< १ शमूएल 17 >

1 यति बेला पलिश्‍तीहरूले युद्धको निम्ति आफ्‍ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
And the Philistines gathered together their hosts, unto battle, and they were gathered together unto Socoh, which belongeth unto Judah, —and they encamped between Socoh and Azekah in Ephes-dammim;
2 शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
and, Saul and the men of Israel, gathered themselves together, and encamped in the vale of Elah, and set the army in array against the Philistines.
3 पलिश्‍तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
And, the Philistines, were standing near the hill on one side, and, the Israelites, were standing near the hill on the other side, —while, the valley, was between them.
4 गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्‍तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।
And there came forth a champion out of the camp of the Philistines, Goliath, his name, from Gath, —his height, six cubits and a span;
5 उसले आफ्‍नो शिरमा काँसाको टोप लगाएको थियो, त्यो झिलमले सुसज्‍जित थियो । उसको काँसाको झिलमको तौल साठी किलो थियो ।
with a helmet of bronze on his head, and, with a scaly coat of mail, was he clad, —the weight of the coat, being five thousand shekels of bronze;
6 उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।
and, greaves of bronze, on his feet, —and, a javelin of bronze, between his shoulders;
7 उसको भालाको डण्डा कपडा बुन्‍ने जुलाहको थुरीजस्तै ठुलो थियो । उसको भालाको टुप्‍पो सात किलो फलामको थियो । उसको ढाल बोक्‍ने त्यसको अगि-अगि गयो ।
and, the shaft of his spear, was like a weaver’s beam, and, the flashing head of his spear, was six hundred shekels of iron, —and, his shield-bearer, was coming on before him.
8 ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।
And he took his stand, and cried unto the ranks of Israel, and said unto them, Wherefore should ye come out, to set in array for battle? Am not, I, a Philistine, while, ye, are servants unto Saul? Choose you a man, and let him come down unto me:
9 मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”
If he prevail in fighting with me, and smite me, then will we become your servants, —but, if, I, prevail over him, and smite him, then shall ye become our servants, and serve, us.
10 त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
And the Philistine said—I, reproach the ranks of Israel, this day, —give me a man, that we may fight together.
11 जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।
When Saul and all Israel heard these words of the Philistine, they were dismayed, and feared exceedingly.
12 दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
Now, David, was the son of that Ephrathite of Bethlehem-judah, whose, name, was Jesse, and, who, had eight sons, —and, the man, in the days of Saul was old, advanced in years.
13 यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।
And the three eldest sons of Jesse had followed Saul to the battle, —and, the names of his three sons who went into the battle, were Eliab the firstborn, and, the next to him, Abinadab, and, the third, Shammah.
14 दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।
But, as for David, he, was the youngest, —and, the three eldest, followed Saul;
15 अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।
whereas, David, kept going and returning from Saul, —to tend his father’s sheep at Bethlehem.
16 चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
And the Philistine drew near morning and evening, —and presented himself forty days.
17 तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्‍न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।
And Jesse said unto David his son, Take, I pray thee, unto thy brethren—this ephah of parched corn, and these ten loaves, —and run to the camp unto thy brethren;
18 साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ ।
also these ten slices of soft cheese, shalt thou take to the captain of their thousand, —and, as for thy brethren, give good heed to their welfare, their pledge, also shalt thou receive.
19 तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”
Now, Saul, and they, and all the men of Israel, were in the vale of Elah, ready to fight with the Philistines.
20 दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।
So then David rose up early in the morning, and entrusted the sheep to a keeper, and took up [the provisions] and went his way, as Jesse had commanded him, —and came into the circular rampart, as, the force, was going forth into the ranks, and shouted for the fight.
21 इस्राएल र पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।
So Israel and the Philistines set in array for battle, army against army.
22 सामानहरू राख्‍नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे, फौजहरूतिर दौडे, र आफ्ना दाजुहरूलाई ढोग गरे ।
Then David entrusted the provisions that were upon him to the care of the keeper of the stores, and ran unto the ranks, —and came and asked for the welfare of his brethren.
23 तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।
Now, as he was speaking with them, lo! the champion coming up, Goliath the Philistine, by name, of Gath, [coming up] out of the ranks of the Philistines, and he spake according to these words, —and David heard [them].
24 जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।
Now, all the men of Israel, when they saw the man, fled from before him, and feared exceedingly.
25 इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”
And the men of Israel said—Have ye seen this man that is coming up? For, to reproach Israel, is he coming. So then it shall be, that, the man that shall smite him, the same, will the king enrich with great riches, and, his own daughter, will give him, and, his father’s house, will he make free in Israel.
26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
Then spake David unto the men that were standing by him, saying, What shall be done to the man that shall smite yonder Philistine, and so shall take away reproach from off Israel? For who is this uncircumcised Philistine that he hath reproached the ranks of a Living God?
27 अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”
And the people answered him, according to this word saying, —So, shall it be done to the man that shall smite him.
28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
Now Eliab his eldest brother heard when he spake unto the men, —then was kindled the anger of Eliab against David, and he said—Wherefore is it that thou hast come down? and to whom hast thou entrusted those few sheep in the wilderness? I, know thy pride, and the foolishness of thy heart, for, to see the battle, hast thou come down.
29 दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?”
And David said, What have I done, now? Was there not, a cause?
30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।
Then turned he from him unto another, and said—according to this word, —and the people returned him an answer, like the first.
31 जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
And the words which David spake were overheard, —and, when they told them before Saul, he summoned him.
32 तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”
And David said unto Saul, Let not the heart of my lord fail, because of him, —thy servant, will go, and fight with this Philistine.
33 शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”
And Saul said unto David—Thou art not able to go against this Philistine, to fight with him, —for, a youth, art, thou, but, he, a man of war, from his youth.
34 तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,
Then said David unto Saul, Thy servant used to tend his father’s sheep, —and there would come a lion, or a bear, and carry off a lamb out of the flock;
35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।
and I would go out after him, and smite him, and rescue it out of his mouth, —and, if he rose against me, I would catch him by his beard, and smite him, and slay him.
36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
Thy servant could slay, either a lion or a bear, —and, this uncircumcised Philistine, shall become, as one of them, for he hath reproached the ranks of a Living God.
37 दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
And David said, Yahweh, who hath rescued me out of the power of the lion, and out of the power of the bear, he, will rescue us out of the hand of this Philistine. Then said Saul unto David—Go! and, Yahweh, will be with thee.
38 शाऊलले दाऊदलाई आफ्‍नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्‍याइदिए ।
And Saul clad David with his own military coat, and set a helmet of bronze upon his head, —and clad him with a coat of mail.
39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्‍दिनँ, किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले ।
And David girded his sword above his military coat, but was reluctant to go, for he had not proved them, —so David said unto Saul—I cannot go in these, for I have not proved them. And David put them off him.
40 तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।
Then took he his stick in his hand, and chose him five smooth stones out of the torrent-bed, and put them in the shepherd’s-pouch which he had—even in the wallet, and had his sling in his hand, —and so drew near unto the Philistine.
41 त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।
And the Philistine came on and on, and drew near unto David, —and the man carrying the shield was before him.
42 जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।
And, when the Philistine looked about, and saw David, he disdained him, —for he was a youth, and ruddy, a stripling of fair countenance.
43 तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।
Then said the Philistine unto David, A dog, am, I, that thou art coming unto me, with sticks? And the Philistine cursed David, by his god.
44 त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”
And the Philistine said unto David, —Come, unto me, that I may give thy flesh to the birds of heaven, and to the beasts of the field.
45 दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
Then said David unto the Philistine—Thou, art coming unto me with sword, and with spear, and with javelin, —but, I, am coming unto thee in the name of Yahweh of hosts, God of the ranks of Israel which thou hast reproached.
46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,
This day, will Yahweh deliver thee into my hand, and I will smite thee, and take thy head from off thee, and will give thy dead body and the dead bodies of the host of Philistines, this day, unto the birds of heaven, and unto the wild beasts of the earth, —that all the earth may know that Israel hath a God;
47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।
and that all this gathered host may know that, not with sword and with spear, doth Yahweh save, —for, unto Yahweh, belongeth the battle, and he will deliver you into our hand.
48 जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।
And it came to pass, when the Philistine arose, and came and drew near to meet David, that David hasted, and ran toward the ranks to meet the Philistine.
49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।
And David thrust his hand into his pouch, and took from thence a stone, and slang it, and smote the Philistine, in his forehead, —that the stone sank into his forehead, and he fell upon his face, to the earth.
50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
Thus David prevailed over the Philistine, with the sling and with the stone, and smote the Philistine, and slew him, —but, sword, was there none in the hand of David.
51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
So David ran, and stood by the Philistine, and took his sword and drew it out of the sheath thereof, and slew him, and cut off, therewith, his head, —and, when the Philistines saw that their hero was slain, they fled.
52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
Then arose the men of Israel and Judah, and shouted, and pursued the Philistines, as far as the entrance into Gath, and as far as the gates of Ekron, —and the slain of the Philistines fell in the way to the two gates, even as far as Gath and as far as Ekron.
53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।
And the sons of Israel returned from hotly pursuing the Philistines, —and plundered their camps.
54 दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
And David took the head of the Philistine, and brought it into Jerusalem, —but, his armour, put he into his tent.
55 जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”
And, when Saul saw David going forth to meet the Philistine, he said unto Abner, prince of the host, Whose son is the young man, Abner? And Abner said, By the life of thy soul, O king! I know not.
56 राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध ।”
Then said the king, —Ask, thou, whose son the stripling is?
57 जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
And, when David returned from smiting the Philistine, Abner took him, and brought him before Saul, —with the head of the Philistine in his hand.
58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”
And Saul said unto him, Whose son art, thou, O young man? And David said, Son of thy servant Jesse, the Bethlehemite.

< १ शमूएल 17 >