< Revelation 3 >

1 “And to the angel of the assembly in Sardis write: “He who has the seven Spirits of God and the seven stars says these things: “I know your works, that you have a reputation of being alive, but you are dead.
“सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
2 Wake up and strengthen the things that remain, which you were about to throw away, for I have found no works of yours perfected before my God.
उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
3 Remember therefore how you have received and heard. Keep it and repent. If therefore you will not watch, I will come as a thief, and you will not know what hour I will come upon you.
त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ ।
4 Nevertheless you have a few names in Sardis that did not defile their garments. They will walk with me in white, for they are worthy.
तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्‍त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्‍त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
5 He who overcomes will be arrayed in white garments, and I will in no way blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels.
जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
6 He who has an ear, let him hear what the Spirit says to the assemblies.
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
7 “To the angel of the assembly in Philadelphia write: “He who is holy, he who is true, he who has the key of David, he who opens and no one can shut, and who shuts and no one opens, says these things:
“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
8 “I know your works (behold, I have set before you an open door, which no one can shut), that you have a little power, and kept my word, and did not deny my name.
तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
9 Behold, I make some of the synagogue of Satan, of those who say they are Jews, and they are not, but lie—behold, I will make them to come and worship before your feet, and to know that I have loved you.
हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।
10 Because you kept my command to endure, I also will keep you from the hour of testing which is to come on the whole world, to test those who dwell on the earth.
तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
11 I am coming quickly! Hold firmly that which you have, so that no one takes your crown.
म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
12 He who overcomes, I will make him a pillar in the temple of my God, and he will go out from there no more. I will write on him the name of my God and the name of the city of my God, the new Jerusalem, which comes down out of heaven from my God, and my own new name.
जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ, मेरा परमेश्‍वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
13 He who has an ear, let him hear what the Spirit says to the assemblies.
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
14 “To the angel of the assembly in Laodicea write: “The Amen, the Faithful and True Witness, the Beginning of God’s creation, says these things:
“लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
15 “I know your works, that you are neither cold nor hot. I wish you were cold or hot.
मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
16 So, because you are lukewarm, and neither hot nor cold, I will vomit you out of my mouth.
त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
17 Because you say, ‘I am rich, and have gotten riches, and have need of nothing,’ and do not know that you are the wretched one, miserable, poor, blind, and naked;
किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
18 I counsel you to buy from me gold refined by fire, that you may become rich; and white garments, that you may clothe yourself, and that the shame of your nakedness may not be revealed; and eye salve to anoint your eyes, that you may see.
मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक ।
19 As many as I love, I reprove and chasten. Be zealous therefore, and repent.
मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
20 Behold, I stand at the door and knock. If anyone hears my voice and opens the door, then I will come in to him and will dine with him, and he with me.
हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
21 He who overcomes, I will give to him to sit down with me on my throne, as I also overcame and sat down with my Father on his throne.
जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
22 He who has an ear, let him hear what the Spirit says to the assemblies.”
मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”

< Revelation 3 >