< १ थेसलोनिकी 4 >

1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
Finally, brothers, we encourage and exhort you in the Lord Jesus. As you received instructions from us about how you must walk and please God, also in this way walk, so that you do so even more.
2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
For you know what instructions we gave you through the Lord Jesus.
3 यो परमेश्‍वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
For this is the will of God, your sanctification, that you avoid sexual immorality,
4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
that each of you know how to possess his own vessel in holiness and honor,
5 (परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।
not in the passion of lust (as the Gentiles who do not know God).
6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
Let no man transgress and wrong his brother in this matter. For the Lord is an avenger in all these things, just as we forewarned you and testified.
7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
For God did not call us to uncleanness, but to holiness.
8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
Therefore, he who rejects this rejects not people, but God, who gives his Holy Spirit to you.
9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
Regarding brotherly love, you have no need for anyone to write to you, for you yourselves are taught by God to love one another.
10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
Indeed, you do this for all the brothers who are in all Macedonia. But we exhort you, brothers, to do this even more.
11 हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ ।
We also exhort you to aspire to live quietly, take care of your own responsibilities, and work with your hands, just as we commanded you,
12 यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
so that you may walk properly before outsiders and not be in any need.
13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।
We do not want you to be uninformed, brothers, about those who sleep, so that you do not grieve like the rest who do not have hope.
14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
For if we believe that Jesus died and rose again, even so God will bring with Jesus those who have fallen asleep in him.
15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।
For this we say to you by the word of the Lord, that we who are alive, who are left at the coming of the Lord, will surely not go before those who have fallen asleep.
16 प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।
For the Lord himself will descend from heaven. He will come with a shout, with the voice of the archangel, and with the trumpet of God, and the dead in Christ will rise first.
17 तब हामी जो जीवित छौँ उठाई लगिएकाहरूसँग एकसाथ बादलमा प्रभुलाई भेट्नेछौँ र हामी सदासर्वदा प्रभुसँगै हुनेछौँ ।
Then we who are alive, who are left, will together with them be caught up in the clouds to meet the Lord in the air. In this way we will always be with the Lord.
18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
Therefore, comfort one another with these words.

< १ थेसलोनिकी 4 >