< प्रस्थान 39 >

1 तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।
With the blue, purple, and scarlet wool, they made finely-woven garments for service in the holy place. They made Aaron's garments for the holy place, as Yahweh had commanded Moses.
2 बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।
Bezalel made the ephod of gold, of blue, purple, and scarlet wool, and of fine twined linen.
3 तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।
They hammered gold sheets and cut them into wires, to work them into the blue, purple, and scarlet wool, and into the fine linen, the work of a skillful workman.
4 तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।
They made shoulder pieces for the ephod, attached at its two upper corners.
5 यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।
Its finely-woven waistband was like the ephod; it was made of one piece with the ephod, made of fine twined linen that was gold, blue, purple, and scarlet, just as Yahweh had commanded Moses.
6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।
They crafted the onyx stones, enclosed in settings of gold, set with engravings as on a signet, and engraved with the names of Israel's twelve sons.
7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।
Bezalel put them on the shoulder pieces of the ephod, as stones to remind Yahweh of Israel's twelve sons, as Yahweh had commanded Moses.
8 तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।
He made the breastpiece, the work of a skillful workman, fashioned like the ephod. He made it of gold, of blue, purple, and scarlet wool, and of fine linen.
9 यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।
It was square. They folded the breastpiece double. It was one span long and one span wide.
10 तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।
They set in it four rows of precious stones. The first row had a ruby, a topaz, and a garnet.
11 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।
The second row had an emerald, a sapphire, and a diamond.
12 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो ।
The third row had a jacinth, an agate, and an amethyst.
13 चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।
The fourth row had a beryl, an onyx, and a jasper. The stones were mounted in gold settings.
14 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।
The stones were arranged by the names of Israel's twelve sons, each in order by name. They were like the engraving on a signet ring, each name standing for one of the twelve tribes.
15 तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।
On the breastpiece they made chains like cords, braided work of pure gold.
16 तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।
They made two settings of gold and two gold rings, and they attached the two rings to the two corners of the breastpiece.
17 तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।
They put the two braided chains of gold in the two rings at the corners of the breastpiece.
18 तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।
They attached the other two ends of the braided chains to the two settings. They attached them to the shoulder pieces of the ephod at its front.
19 तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।
They made two rings of gold and put them on the two other corners of the breastpiece, on the edge next to the inner border.
20 तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।
They made two more gold rings and attached them to the bottom of the two shoulder pieces of the front of the ephod, close to its seam above the finely-woven waistband of the ephod.
21 तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।
They tied the breastpiece by its rings to the ephod's rings with a blue cord, so that it might be attached just above the ephod's finely-woven waistband. This was so that the breastpiece might not become unattached from the ephod. This was done as Yahweh had commanded Moses.
22 बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।
Bezalel made the robe of the ephod entirely of blue fabric, the work of a weaver.
23 यसको बिचमा टाउको छिराउने प्वाल थियो । नच्यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो ।
It had an opening for the head in the middle. The opening had a woven edge round about so that it did not tear.
24 तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।
On the bottom hem, they made pomegranates of blue, purple, and scarlet yarn and of fine linen.
25 तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए ।
They made bells of pure gold, and they put the bells between the pomegranates all around on the bottom edge the robe, between the pomegranates—
26 तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
a bell and a pomegranate, a bell and a pomegranate—on the edge of the robe for Aaron to serve in. This was as Yahweh had commanded Moses.
27 तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।
They made the coats of fine linen for Aaron and for his sons.
28 तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,
They made the turban of fine linen, the ornate headbands of fine linen, the linen undergarments of fine linen,
29 सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
and the sash of fine linen and of blue, purple, and scarlet yarn, the work of an embroiderer. This was as Yahweh had commanded Moses.
30 तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।
They made the plate of the holy crown of pure gold; they engraved on it, like the engraving on a signet, “Holy to Yahweh.”
31 तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।
They attached to the turban a blue cord to the top of the turban. This was as Yahweh had commanded Moses.
32 यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।
So the work on the tabernacle, the tent of meeting, was finished. The people of Israel did everything. They followed all the instructions that Yahweh had given to Moses.
33 तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो
They brought the tabernacle to Moses—the tent and all its equipment, its clasps, frames, bars, posts, and bases;
34 रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,
the covering of ram skins dyed red, the covering of sea cow leather, and the curtain to conceal
35 गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्‍चित्तको ढकनी ल्याए ।
the ark of the testimony, as well as the poles and the atonement lid.
36 तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,
They brought the table, all its utensils, and the bread of the presence;
37 निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,
the lampstand of pure gold and its lamps in a row, with its accessories and the oil for the lamps;
38 सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
the golden altar, the anointing oil and the fragrant incense; the hanging for the tabernacle entrance;
39 काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।
the bronze altar with its bronze grate and its poles and utensil and the large basin with its base.
40 तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।
They brought the hangings for the courtyard with its posts and bases, and the curtain for the courtyard entrance; its ropes and tent pegs; and all the equipment for the service of the tabernacle, the tent of meeting.
41 तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।
They brought the fine woven garments for serving in the holy place, the holy garments for Aaron the priest and his sons, for them to serve as priests.
42 यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।
Thus the people of Israel did all the work as Yahweh had commanded Moses.
43 मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।
Moses examined all the work, and, behold, they had done it. As Yahweh had commanded, in that way they did it. Then Moses blessed them.

< प्रस्थान 39 >