< Psalm 91 >

1 Der du dich in des Höchsten Schutz begibst, in des Allmächtigen Schatten weilst,
जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ ।
2 vom Herrn sprich so: "Mein Schirm und meine Burg, mein Gott, auf den ich baue!"
म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।”
3 Aus Jägers Schlinge löst er dich und vor dem Anschlag voller Tücke.
किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
4 Mit seinen Schwingen deckt er dich; geborgen bist du unter seinen Fittichen. Ein Schirm und Schild ist seine Treue.
उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो ।
5 Kein nächtlich Grauen darf dich schrecken, kein Pfeil, der an dem Tage fliegt,
तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
6 und keine Seuche, die im Finstern schleicht, und keine Pest, die an dem hellen Mittag wütet.
वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
7 Ob Tausend dir zur Seite fallen, Zehntausende zu deiner Rechten, dich wird es nicht treffen.
हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन ।
8 Du siehst es nur mit deinen Augen, wenn du der Übeltäter Strafgericht erlebst.
तिमीले दुष्‍टको दण्ड नियाल्‍ने र देख्‍ने मात्र छौ ।
9 So sprich: "Der Herr ist meine Zuversicht". Zu deinem Freunde nimmst du dir den Höchsten.
किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्‍चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
10 Dir kann kein Unheil widerfahren und keine Plage deinem Zelte nahen.
कुनै खराबीले तिमीलाई जित्‍नेछैन । तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन ।
11 Denn deinetwegen gibt er seinen Engeln das Gebot, auf allen deinen Wegen dich zu hüten.
किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
12 Auf Händen sollen sie dich tragen, daß nicht dein Fuß an Steine stoße.
तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
13 Auf Löwen und auf Nattern reitest du; du fährst auf jungen Löwen und mit Schlangen. -
तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
14 Ich rette ihn, dieweil er an mir hängt, und schirme ihn, dieweil er meinen Namen kennt.
त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
15 Wenn er mich ruft, so höre ich auf ihn und stehe ihm zur Seite in der Not. Ich rette ihn und bringe ihn zu Ehren.
जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
16 Ich labe ihn mit langem Leben und lasse schauen ihn mein Heil.
म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।

< Psalm 91 >