< यशैया 47 >

1 ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
Desce, e assenta-te no pó, ó virgem filha de Babylonia; assenta-te no chão; não ha já throno, ó filha dos chaldeos, porque nunca mais serás chamada a tenra nem a delicada.
2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्‍त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
Toma a mó, e moe a farinha: descobre as tuas guedelhas, descalça os pés, descobre as pernas e passa os rios.
3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
A tua vergonha se descobrirá, e ver-se-ha o teu opprobrio: tomarei vingança, mas não irei contra ti como homem.
4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
O nome do nosso redemptor é o Senhor dos Exercitos, o Sancto d'Israel.
5 कल्दीकी छोरी, शान्‍त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
Assenta-te calada, e entra nas trevas, ó filha dos chaldeos, porque nunca mais serás chamada senhora de reinos.
6 म आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्‍पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
Muito me agastei contra o meu povo, profanei a minha herança, e os entreguei na tua mão: porém não usaste com elles de misericordia, e até sobre os velhos fizeste muito pesado o teu jugo
7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
E dizias: Eu serei senhora para sempre: até agora não tomastes estas coisas em teu coração, nem te lembraste do fim d'ellas.
8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
Agora pois ouve isto, tu que és dada a delicias, que habitas tão segura, que dizes no teu coração: Eu o sou, e fóra de mim não ha outra; não ficarei viuva, nem conhecerei a perda de filhos
9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्‍किका साथ आउनेछन् ।
Porém ambas estas coisas virão sobre ti n'um momento, no mesmo dia, perda de filhos e viuvez: em toda a sua perfeição virão sobre ti, por causa da multidão das tuas feitiçarias, por causa da abundancia dos teus muitos encantamentos.
10 तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”
Porque confiaste na tua maldade e disseste: Ninguem me pode ver; a tua sabedoria e a tua sciencia, essa te fez desviar, e disseste no teu coração: Eu o sou, e fóra de mim não ha outro.
11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्‍नो मन्त्रतन्त्रले तैंले त्‍यो धपाउन सक्‍नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्‍यसलाई तर्काउन सक्‍नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
Pelo que sobre ti virá mal de que não saberás a origem, e tal destruição cairá sobre ti, que a não poderás expiar; porque virá sobre ti de repente tão tempestuosa desolação, que a não poderás conhecer.
12 आफ्‍नो तन्त्रमन्त्र र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग्, जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
Deixa-te estar com os teus encantamentos, e com a multidão das tuas feitiçarias, em que trabalhaste desde a tua mocidade, a ver se te podes aproveitar, ou se porventura te podes fortificar.
13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
Cançaste-te na multidão dos teus conselhos; levantem-se pois agora os agoureiros dos céus, os que contemplavam os astros, os prognosticadores das luas novas, e salvem-te do que ha de vir sobre ti
14 हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!
Eis que serão como a pragana, o fogo os queimará; não poderão arrancar a sua vida do poder da labareda; não serão brazas, para se aquentar a ellas, nem fogo para se assentar a elle.
15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”
Assim te serão aquelles com quem trabalhaste, os teus negociantes desde a tua mocidade: cada qual irá vagueando pelo seu caminho; ninguem te salvará.

< यशैया 47 >