīs.
34 एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्‍य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने,
Šis ir Tā Kunga vārds, kas notika uz pravieti Jeremiju pret Elamu, Cedeķijas, Jūda ķēniņa, valdīšanas iesākumā, sacīdams:
35 “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।
Tā saka Tas Kungs Cebaot: redzi, Es salauzīšu Elama stopu, viņa stiprāko varu.
36 किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।
Un Es vedīšu pār Elamu tos četrus vējus no tām četrām debess malām, un Es tos izkaisīšu šinīs vējos, un tautas nebūs, kurp nenāks Elama aizdzītie.
37 यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्‍न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।
Un Es izbiedināšu Elamu viņa ienaidnieku priekšā un to priekšā, kas meklē viņa dvēseli, un vedīšu pār tiem ļaunumu, savas dusmības karstumu, saka Tas Kungs; un Es sūtīšu zobenu tiem pakaļ, tiekams tiem būšu galu darījis.
38 त्यसपछि एलाममा म आफ्‍नो सिंहासन स्थापित गर्नेछु, र त्‍यहाँबाट त्‍यसका राजाहरू र अगुवाहरूलाई नष्‍ट पार्नेछु— यो परमप्रभुको घोषणा हो—
Un Es celšu Savu goda krēslu Elamā un iznīcināšu no turienes ķēniņu un lielkungus, saka Tas Kungs.
39 र यस्‍तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”
Bet pēclaikā Es vedīšu atpakaļ Elama cietumniekus, saka Tas Kungs.

< यर्मिया 49 >