< १ इतिहास 2 >

1 इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
Cić są synowie Izraelowi: Ruben, Symeon, Lewi, i Juda, Isaschar i Zabulon,
2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।
Dan, Józef, i Benjamin, Neftali, Gad i Aser.
3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
Synowie Judy: Her, i Onan, i Sela. Ci trzej urodzili mu się z córki Sui Chananejskiej. Ale Her, pierworodny Judy, był złym przed oczyma Pańskiemi; przetoż go zabił.
4 तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।
Tamar zasię, niewiastka jego, urodziła mu Faresa i Zarę. Wszystkich synów Judowych pięć.
5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
Synowie Faresowi: Hesron i Hamuel.
6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए ।
Synowie zaś Zary: Zamry, i Etan, i Heman, i Chalkol, i Darda; wszystkich tych było pięć.
7 कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए ।
Asynowie Zamrego: Charmi, wnuk Acharowy, który zamięszanie uczynił w Izraelu, zgrzeszywszy kradzieżą rzeczy przeklętych.
8 एतानका छोरा अजर्याह थिए ।
Asynowie Etanowi: Azaryjasz.
9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
A synowie Esronowi, którzy mu się urodzili: Jerameel, i Ram, i Chalubaj.
10 राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।
Ale Ram spłodził Aminadaba, a Aminadab spłodził Naasona, książęcia synów Judzkich.
11 नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने ।
A Naason spłodził Salmona, a Salmon spłodził Booza.
12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
A Booz spłodził Obeda, a Obed spłodził Isajego.
13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
A Isaj spłodził pierworodnego swego Elijaba, i Abinadaba wtórego, i Samma trzeciego.
14 काहिंला नतनेल, ठाहिंलो राद्दै,
Natanaela czwartego, Raddaja piątego.
15 अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने ।
Ozema szóstego, Dawida siódmego.
16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
A siostry ich: Sareija, i Abigail; a synowie Sarwii: Abisaj, i Joab, i Asael, trzej.
17 अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए ।
A Abigail urodziła Amazę, a ojciec Amazy był Jeter Ismaelczyk.
18 हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
A Kaleb, syn Hesronowy, spłodził z Azubą, małżonką swoją, i z Jeryjotą synów. A ci byli synowie jego: Jeser, i Sobab, i Ardon.
19 अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।
A gdy umarła Azuba, pojął sobie Kaleb Esratę, która mu urodziła Hura.
20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।
A Hur spłodził Ury, a Ury spłodził Besaleela.
21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ ।
Potem wszedł Hesron do córki Machyra, ojca Galaadowego, a pojął ją, będąc w sześćdizesiąt lat; która mu urodziła Seguba.
22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।
A Segub spłodził Jaira, który miał dwadzieścia trzy miast w ziemi Galaadskiej.
23 गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।
Bo wziął Giessurytom, i Assyryjczykom wsi Jairowe, i Kanat z miasteczkami jego, sześćdziesiąt miast. To wszystko pobrali synowie Machyra, ojca Galaadowego.
24 हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् ।
A gdy umarł Hesron w Kaleb Efrata, tedy żona Hesronowa Abija porodziła mu Assura, ojca Tekui.
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।
Byli też synowie Jerameelowi, pierworodnego Hesronowego: Pierworodny Ram, po nim Buana, i Oren, i Osem z Abii.
26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।
Miał także drugą żonę Jerameel, imieniem Atara; ta jest matka Onamowa.
27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।
Ale synowie Ramowi, pierworodnego Jerameelowego, byli: Maas, i Jamin, i Achar.
28 ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए ।
Byli też synowie Onamowi: Semaj, i Jada, a synowie Semejego: Nadad i Abisur;
29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ ।
A imię żony Abisurowej Abihail, która mu urodziła Achobbana i Molida.
30 नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।
Synowie Nadabowi: Saled i Affaim; lecz Saled umarł bez potomstwa.
31 अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।
A synowie Affaimowi Jesy; a synowie Jesy Sesan, a córka Sesana Achialaj.
32 शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।
A synowie Jady, brata Semejego, Jeter i Jonatan; ale Jeter umarł bez potomstwa.
33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।
A synowie Jonatanowi: Falet i Zyza. Cić byli synowie Jerameelowi.
34 अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।
Lecz nie miał Sesan synów, jedno córki; miał też Sesan sługę Egipczanina, imieniem Jeracha.
35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ ।
I dał Sesan córkę Jerachowi, słudze swemu, za żonę, która mu urodziła Etaja.
36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।
Etaj spłodził Natana, a Natan spłodził Zabada.
37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
A Zabad spłodził Efijala, a Efijal spłodził Obeda.
38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
A obed spłodził Jehu, a Jehu spłodził Azaryjasza.
39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
A Azaryjasz spłodził Helesa, a Heles spłodził Elasa.
40 एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने ।
A Elas spłodził Sysmaja, a Sysmaj spłodził Selluma.
41 शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने ।
A Sellum spłodził Ikamijasza, a Ikamijasz spłodził Elisama.
42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
A synowie Kaleba, brata Jerameelowego: Mesa pierworodny jego, który był ojcem Zyfejczyków i synów Maresy, ojca Hebrowowego.
43 हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।
A synowie Hebronowi: Kore i Tafua, i Rechem, i Semma.
44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने ।
A Semma spłodził Rahama, syna Jerkaamowego, a Rechem spłodził Sammajego.
45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
A Sammaj był synem Maonowym, a Maon był ojcem Betsurczyków.
46 कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।
Efa też, założnica Kalebowa, urodziła Harana, i Moze, i Giezeza; a Haran spłodził Giezeza.
47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
A synowie Jachdajowi: Regiem, i Jotam, i Giesan, i Falet, i Efa, i Saaf,
48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।
Założnica zaś druga Kalebowa Maacha urodziła Sabera, i Tyrchana.
49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए ।
A żona Saafowa urodziła ojca Madmeńczyków, i Sewa, ojca Machbeńczyków, i ojca Gabaończyków; a córka Kalebowa była Achsa.
50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,
Cić byli synowie Kaleba, syna Hurowego, pierworodnego Efraty: Sobal, ojciec Karyjatyjarymczyków.
51 बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए ।
Salma, ojciec Betlehemczyków, Charef, ojciec Betgaderczyków.
52 किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा,
Miał też synów Sobal, ojciec Karyjatyjarymczyków, który doglądał połowy Menuchoty.
53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए ।
A domy Karyjatyjarymskie były Jetrejczycy, i Futejczycy, i Sematejczycy, i Maserejczycy, z których też poszli Saraitowie, o Estaolitowie.
54 सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,
A synowie Salmy: Betlehemczycy, i Netofatczycy, ozdoby domu Joabowego, i połowa Manachaty, ojca Sorygo.
55 अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्
A domy pisarzów mieszkających w Jabez: Tyryjatejczycy, Symatejczycy, Suchatejczycy. Cić są Cynejczycy, którzy poszli z Hemata, ojca domu Rechabowego.

< १ इतिहास 2 >