< 1 Chronik 24 >

1 Auch die Aaronssöhne hatten ihre Abteilungen. Die Aaronssöhne waren Nadab, Abihu, Eleazar und Itamar.
हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
2 Nadab und Abihu aber starben vor ihrem Vater, ohne Söhne zu hinterlassen. So wurden Eleazar und Itamar Priester.
नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।
3 David teilte sie mit Sadok von Eleazars Söhnen und mit Achimelek von den Söhnen Itamars je nach ihrem Amt in ihren Dienst ein.
दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
4 Nun waren Eleazars Söhne in den Sippenhäuptern zahlreicher als Itamars Söhne. Sie teilten sich so, daß auf Eleazars Söhne sechzehn und auf die Itamars acht Familienhäupter kamen.
ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
5 Sie teilten sie durch das Los, die einen wie die anderen. Denn es gab Fürsten des Heiligtums und Fürsten Gottes sowohl bei Eleazars als bei Itamars Söhnen.
तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।
6 Und Netanels Sohn, Semaja, der Schreiber aus der Levitenzahl, schrieb sie vor dem König, den Fürsten und dem Priester Sadok auf. Je eine Familie wurde dabei von Itamar und je zwei von Eleazar ausgelost.
नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
7 Das erste Los fiel auf Jojarib, das zweite auf Jedaja,
पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
8 das dritte auf Charim, das vierte auf Seorim,
तेस्रो हारीमको, चौथो सोरीमको,
9 das fünfte auf Malkia, das sechste auf Mijjamin,
पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको,
10 das siebte auf Hakkos, das achte auf Abia,
सातौं हक्‍कोसको, आठौं अबियाको,
11 das neunte auf Jesua, das zehnte auf Sekanjahu,
नवौं येशूअको, दशौं शकन्‍याहको,
12 das elfte auf Eljasib, das zwölfte auf Jakin,
एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको,
13 das dreizehnte auf Chuppa, das vierzehnte auf Jeseb,
तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको,
14 das fünfzehnte auf Bilga, das sechzehnte auf Immer,
पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको,
15 das siebzehnte auf Chezir, das achtzehnte auf Happisses,
सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको,
16 das neunzehnte auf Petachja, das zwanzigste auf Jechezkel,
उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,
17 das einundzwanzigste auf Jakin, das zweiundzwanzigste auf Gamul,
एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको,
18 das dreiundzwanzigste auf Delaja und das vierundzwanzigste auf Maazja.
तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो ।
19 Das war ihre Amtsordnung für ihren Dienst, der darin bestand, daß sie des Herrn Haus nach der ihnen von ihrem Vater Aaron gegebenen Vorschrift betraten, wie es ihm der Herr, Israels Gott, geboten hatte.
परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।
20 Was die übrigen Levisöhne betrifft, so stammte von Amrams Söhnen Subael her, von Subaels Söhnen Iechdejahu,
बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
21 von Rechabjahu, und zwar den Rechabjahusöhnen, das Oberhaupt Issia,
रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह ।
22 von den Ishariten Selomot, von Selomots Söhnen Jachat.
यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
23 Jerias Söhne sind Amarja, der zweite, Jachaziel, der dritte, und Jekaman, der vierte.
हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।
24 Uzziels Söhne sind: Mika, von Mikas Söhnen Samir.
उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।
25 Mikas Bruder ist Issia; von den Söhnen Issias Zakarja.
मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया ।
26 Meraris Söhne sind Machli und Musi, die Söhne seines Sohnes Jaazia.
मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।
27 Meraris Söhne von seinem Sohn Jaaziahu sind Soham, Zakkur und Ibri.
यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री ।
28 Von Machli stammte Eleazar. Dieser hatte keine Söhne.
महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।
29 Von Kis: die Söhne des Kis: Jerachmeel.
कीशबाट: कीशका छोराः यरहमेल ।
30 Des Musi Söhne sind Machli, Eder und Jerimot. Dies sind die Levitensöhne nach ihren Familien.
मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
31 Auch sie warfen Lose, wie ihre Brüder, die Söhne Aarons, vor König David, vor Sadok und Achimelek sowie vor den Familienhäuptern der Priester und Leviten, die Familienhäupter ebenso wie ihre jüngeren Brüder.
आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

< 1 Chronik 24 >