< यर्मिया 40 >

1 रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
La parole qui fut [adressée] par l'Eternel à Jérémie, quand Nébuzar-adan prévôt de l'hôtel l'eut renvoyé de Rama, après l'avoir pris lorsqu'il était lié de chaînes parmi tous ceux qu'on transportait de Jérusalem et de Juda, [et] qu'on menait captifs à Babylone.
2 अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।
Quand donc le prévôt de l'hôtel eut retiré Jérémie, il lui dit: l'Eternel ton Dieu a prononcé ce mal sur ce lieu-ci.
3 त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।
Et l'Eternel l'a fait venir, et a fait ainsi qu'il avait dit; parce que vous avez péché contre l'Eternel, et que vous n'avez point écouté sa voix, à cause de cela ceci vous est arrivé.
4 तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्‍यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्‍टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
Maintenant donc voici, aujourd'hui je t'ai délié des chaînes que tu avais aux mains, s'il te plaît de venir avec moi à Babylone, viens et je prendrai soin de toi; mais s'il ne te plaît pas de venir avec moi à Babylone, demeure; regarde, toute la terre [est] à ta disposition; va où il te semblera bon et convenable d'aller.
5 यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्‍तानले तिनलाई खाना र उपहार दिए, र त्‍यसपछि तिनलाई पठाए ।
Or [Guédalia] ne retournera plus [ici]; retourne-t'en donc vers Guédalia fils d'Ahikam, fils de Saphan, que le Roi de Babylone a commis sur les villes de Juda; et demeure avec lui parmi le peuple, ou va partout où il te plaira d'aller; et le prévôt de l'hôtel lui donna des vivres et quelques présents, et le renvoya.
6 त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
Jérémie donc alla vers Guédalia fils d'Ahikam à Mitspa, et demeura avec lui parmi le peuple qui était resté dans le pays.
7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्‍त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।
Et tous les Capitaines des gens de guerre qui étaient à la campagne, eux et leurs gens entendirent que le Roi de Babylone avait commis Guédalia fils d'Ahikam sur le pays, et qu'il lui avait commis les hommes, et les femmes, et les enfants, et cela d'entre les plus pauvres du pays, [savoir] de ceux qui n'avaient pas été transportés à Babylone.
8 त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यी सबैका मानिसहरू ।
Alors ils allèrent vers Guédalia à Mitspa; savoir, Ismaël fils de Néthania, et Johanan et Jonathan enfants de Karéah, et Séraja fils de Tanhumet, et les enfants de Héphai Nétophathite, et Jézania fils d'un Mahacathite, eux et leurs gens.
9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, “कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।
Et Guédalia fils d'Ahikam, fils de Saphan, leur jura, à eux et à leurs gens, en disant: ne faites pas difficulté d'être assujettis aux Caldéens, demeurez dans le pays, et soyez sujets du Roi de Babylone, et vous vous en trouverez bien.
10 हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।”
Et pour moi, voici, je demeurerai à Mitspa pour me tenir prêt à recevoir les ordres des Caldéens qui viendront vers nous; mais vous, recueillez le vin, les fruits d'Eté, et l'huile, et mettez-les dans vos vaisseaux, et demeurez dans vos villes que vous avez prises [pour votre demeure].
11 तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्‍न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।
Pareillement aussi tous les Juifs qui [étaient] en Moab, et parmi les enfants de Hammon, et dans l'Idumée, et dans tous ces pays-là, quand ils eurent entendu que le Roi de Babylone avait laissé quelque reste à Juda, et qu'il avait commis sur eux Guédalia fils d'Ahikam, fils de Saphan;
12 त्यसैले सबै यहूदी आफू छरपष्‍ट भएको हरेक ठाउँबाट फर्के । तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए । तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।
Tous ces Juifs-là retournèrent de tous les lieux auxquels ils avaient été chassés, et vinrent au pays de Juda, vers Guédalia à Mitspa, et recueillirent du vin, et des fruits d'Eté en grande abondance.
13 कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।
Mais Johanan fils de Karéah, et tous les Capitaines des gens de guerre qui [étaient] à la campagne vinrent vers Guédalia à Mitspa;
14 तिनीहरूले तिनलाई भने, “अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्‍ने कुरो तपाईंलाई थाहा छ?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्‍वास गरेनन् ।
Et lui dirent: ne sais-tu pas certainement que Bahalis, Roi des enfants de Hammon, a envoyé Ismaël le fils de Néthania pour t'ôter la vie? mais Guédalia fils d'Ahikam ne les crut point.
15 त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्‍तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्‍ट हुन दिने?”
Et Johanan fils de Karéah parla en secret à Guédalia à Mitspa, en disant: je m'en irai maintenant, et je frapperai Ismaël fils de Néthania, sans que personne le sache; pourquoi t'ôterait-il la vie, afin que tous les Juifs qui se sont rassemblés vers toi soient dissipés, et que les restes de Juda périssent?
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”
Mais Guédalia, fils d'Ahikam, dit à Johanan fils de Karéah: ne fais point cela; car tu parles faussement d'Ismaël.

< यर्मिया 40 >