< Salme 19 >

1 (Til sangmesteren. En salme af David.) Himlen forkynder Guds Ære, Hvælvingen kundgør hans Hænders værk.
आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
2 Dag bærer Bud til Dag, Nat lader Nat det vide.
दिनदिनै भाषण दिन्‍छ । त्‍यसले हरेक रात ज्ञान प्रकट गर्छ ।
3 Uden Ord og uden Tale, uden at Lyden høres,
त्‍यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
4 når Himlens Røst over Jorden vide, dens Tale til Jorderigs Ende. På Himlen rejste han Solen et Telt;
तापनि तिनका शब्दहरू सारा पृथ्वीभरि जान्छन् र तिनीहरूका भाषण संसारको अन्तसम्म नै पुग्छ । तिनीहरूका माझमा सूर्यको निम्ति उहाँले पाल टाँग्‍नुभएको छ ।
5 som en Brudgom går den ud af sit Kammer, er glad som en Helt ved at løbe sin Bane,
सूर्यचाहिं दुलहा आफ्नो कोठाबाट बाहिर आइरहेको जस्‍तै हो र आफ्‍नो दौड सिद्‍याउँदा आनन्‍दित हुने बलियो मानिसजस्तै हो ।
6 rinder op ved Himlens ene Rand, og dens Omløb når til den anden. Intet er skjult for dens Glød.
एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्‍छ । त्‍यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।
7 HERRENs Lov er fuldkommen, kvæger Sjælen, HERRENs Vidnesbyrd holder, gør enfoldig viis,
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
8 HERRENs Forskrifter er rette, glæder Hjertet, HERRENs Bud er purt, giver Øjet Glans,
परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने ।
9 HERRENs Frygt er ren, varer evigt, HERRENs Lovbud er Sandhed, rette til Hobe,
परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
10 kostelige fremfor Guld, ja fint Guld i Mængde, søde fremfor Honning og Kubens Saft.
तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
11 Din Tjener tager og Vare på dem; at holde dem lønner sig rigt.
हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
12 Hvo mærker selv, at han fejler? Tilgiv mig lønlige Brøst!
कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
13 Værn også din Tjener mod frække, ej råde de over mig! Så bliver jeg uden Lyde og fri for svare Synder.
तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
14 Lad min Munds Ord være dig til Behag, lad mit Hjertes Tanker nå frem for dit Åsyn, HERRE, min Klippe og min Genløser!
हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।

< Salme 19 >