< याकूब 3 >

1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामीले यो जान्‍नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
RI ai ko, me jota mau, ma komail me toto inon ion jaunpadakala, pwe komail aja, me kitail pan lel on kadeik laud.
2 किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
Pwe pan pak toto kitail kin japun, a ma amen jota kin japunki lokaia kij, nan i ol melel amen, o a kak koaki pali war a pokon.
3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ ।
Kilan, kitail kin ki on nan au en oj kijin mata, pwe ren peiki on kitail, o kitail kin kawuk jili war arail pokon.
4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
Kilan, pil jop akan! Irail me kalaimun o an kin ipir wei, ari jo, men ilil tikitik kak kawuki on waja, me kaptin kin inon ion ia.
5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
Iduen lo me kokon tikitik eu, a a juaijuai lapalap. Kilan, duen kijiniai tikitik kin ijikada nana kalaimun!
6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ । (Geenna g1067)
Iduen lo en aramaj, a raj on kijiniai o aude pan japun karoj. Lo o kijan kokon atail, ap kajaminela war pon, a kin ijikada wiawia en nan maur atail karoj, a pein i ijij jan nan pweleko. (Geenna g1067)
7 किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
Pwe jon en man laualo karoj, o manpir, o me karop, o man akan, me kin memaur nan jed, kin kamandala o kaloedi ren aramaj akan.
8 तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्‍न सकेको छैन । यो घातक विषले भरिएको र नियन्‍त्रण गर्न नसकिने दुष्‍ट हो ।
A lo o jota aramaj amen me kak kaloedi, nan me jued kot, me dir en men kamela.
9 यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
I me kitail kapinaki Kaun o Jam, o kitail kariaki i aramaj akan, me wiauier ni mom en Kot.
10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
Jon ni au ota kapai o kariu kin tapi jan ia. Ri ai ko, me jota pun, mepukat en wiaui due.
11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?
Daduen utun pil pot, a kin ki wei pil iau o jadik jan ni por ta ieu?
12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र? वा दाखको बोटले अन्जीर फलाउँदछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
Ri ai ko, pik pot pil kak wu wan le, de wain pan kak wan pik? Pil dueta parer jol eu jota kak kida pil.
13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
Ij me lolekon re omail, o erekila padak? I en kajaleda ni lamalam mau a wiawia kan ni impai o lolekon.
14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
A ma peirin o akamai mier nan monion omail, komail der juaiki palian melel o der kalikame me melel.
15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
Pwe lolekon wet, me jota tapi jan poa a udan pa et, pali uduk, pali tewil.
16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ ।
Pwe waja peirin o akamai mia, nan i wajan jaminimin o dodok jued karoj kin wiauiaui ia.
17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
A lolekon, me tapi jan ni pali poa, maj a kin makelekel, ap pil kaminimin, o kampai, o matarok, o dir en kadek, o wa mau, o jo peikajal, o jo malaun.
18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
A wan pun pan kamoredi ni popol ren ir, me kin tom pena.

< याकूब 3 >