< व्यवस्था 31 >

1 मोशा गएर सारा इस्राएलीलाई यी वचन भने,
Mojsije dođe da upravi ove riječi svemu Izraelu:
2 “म अहिले एक सय बिस वर्ष पुगेँ । अब म भित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस् ।'
“Meni je danas sto dvadeset godina”, - reče im. “Ne mogu više izlaziti i ulaziti. A Jahve mi je rekao: 'Nećeš prijeći ovog Jordana!'
3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।
Sam Jahve, Bog tvoj, pred tobom će prijeći; on će pred tobom potući one narode da ih otjerate s posjeda. Jošua će pred tobom ići, kako je Jahve rekao.
4 परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।
Jahve će postupiti s njima kako je postupio sa Sihonom i Ogom, amorejskim kraljevima, i njihovom zemljom kad ih uništi.
5 तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।
Pred vas će ih Jahve položiti, a vi ćete s njima postupati prema svim naredbama koje sam vam dao.
6 बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ ।”
Ohrabrite se i budite odlučni! Ne bojte se i nemojte prÓedati pred njima. TÓa sam Jahve, Bog tvoj, ide s tobom; neće te zapustiti niti će te ostaviti.”
7 मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ ।
Tada Mojsije zovnu Jošuu pa mu reče pred svim Izraelom: “Ohrabri se i budi odlučan! Jer ti ćeš ići s ovim narodom u zemlju za koju se Jahve zakle ocima njihovim da će im je dati; ti ćeš im je predavati u baštinu.
8 परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।”
Sam Jahve ide pred tobom; on će s tobom biti; neće te zapustiti niti će te ostaviti. Ne boj se i ne dršći!”
9 मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए ।
Mojsije napisa ovaj Zakon i predade ga svećenicima, sinovima Levijevim, koji su nosili Kovčeg saveza Jahvina, i svim izraelskim starješinama.
10 मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा,
Mojsije im naredi: “Svake sedme godine - godine oprosne - na Blagdan sjenica,
11 परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू ।
kad dođe sav Izrael da vidi lice Jahve, Boga tvoga, na mjestu koje on odabere, pročitaj ovaj Zakon u nazočnosti svega Izraela.
12 पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् ।
Saberi narod - ljude, žene, djecu i došljaka što bude u tvojim gradovima - da čuju i da nauče bojati se Jahve, Boga vašega, pa da drže i vrše sve riječi ovog Zakona.
13 यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून् ।”
Sinovi njihovi, koji to još ne znaju, čut će i naučit će bojati se Jahve, Boga vašega, sve vrijeme dok budete živjeli na zemlji što ćete je, prešavši Jordan, zaposjesti.”
14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए ।
Jahve reče Mojsiju: “Evo se bliži vrijeme tvoje smrti. Zovni Jošuu i nađite se u Šatoru sastanka da mu dam zapovijedi.” Mojsije i Jošua dođu u Šator sastanka.
15 परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो । बादलको खाँबो पालको ढोकामाथि अडियो ।
U Šatoru pokaže se Jahve u stupu od oblaka. Stup od oblaka stajao je na ulazu u Šator.
16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍ने छस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् । तिनीहरूले मलाई त्याग्‍ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन् ।
Jahve reče Mojsiju: “Evo ćeš naskoro počinuti sa svojim ocima. A narod će se ovaj dići da čini blud idući za tuđim bogovima one zemlje u koju će naskoro ući; mene će napustiti i prekršit će moj Savez što ga s njim sklopih.
17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र?'
I onda će se izliti moj gnjev na nj. Ostavit ću ih tada i sakriti od njih svoje lice da budu proždirani. Snaći će ih mnoga zla i nevolje i onda će reći: 'Zar me ne snalaze ove nevolje zbog toga što Bog moj nije u mojoj sredini?'
18 तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।
A ja ću sasvim sakriti svoje lice u taj dan, zbog svega zla što ga budu činili okrećući se drugim bogovima.
19 अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् ।
Pišite sada sebi ovu pjesmu. Neka je nauče Izraelci! Stavi je u njihova usta da mi ova pjesma bude svjedokom protiv Izraelaca.
20 किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् ।
Kad ih dovedem u zemlju kojom teče med i mlijeko i za koju se zakleh ocima njihovim i kad se najedu, nasite i ugoje, okrenut će se oni drugim bogovima i njima će iskazivati štovanje; mene će prezreti i prekršiti moj Savez.
21 जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।”
A kad ih snađu mnoge nesreće i nevolje, ova pjesma, jer je njihovo potomstvo neće nikada zaboraviti, pružit će svjedočanstvo protiv njih. Jer znam ja njihove osnove i što već danas snuju, prije nego sam ih i doveo u zemlju koju im pod zakletvom obećah.”
22 त्यसैले त्यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए ।
Toga dana napisa Mojsije ovu pjesmu i nauči Izraelce pjesmi.
23 परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु ।”
Nunovu sinu Jošui naloži: “Ohrabri se i budi odlučan! Jer ti ćeš uvesti Izraelce u zemlju za koju sam im se zakleo. I ja ću biti s tobom.”
24 मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि
Kad Mojsije napisa riječi ovoga Zakona u knjigu,
25 परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,
tada naredi Levijevcima, koji su nosili Kovčeg saveza Jahvina:
26 “व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् ।
“Uzmite knjigu ovoga Zakona i položite je uz Kovčeg saveza Jahvina. Neka ondje bude svjedokom protiv tebe!
27 किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ?
TÓa znam ja tvoju buntovnost i tvoju tvrdu šiju. Evo i danas, dok još s vama živim, bunite se protiv Jahve. A kako li nećete kad ja umrem!
28 तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍न सकूँ ।
Saberite k meni sve starješine svojih plemena i svoje nadglednike da na njihove uši kažem ove riječi te da protiv njih uzmem za svjedoke nebo i zemlju.
29 किनकि म जान्दछु, कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ । आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन् । तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने छ ।”
Jer znam ja da ćete se nakon moje smrti izopačiti i skrenuti s puta koji sam vam odredio; nesreća će vas snaći u budućim vremenima kad budete činili što je Jahvi nemilo i gnjevili ga djelima ruku svojih.”
30 मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए ।
A onda, na uši sve zajednice izraelske, Mojsije izgovori do kraja riječi ove pjesme:

< व्यवस्था 31 >