< Ephesians 3 >

1 For this cause I, Paul, am the prisoner of Christ Jesus on behalf of you Gentiles,
यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्‍टको एक कैदी हुँ ।
2 if it is so that you have heard of the administration of that grace of God which was given me toward you,
तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।
3 how that by revelation the mystery was made known to me, as I wrote before in few words,
मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्‍त रूपमा लेखेको कुरा एउटा गुप्‍त सत्यता हो ।
4 by which, when you read, you can perceive my understanding in the mystery of Christ,
जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।
5 which in other generations was not made known to the children of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit,
यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
6 that the Gentiles are fellow heirs and fellow members of the body, and fellow partakers of his promise in Christ Jesus through the Good News,
यो गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।
7 of which I was made a servant according to the gift of that grace of God which was given me according to the working of his power.
उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।
8 To me, the very least of all saints, was this grace given, to preach to the Gentiles the unsearchable riches of Christ,
परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
9 and to make all men see what is the administration of the mystery which for ages (aiōn g165) has been hidden in God, who created all things through Jesus Christ,
सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो । (aiōn g165)
10 to the intent that now through the assembly the manifold wisdom of God might be made known to the principalities and the powers in the heavenly places,
परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
11 according to the purpose of the ages (aiōn g165) which he accomplished in Christ Jesus our Lord.
हाम्रा प्रभु, ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ । (aiōn g165)
12 In him we have boldness and access in confidence through our faith in him.
किनभने ख्रीष्‍टमा, उहाँमाथि हाम्रो विश्‍वासको कारण हामीले साहस र आत्मविश्‍वास पाएका छौँ ।
13 Therefore I ask that you may not lose heart at my troubles for you, which are your glory.
यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो ।
14 For this cause, I bow my knees to the Father of our Lord Jesus Christ,
यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
15 from whom every family in heaven and on earth is named,
जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।
16 that he would grant you, according to the riches of his glory, that you may be strengthened with power through his Spirit in the inner person,
उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्दछु ।
17 that Christ may dwell in your hearts through faith, to the end that you, being rooted and grounded in love,
तिमीहरूको विश्‍वासद्वारा येशू ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु ।
18 may be strengthened to comprehend with all the saints what is the width and length and height and depth,
ताकि, उहाँको प्रेममा सबै विश्‍वासीहरू सँगै ख्रीष्‍टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्‍न सकोस् ।
19 and to know Christ’s love which surpasses knowledge, that you may be filled with all the fullness of God.
तिमीहरूले ख्रीष्‍टको प्रेमको महानतालाई बुझ्‍न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्‍वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
20 Now to him who is able to do exceedingly abundantly above all that we ask or think, according to the power that works in us,
अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई,
21 to him be the glory in the assembly and in Christ Jesus to all generations for the age (aiōn g165) of the ages (aiōn g165). Amen.
ख्रीष्‍ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस्! आमेन । (aiōn g165)

< Ephesians 3 >