< २ राजाहरू 13 >

1 यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
ユダの王アハジヤの子ヨアシの第二十三年にエヒウの子エホアハズはサマリヤでイスラエルの王となり、十七年世を治めた。
2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
彼は主の目の前に悪を行い、イスラエルに罪を犯させたネバテの子ヤラベアムの罪を行いつづけて、それを離れなかった。
3 इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।
そこで主はイスラエルに対して怒りを発し、エホアハズの治世の間、絶えずイスラエルをスリヤの王ハザエルの手にわたし、またハザエルの子ベネハダデの手にわたされた。
4 त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो ।
しかしエホアハズが主に願い求めたので、主はついにこれを聞きいれられた。スリヤの王によって悩まされたイスラエルの悩みを見られたからである。
5 त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।
それで主がひとりの救助者をイスラエルに賜わったので、イスラエルの人々はスリヤびとの手をのがれ、前のように自分たちの天幕に住むようになった。
6 तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो ।
それにもかかわらず、彼らはイスラエルに罪を犯させたヤラベアムの家の罪を離れず、それを行いつづけた。またアシラの像もサマリヤに立ったままであった。
7 अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए ।
さきにスリヤの王が彼らを滅ぼし、踏み砕くちりのようにしたのでエホアハズの軍勢で残ったものは、ただ騎兵五十人、戦車十両、歩兵一万人のみであった。
8 यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
エホアハズその他の事績と、彼がしたすべての事およびその武勇は、イスラエルの王の歴代志の書にしるされているではないか。
9 यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
エホアハズは先祖たちと共に眠ったので、彼をサマリヤに葬った。その子ヨアシが代って王となった。
10 यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
ユダの王ヨアシの第三十七年に、エホアハズの子ヨアシはサマリヤでイスラエルの王となり、十六年世を治めた。
11 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
彼は主の目の前に悪を行い、イスラエルに罪を犯させたネバテの子ヤラベアムのもろもろの罪を離れず、それに歩んだ。
12 यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
ヨアシのその他の事績と、彼がしたすべての事およびユダの王アマジヤと戦ったその武勇は、イスラエルの王の歴代志の書にしるされているではないか。
13 यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
ヨアシは先祖たちと共に眠って、ヤラベアムがその位に座した。そしてヨアシはイスラエルの王たちと同じくサマリヤに葬られた。
14 अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।”
さてエリシャは死ぬ病気にかかっていたが、イスラエルの王ヨアシは下ってきて彼の顔の上に涙を流し、「わが父よ、わが父よ、イスラエルの戦車よ、その騎兵よ」と言った。
15 एलीशाले तिनलाई भने, “एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए ।
エリシャは彼に「弓と矢を取りなさい」と言ったので、弓と矢を取った。
16 एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।
エリシャはまたイスラエルの王に「弓に手をかけなさい」と言ったので、手をかけた。するとエリシャは自分の手を王の手の上におき、
17 एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, “हान्‍नुहोस्!” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।”
「東向きの窓をあけなさい」と言ったので、それをあけると、エリシャはまた「射なさい」と言った。彼が射ると、エリシャは言った、「主の救の矢、スリヤに対する救の矢。あなたはアペクでスリヤびとを撃ち破り、彼らを滅ぼしつくすであろう」。
18 तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्‍नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए ।
エリシャはまた「矢を取りなさい」と言ったので、それを取った。エリシャはまたイスラエルの王に「それをもって地を射なさい」と言ったので、三度射てやめた。
19 तर परमेश्‍वरका मानिस तिनीसित रिसाए र भने, “तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।”
すると神の人は怒って言った、「あなたは五度も六度も射るべきであった。そうしたならば、あなたはスリヤを撃ち破り、それを滅ぼしつくすことができたであろう。しかし今あなたはそうしなかったので、スリヤを撃ち破ることはただ三度だけであろう」。
20 तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे ।
こうしてエリシャは死んで葬られた。さてモアブの略奪隊は年が改まるごとに、国にはいって来るのを常とした。
21 तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो ।
時に、ひとりの人を葬ろうとする者があったが、略奪隊を見たので、その人をエリシャの墓に投げ入れて去った。その人はエリシャの骨に触れるとすぐ生きかえって立ちあがった。
22 अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
スリヤの王ハザエルはエホアハズの一生の間、イスラエルを悩ましたが、
23 तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।
主はアブラハム、イサク、ヤコブと結ばれた契約のゆえにイスラエルを恵み、これをあわれみ、これを顧みて滅ぼすことを好まず、なおこれをみ前から捨てられなかった。
24 अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।
スリヤの王ハザエルはついに死んで、その子ベネハダデが代って王となった。
25 यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।
そこでエホアハズの子ヨアシは、父エホアハズがハザエルに攻め取られた町々を、ハザエルの子ベネハダデの手から取り返した。すなわちヨアシは三度彼を撃ち破って、イスラエルの町々を取り返した。

< २ राजाहरू 13 >