< याकूब 5 >

1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।
Come now, you who are rich, weep and wail because of the miseries coming on you.
2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
Your riches have rotted, and your clothes have become moth-eaten.
3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
Your gold and your silver have become tarnished and their rust will be a witness against you. It will consume your flesh like fire. You have stored up your treasure for the last days.
4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
Look, the pay of the laborers is crying out—the pay that you have withheld from those who harvested your fields, and the cries of the harvesters have gone into the ears of the Lord of hosts.
5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
You have lived in luxury on the earth and indulged yourselves. You have fattened your hearts for a day of slaughter.
6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
You have condemned and killed the righteous person. He does not resist you.
7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
So be patient, brothers, until the Lord's coming. See, the farmer awaits the valuable harvest from the ground. He is patiently waiting for it, until it receives the early and late rains.
8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
You, too, be patient. Make your hearts strong, because the Lord's coming is near.
9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
Do not complain, brothers, against one another, so that you will be not judged. See, the judge is standing at the door.
10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
Take an example, brothers, from the suffering and patience of the prophets, those who spoke in the name of the Lord.
11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
See, we regard those who endured as blessed. You have heard of the endurance of Job, and you know the purpose of the Lord, how he is very compassionate and merciful.
12 यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
Above all, my brothers, do not swear, either by heaven or by the earth, or by any other oath. Instead, let your “Yes” mean “Yes” and your “No” mean “No,” so you do not fall under judgment.
13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस् ।
Is anyone among you suffering hardship? Let him pray. Is anyone cheerful? Let him sing praise.
14 के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् ।
Is anyone among you sick? Let him call for the elders of the church, and let them pray over him. Let them anoint him with oil in the name of the Lord.
15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।
The prayer of faith will heal the sick person, and the Lord will raise him up. If he has committed sins, God will forgive him.
16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
So confess your sins to one another, and pray for each other, so that you may be healed. The prayer of a righteous person is very strong in its working.
17 एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन ।
Elijah was a man just like us. He prayed earnestly that it would not rain, and it did not rain in the land for three years and six months.
18 अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
Then Elijah prayed again. The heavens gave rain, and the earth produced its fruit.
19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
My brothers, if anyone among you wanders from the truth, and someone brings him back,
20 त्यस व्यक्‍तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्‍नेछ ।
that person should know that whoever turns a sinner from his wandering way will save him from death, and will cover over a great number of sins.

< याकूब 5 >