< १ शमूएल 16 >

1 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
Jahve reče Samuelu: “Dokle ćeš tugovati zbog Šaula, kad sam ga ja odbacio da ne kraljuje više nad Izraelom? Napuni uljem svoj rog i pođi na put! Ja te šaljem Betlehemcu Jišaju, jer sam između njegovih sinova izabrao sebi kralja.”
2 शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
A Samuel reče: “Kako bih mogao ići onamo? Šaul će to čuti i ubit će me!” Ali mu Jahve odgovori: “Uzmi sa sobom junicu pa reci: 'Došao sam da žrtvujem Jahvi!'
3 यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
I pozovi Jišaja na žrtvu, a ja ću te sam poučiti što ćeš činiti: pomazat ćeš onoga koga ti kažem.”
4 शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
Samuel učini kako mu je zapovjedio Jahve. Kad je došao u Betlehem, gradske mu starješine dršćući dođu u susret i zapitaju: “Znači li tvoj dolazak dobro?”
5 तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
Samuel odgovori: “Da, dobro! Došao sam da žrtvujem Jahvi. Očistite se i dođite sa mnom na žrtvu!” Potom očisti Jišaja i njegove sinove i pozva ih na žrtvu.
6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।
Kad su došli i kad je Samuel vidio Eliaba, reče u sebi: “Jamačno, evo pred Jahvom stoji njegov pomazanik!”
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
Ali Jahve reče Samuelu: “Ne gledaj na njegovu vanjštinu ni na njegov visoki stas, jer sam ga odbacio. Bog ne gleda kao što gleda čovjek: čovjek gleda na oči, a Jahve gleda što je u srcu.”
8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
Zatim Jišaj dozva Abinadaba i dovede ga pred Samuela. A on reče: “Ni ovoga Jahve nije izabrao.”
9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
Tada Jišaj dovede Šamu, ali Samuel reče: “Ni ovoga Jahve nije izabrao.”
10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।”
Tako Jišaj dovede sedam svojih sinova pred Samuela, ali Samuel reče Jišaju: “Jahve nije izabrao nijednoga od ovih.”
11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”
Potom zapita Jišaja: “Jesu li to svi tvoji sinovi?” A on odgovori: “Ostao je još najmlađi, on je na paši, za stadom.” Tada Samuel reče Jišaju: “Pošalji po njega, jer nećemo sjedati za stol dok on ne dođe.”
12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
Jišaj posla po njega: bio je to rumen momak, lijepih očiju i krasna stasa. I Jahve reče Samuelu: “Ustani, pomaži ga: taj je!”
13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
Samuel uze rog s uljem i pomaza ga usred njegove braće. Duh Jahvin obuze Davida od onoga dana. A Samuel krenu na put i ode u Ramu.
14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
Duh Jahvin bijaše odstupio od Šaula, a jedan zao duh, od Jahve, stao ga je salijetati.
15 शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
Tada rekoše Šaulu sluge njegove: “Evo, zao duh Božji salijeće te.
16 तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”
Zato neka naš gospodar zapovjedi, pa će sluge tvoje potražiti čovjeka koji zna udarati u harfu: kad te napadne zao duh Božji, neka onaj udara u harfu pa će ti biti bolje.”
17 शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”
Šaul reče svojim slugama: “Nađite mi čovjeka koji umije vješto udarati u harfu i dovedite ga k meni!”
18 जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”
Jedan od njegovih slugu odgovori i reče: “Ja sam vidio jednog sina Betlehemca Jišaja: on umije udarati u harfu, hrabar je junak i čovjek ratnik, vješt je govornik, krasna je stasa i Jahve je s njim.”
19 त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”
Tada Šaul posla glasnike k Jišaju i poruči mu: “Pošalji mi svoga sina Davida (koji je kod stada)!”
20 यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
A Jišaj uze pet hljebova, mijeh vina i jedno jare i posla Šaulu po svome sinu Davidu.
21 तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्‍ने बने ।
Tako David dođe k Šaulu i stupi u njegovu službu. I Šaul ga veoma zavolje i David posta njegov štitonoša.
22 “दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको छ” भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए ।
Potom Šaul posla k Jišaju i poruči mu: “Neka David ostane kod mene u službi, jer je stekao moju naklonost.”
23 जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।
I kad god bi Božji duh napao Šaula, David bi uzeo harfu i svirao; tada bi Šaulu odlanulo i bilo bi mu bolje, a zao bi duh odlazio od njega.

< १ शमूएल 16 >