< Salme 98 >

1 (En Salme.) Syng HERREN en sang, thi vidunderlige ting har han gjort; Sejren vandt ham hans højre, hans hellige Arm.
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
2 Sin Frelse har HERREN gjort kendt, åbenbaret sin Retfærd for Folkenes Øjne;
परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
3 han kom sin Nåde mod Jakob i Hu, sin Trofasthed mod Israels Hus. Den vide Jord har skuet vor Guds Frelse.
उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् ।
4 Råb af Fryd for HERREN, al Jorden, bryd ud i Jubel og Lovsang;
हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
5 lovsyng HERREN til Citer, lad Lovsang tone til Citer,
वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
6 råb af Fryd for Kongen, HERREN, til Trompeter og Hornets Klang!
तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
7 Havet med dets Fylde skal bruse, Jorderig og de, som bor der,
समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
8 Strømmene klappe i Hænder, Bjergene juble til Hobe
नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
9 for HERRENs Åsyn, thi han kommer, han kommer at dømme Jorden; han dømmer Jorden med Retfærd og Folkeslag med Ret!
परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।

< Salme 98 >