< Genesis 36 >

1 Now these [are] the generations of Esau, who [is] Edom.
एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
2 Esau took his wives of the daughters of Canaan; Adah the daughter of Elon the Hittite, and Aholibamah the daughter of Anah the daughter of Zibeon the Hivite;
एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
3 And Bashemath Ishmael’s daughter, sister of Nebajoth.
र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
4 And Adah bare to Esau Eliphaz; and Bashemath bare Reuel;
आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
5 And Aholibamah bare Jeush, and Jaalam, and Korah: these [are] the sons of Esau, which were born unto him in the land of Canaan.
ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
6 And Esau took his wives, and his sons, and his daughters, and all the persons of his house, and his cattle, and all his beasts, and all his substance, which he had got in the land of Canaan; and went into the country from the face of his brother Jacob.
एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।
7 For their riches were more than that they might dwell together; and the land wherein they were strangers could not bear them because of their cattle.
तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
8 Thus dwelt Esau in mount Seir: Esau [is] Edom.
यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
9 And these [are] the generations of Esau the father of the Edomites in mount Seir:
सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
10 These [are] the names of Esau’s sons; Eliphaz the son of Adah the wife of Esau, Reuel the son of Bashemath the wife of Esau.
एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।
11 And the sons of Eliphaz were Teman, Omar, Zepho, and Gatam, and Kenaz.
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
12 And Timna was concubine to Eliphaz Esau’s son; and she bare to Eliphaz Amalek: these [were] the sons of Adah Esau’s wife.
एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
13 And these [are] the sons of Reuel; Nahath, and Zerah, Shammah, and Mizzah: these were the sons of Bashemath Esau’s wife.
रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।
14 And these were the sons of Aholibamah, the daughter of Anah the daughter of Zibeon, Esau’s wife: and she bare to Esau Jeush, and Jaalam, and Korah.
एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
15 These [were] dukes of the sons of Esau: the sons of Eliphaz the firstborn [son] of Esau; duke Teman, duke Omar, duke Zepho, duke Kenaz,
एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
16 Duke Korah, duke Gatam, [and] duke Amalek: these [are] the dukes [that came] of Eliphaz in the land of Edom; these [were] the sons of Adah.
कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
17 And these [are] the sons of Reuel Esau’s son; duke Nahath, duke Zerah, duke Shammah, duke Mizzah: these [are] the dukes [that came] of Reuel in the land of Edom; these [are] the sons of Bashemath Esau’s wife.
एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।
18 And these [are] the sons of Aholibamah Esau’s wife; duke Jeush, duke Jaalam, duke Korah: these [were] the dukes [that came] of Aholibamah the daughter of Anah, Esau’s wife.
एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
19 These [are] the sons of Esau, who [is] Edom, and these [are] their dukes.
एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
20 These [are] the sons of Seir the Horite, who inhabited the land; Lotan, and Shobal, and Zibeon, and Anah,
होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
21 And Dishon, and Ezer, and Dishan: these [are] the dukes of the Horites, the children of Seir in the land of Edom.
दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
22 And the children of Lotan were Hori and Hemam; and Lotan’s sister [was] Timna.
लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।
23 And the children of Shobal [were] these; Alvan, and Manahath, and Ebal, Shepho, and Onam.
शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
24 And these [are] the children of Zibeon; both Ajah, and Anah: this [was that] Anah that found the mules in the wilderness, as he fed the asses of Zibeon his father.
सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
25 And the children of Anah [were] these; Dishon, and Aholibamah the daughter of Anah.
अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
26 And these [are] the children of Dishon; Hemdan, and Eshban, and Ithran, and Cheran.
दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।
27 The children of Ezer [are] these; Bilhan, and Zaavan, and Akan.
एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
28 The children of Dishan [are] these; Uz, and Aran.
दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
29 These [are] the dukes [that came] of the Horites; duke Lotan, duke Shobal, duke Zibeon, duke Anah,
होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
30 Duke Dishon, duke Ezer, duke Dishan: these [are] the dukes [that came] of Hori, among their dukes in the land of Seir.
दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
31 And these [are] the kings that reigned in the land of Edom, before there reigned any king over the children of Israel.
इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
32 And Bela the son of Beor reigned in Edom: and the name of his city [was] Dinhabah.
बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
33 And Bela died, and Jobab the son of Zerah of Bozrah reigned in his stead.
बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
34 And Jobab died, and Husham of the land of Temani reigned in his stead.
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
35 And Husham died, and Hadad the son of Bedad, who smote Midian in the field of Moab, reigned in his stead: and the name of his city [was] Avith.
हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
36 And Hadad died, and Samlah of Masrekah reigned in his stead.
हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
37 And Samlah died, and Saul of Rehoboth [by] the river reigned in his stead.
सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
38 And Saul died, and Baal-hanan the son of Achbor reigned in his stead.
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
39 And Baal-hanan the son of Achbor died, and Hadar reigned in his stead: and the name of his city [was] Pau; and his wife’s name [was] Mehetabel, the daughter of Matred, the daughter of Mezahab.
अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
40 And these [are] the names of the dukes [that came] of Esau, according to their families, after their places, by their names; duke Timnah, duke Alvah, duke Jetheth,
एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,
41 Duke Aholibamah, duke Elah, duke Pinon,
ओहोलीबामा, एलाह, पीनोन,
42 Duke Kenaz, duke Teman, duke Mibzar,
कनज, तेमान, मिब्सार,
43 Duke Magdiel, duke Iram: these [be] the dukes of Edom, according to their habitations in the land of their possession: he [is] Esau the father of the Edomites.
मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।

< Genesis 36 >