< १ शमूएल 13 >

1 शाऊलले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्‍य गरेका थिए,
Saul tedy pierwszego roku królowania swego (bo tylko dwa lata królował nad Izraelem, )
2 तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्‍ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।
Wybrał sobie trzy tysiące z Izraela; i byli przy Saulu dwa tysiące w Machmas, i na górze Betel, a tysiąc był z Jonatanem w Gabaa Benjamin, a ostatek ludu rozpuścił, każdego do przybytku swego.
3 जोनातनले गिबामा भएको पलिश्‍तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले “हिब्रूहरूले सुनून्” भन्दै देशभरि तुरही फुके ।
Tedy Jonatan pobił straż Filistyńską, która była w Gabaa, i usłyszeli Filistynowie. Zatem Saul zatrąbił w trąbę po wszystkiej ziemi, mówiąc: Niech usłyszą Hebrejczycy.
4 शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
A tak usłyszał wszystek Izrael, że powiadano: Pobił Saul straż Filistyńską, dla czego też obrzydłym był Izrael między Filistyny. I zwołano lud za Saulem do Galgal.
5 पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्‍नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
Filistynowie też zebrali się, aby walczyli z Izraelem, mając trzydzieści tysięcy wozów, i sześć tysięcy jezdnych, a ludu bardzo wiele jako piasku, który jest na brzegu morskim, i ciągnęli a położyli się obozem w Machmas, na wschód słońca od Betawen.
6 जब इस्राएलका मानिसहरूले आफूहरू कष्‍टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
Ale mężowie Izraelscy widząc, iż byli ściśnieni, (bo był uciśniony lud, ) pokryli się w jaskini, i w obronne miejsca, i w skały, i w wieże, i w jamy.
7 केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।
Niektórzy też Hebrejczykowie przeprawili się za Jordan, do ziemi Gad i Galaad; ale Saul jeszcze pozostał był w Galgal, a wszystek lud potrwożony szedł za nim.
8 तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
I czekał przez siedm dni według czasu zamierzonego od Samuela, a gdy nie przyszedł Samuel do Galgal, rozbieżał się lud od niego.
9 शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।
Tedy rzekł Saul: Przynieście do mnie ofiarę całopalenia, i ofiary spokojne; tamże ofiarował całopalenie.
10 तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
A gdy dokończył ofiary całopalenia, oto Samuel przyszedł, i wyszedł Saul przeciwko niemu, żeby go przywitał.
11 त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
I rzekł Samuel: Cóżeś uczynił? Odpowiedział Saul: Iżem widział, że się rozchodzi lud odemnie, a tyś nie przyszedł na czas naznaczony, Filistynowie się też zebrali do Machmas,
12 मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
Tedym rzekł: Oto przypadną Filistynowie na mię w Galgal, a jam jeszcze nie ubłagał twarzy Pańskiej, i tak poważyłem się, i ofiarowałem całopalenie.
13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।
I rzekł Samuel do Saula; Głupieś uczynił, nie zachowałeś przykazania Pana Boga twego, któreć rozkazał; albowiem terazby był utwierdził Pan królestwo twoje nad Izraelem aż na wieki.
14 तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
Ale teraz królestwo twoje nie ostoi się; Pan sobie znalazł męża według serca swego, któremu rozkazał Pan, aby był wodzem nad ludem jego, gdyżeś nie zachował, coć przykazał Pan.
15 तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
Wstawszy tedy Samuel, poszedł z Galgal do Gabaa w Benjamin, i policzył Saul lud, którego się znalazło przy nim około sześciu set mężów.
16 शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।
Przetoż Saul, i Jonatan, syn jego, i lud, który się znalazł przy nim, zostali w Gabaa w Benjamin, a Filistynowie leżeli obozem w Machmas.
17 पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।
I wyszły dla zdobyczy z obozu Filistyńskiego trzy hufce: hufiec jeden obrócił się drogą ku Ofra do ziemi Saul;
18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
A drugi hufiec obrócił się drogą ku Betoron; trzeci zaś hufiec udał się drogą ku granicy przyległej dolinie Soboim ku puszczy.
19 इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्‍ना निम्‍ति भालाहरू र तरवारहरू बनाउँछन् ।”
Ale kowal nie znajdował się we wszystkiej ziemi Izraelskiej; bo byli zabieżeli temu Filistynowie, żeby snać Hebrejczycy nie robili mieczów ani oszczepów.
20 तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे ।
Przetoż chadzał wszystek Izrael do Filistynów, ostrzyć sobie każdy lemiesz swój, i motykę swoję, i siekierę swoję, i rydel swój.
21 फाली र कोदालो अर्जाप्‍नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्‍नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।
Bo stępiały były ostrza lemieszów, i motyk, i wideł, i siekier aż do ościenia, które było ostrzyć potrzeba.
22 त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।
I było pod czas wojny, że się nie znajdował miecz, ani oszczep w ręku wszystkiego ludu, który był z Saulem, i z Jonatanem; tylko się znajdował u Saula i Jonatana, syna jego.
23 पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।
A straż Filistyńska wyszła na drogę ku Machmas.

< १ शमूएल 13 >