< यशैया 43 >

1 तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
Ale teraz tak mówi Pan, który cię stworzył, o Jakóbie; i który cię uczynił, o Izraelu! Nie bój się, bom cię odkupił, a wezwałem cię imieniem twojem; mójeś ty.
2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
Gdy pójdziesz przez wody, będę z tobą, a jeźli przez rzeki, nie zaleją cię; pójdzieszli przez ogień, nie spalisz się, a płomień nie imie się ciebie.
3 किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
Bom Ja Pan, Bóg twój, Święty Izraelski, zbawiciel twój. Dałem za cię na okup Egipt, ziemię Murzyńską, i Sabę miasto ciebie.
4 तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
Zaraz jakoś drogim uczyniony przed oczyma memi, jesteś uwielbionym, a Jam cię umiłował; przetoż dałem ludzi za cię, i narody za żywot twój.
5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु ।
Nie bój się, bom Ja z tobą; od wschodu słońca przyprowadzę zaś nasienie twoje, i od zachodu zgromadzę cię.
6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्‍पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्‍नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ ।
Rzekę północnej stronie: Wróć: a południowi: Nie zabraniaj. Przywiedź zasię synów moich z daleka, a córki moje od kończyn ziemi;
7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
Każdego, który się nazywa imieniem mojem, i któregom ku chwale swojej stworzył, któregom ukształtował, i któregom uczynił.
8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ ।
Wywiedź lud ślepy, który już ma oczy i głuchy, który już ma uszy.
9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् ।
Wszystkie narody niech się społu zejdą, i niech się zgromadzą ludzie. Któż jest między nimi, coby to opowiedział, a przeszłe rzeczy nam oznajmił? Niech stawią świadków swoich, a będą usprawiedliwieni; albo niech słyszą i rzekną: Prawdać jest!
10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।
Wyście świadkowie moi, mówi Pan, i sługa mój, któregom obrał, abyście wiedzieli i wierzyli mi, i zrozumieli, żem Ja jest, a że przedemną nie był stworzony Bóg, ani po mnie będzie.
11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
Ja, Jam jest Pan, a niemasz oprócz mnie zbawiciela.
12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
Ja oznajmuję i wyswabadzam, i opowiadam, a niemasz nikogo między wami z obcych bogów; i wyście mi tego świadkami, mówi Pan, żem ja Bóg.
13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
Pierwej niż dzień był, Jam jest, a niemasz, ktoby wyrwał z ręki mojej; gdy co uczynię, i któż to odwróci?
14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “तिमीहरूका निम्‍ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।
Tak mówi Pan, odkupiciel wasz, Święty Izraelski: Dla was poślę do Babilonu, i oderwę wszystkie zawory, i Chaldejczyków z okrętami, w których się oni chlubią.
15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्‍टिकर्ता, तेरो राजा हुँ ।”
Jam jest Pan, Święty wasz; Stworzyciel Izraelowy, Król wasz.
16 ‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
Tak mówi Pan, który sposobił na morzu drogę, i ścieszkę na bystrych wodach.
17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्‍याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
Który wywodzi wozy i konie, wojsko i siłę; czyni, że oraz upadają, a nie powstawają: gasną jako knot gaśnie.
18 “यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।
Nie wspominajcie pierwszych rzeczy, a starodawnych nie uważajcie.
19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।
Oto Ja czynię rzecz nową, a zaraz się zjawi; izali tego nie poznacie Nadto sposobię na puszczy drogę, a na pustyni rzeki.
20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु,
Chwalić mię będzie zwierz polny, smoki, i sowy, żem wywiódł na puszczy wody, a rzeki na pustyni, abym dał napój ludowi memu, wybranemu ludowi memu.
21 यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
Lud ten, którym sobie stworzył, chwałę moję opowiadać będzie;
22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।
A tyś mię nie wzywał, o Jakóbie! owszemeś sobie utęsknił ze mną, o Izraelu!
23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।
Nie przywiodłeś mi bydlątka na całopalenie twoje, i ofiarami twemi nie uczciłeś mię; nie przymuszałem cię, abyś mi służył ofiarami śniednemi, anim cię obciążał tem, abyś mi kadził;
24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् ।
Nie kupiłeś mi za pieniądze wonnych rzeczy, aniś mię tłustością ofiar twoich opoił; aleś mię obciążył grzechami twemi, a zadałeś mi pracę nieprawościami twojemi.
25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ ।
Ja, Ja sam gładzę przestępstwa twoje dla siebie, a grzechów twoich nie wspomnę.
26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् ।
Przywiedź mi na pamięć, sądźmy się społu; powiedz ty, maszli, czembyś się usprawiedliwił?
27 तेरो पहिलो बुबाले पाप गर्‍यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।
Ojciec twój pierwszy zgrzeszył, a nauczyciele twoi wystąpili przeciwko mnie.
28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्‍दाको निम्ति सुम्पनेछु ।”
A tak zrzucę książąt z miejsc świętych, i podam na przeklęstwo Jakóba, a Izraela na pohańbienie.

< यशैया 43 >