< उत्पत्ति 15 >

1 यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
His itaque transactis, factus est sermo Domini ad Abram per visionem dicens: Noli timere Abram, ego protector tuus sum, et merces tua magna nimis.
2 अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
Dixitque Abram: Domine Deus, quid dabis mihi? ego vadam absque liberis: et filius procuratoris domus meæ iste Damascus Eliezer.
3 अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
Addiditque Abram: Mihi autem non dedisti semen: et ecce vernaculus meus, heres meus erit.
4 हेर्नुहोस्, त्यसपछि यसो भन्‍ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ ।”
Statimque sermo Domini factus est ad eum, dicens: Non erit hic heres tuus: sed qui egredietur de utero tuo, ipsum habebis heredem.
5 अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्‍नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”
Eduxitque eum foras, et ait illi: Suscipe cælum, et numera stellas, si potes. Et dixit ei: Sic erit semen tuum.
6 तिनले परमप्रभुमा विश्‍वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो ।”
Credidit Abram Deo, et reputatum est illi ad iustitiam.
7 उहाँले तिनलाई भन्‍नुभयो, “म परमप्रभु हुँ, जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो ।”
Dixitque ad eum: Ego Dominus qui eduxi te de Ur Chaldæorum ut darem tibi terram istam, et possideres eam.
8 तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्‍वर, मैले यो प्राप्‍त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?”
At ille ait: Domine Deus, unde scire possum, quod possessurus sim eam?
9 तब उहाँले तिनलाई भन्‍नुभयो, “मलाई तिन वर्षको एउटा कोरली, तिन वर्षको बाख्राको एउटा पाठी, तिन वर्षको एउटा थुमा, एउटा ढुकुर र एउटा परेवा लेऊ ।”
Et respondens Dominus: Sume, inquit, mihi vaccam trienem, et capram trimam, et arietem annorum trium, turturem quoque, et columbam.
10 तिनले ती सबै उहाँकहाँ ल्याए र तिनीहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे, तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन् ।
Qui tollens universa hæc, divisit ea per medium, et utrasque partes contra se altrinsecus posuit: aves autem non divisit.
11 शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए ।
Descenderuntque volucres super cadavera, et abigebat eas Abram.
12 घाम डुब्‍न लाग्दा अब्राम अब्राम मस्‍न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।
Cumque sol occumberet, sopor irruit super Abram, et horror magnus et tenebrosus invasit eum.
13 त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन् ।
Dictumque est ad eum: Scito prænoscens quod peregrinum futurum sit semen tuum in terra non sua, et subiicient eos servituti, et affligent quadringentis annis.
14 तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु र त्यसपछि तिनीहरू प्रशस्‍त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् ।
Verumtamen gentem, cui servituri sunt, ego iudicabo: et post hæc egredientur cum magna substantia.
15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।
Tu autem ibis ad patres tuos in pace, sepultus in senectute bona.
16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।”
Generatione autem quarta revertentur huc: necdum enim completæ sunt iniquitates Amorrhæorum usque ad præsens tempus.
17 सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो ।
Cum ergo occubuisset sol, facta est caligo tenebrosa, et apparuit clibanus fumans, et lampas ignis transiens inter divisiones illas.
18 त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
In illo die pepigit Dominus fœdus cum Abram, dicens: Semini tuo dabo terram hanc a fluvio Ægypti usque ad fluvium magnum Euphraten,
19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू,
Cinæos, et Cenezæos, Cedmonæos,
20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू,
et Hethæos, et Pherezæos, Raphaim quoque,
21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
et Amorrhæos, et Chananæos, et Gergesæos, et Iebusæos.

< उत्पत्ति 15 >