< १ इतिहास 7 >

1 इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
And of the sons of Issachar: Tola, and Puah, Jashub, and Shimron, four.
2 तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।
And the sons of Tola: Uzzi and Rephaiah, and Jeriel, and Jahmai, and Ibsam, and Shemuel, heads of their fathers' houses, mighty men of valour according to their generations, even of Tola; their number in the days of David was two and twenty thousand and six hundred.
3 उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।
And the sons of Uzzi: Izrahiah; and the sons of Izrahiah: Michael, and Obadiah, and Joel, Isshiah, five; all of them chief men.
4 तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।
And with them, by their generations, after their fathers' houses, were bands of the host for war, six and thirty thousand; for they had many wives and sons.
5 इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।
And their brethren among all the families of Issachar, mighty men of valour, reckoned in all by genealogy, were fourscore and seven thousand.
6 बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
The sons of Benjamin: Bela, and Becher, and Jediael, three.
7 बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।
And the sons of Bela: Ezbon, and Uzzi, and Uzziel, and Jerimoth, and Iri, five; heads of fathers' houses, mighty men of valour; and they were reckoned by genealogy twenty and two thousand and thirty and four.
8 बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
And the sons of Becher: Zemirah, and Joash, and Eliezer, and Elioenai, and Omri, and Jeremoth, and Abijah, and Anathoth, and Alemeth. All these were the sons of Becher.
9 तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।
And they were reckoned by genealogy, after their generations, heads of their fathers' houses, mighty men of valour, twenty thousand and two hundred.
10 येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
And the sons of Jediael: Bilhan; and the sons of Bilhan: Jeush, and Benjamin, and Ehud, and Chenaanah, and Zethan, and Tarshish, and Ahishahar.
11 यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
All these were sons of Jediael, even heads of their fathers' houses, mighty men of valour, seventeen thousand and two hundred, that were able to go forth in the host for war.
12 (शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
Shuppim also, and Huppim, the sons of Ir, Hushim, the son of another.
13 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।
The sons of Naphtali: Jahziel, and Guni, and Jezer, and Shallum, the sons of Bilhah.
14 मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।
The sons of Manasseh: Asriel, whom his wife bore — his concubine the Aramitess bore Machir the father of Gilead;
15 माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।
and Machir took a wife of Huppim and Shuppim, whose sister's name was Maacah — and the name of the second was Zelophehad; and Zelophehad had daughters.
16 माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।
And Maacah the wife of Machir bore a son, and she called his name Peresh; and the name of his brother was Sheresh; and his sons were Ulam and Rekem.
17 ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।
And the sons of Ulam: Bedan. These were the sons of Gilead the son of Machir, the son of Manasseh.
18 गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।
And his sister Hammolecheth bore Ish-hod, and Abiezer, and Mahlah.
19 शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
And the sons of Shemida were Ahian, and Shechem, and Likhi, and Aniam.
20 एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।
And the sons of Ephraim: Shuthelah — and Bered was his son, and Tahath his son, and Eleadah his son, and Tahath his son,
21 तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)
and Zabad his son, and Shuthelah his son — and Ezer, and Elead, whom the men of Gath that were born in the land slew, because they came down to take away their cattle.
22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
And Ephraim their father mourned many days, and his brethren came to comfort him.
23 तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
And he went in to his wife, and she conceived, and bore a son, and he called his name Beriah, because it went evil with his house.
24 तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌ ।
And his daughter was Sheerah, who built Beth-horon the nether and the upper, and Uzzen-sheerah.
25 तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
And Rephah was his son, and Resheph, and Telah his son, and Tahan his son;
26 तहनका छोरा लादान थिए । लादानका छोरा अम्‍मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
Ladan his son, Ammihud his son, Elishama his son;
27 एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
Nun his son, Joshua his son.
28 तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए ।
And their possessions and habitations were Beth-el and the towns thereof, and eastward Naaran, and westward Gezer, with the towns thereof; Shechem also and the towns thereof, unto Aiah and the towns thereof;
29 मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।
and by the borders of the children of Manasseh, Beth-shean and the towns thereof, Taanach and the towns thereof, Megiddo and the towns thereof, Dor and the towns thereof. In these dwelt the children of Joseph the son of Israel.
30 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।
The sons of Asher: Imnah, and Ishvah, and Ishvi, and Beriah, and Serah their sister.
31 बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।
And the sons of Beriah: Heber, and Malchiel, who was the father of Birzaith.
32 हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
And Heber begot Japhlet, and Shomer, and Hotham, and Shua their sister.
33 यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
And the sons of Japhlet: Pasach, and Bimhal, and Asvath. These are the children of Japhlet.
34 यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।
And the sons of Shemer: Ahi, and Rohgah, and Hubbah, and Aram.
35 शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।
And the sons of Helem his brother: Zophah, and Imna, and Shelesh, and Amal.
36 सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
The sons of Zophah: Suah, and Harnepher, and Shaul, and Beri, and Imrah;
37 बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।
Bezer, and Hod, and Shamma, and Shilsha, and Ithran, and Beera.
38 येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।
And the sons of Jether: Jephunneh, and Pispa, and Ara.
39 उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।
And the sons of Ulla: Arah, and Hanniel, and Rizia.
40 यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।
All these were the children of Asher, heads of the fathers' houses, choice and mighty men of valour, chief of the princes. And the number of them reckoned by genealogy for service in war was twenty and six thousand men.

< १ इतिहास 7 >