< Ordsprogene 11 >

1 Falske Vægtskåle er HERREN en gru, fuldvvægtigt Lod er efter hans Sind.
बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
2 Kommer Hovmod, kommer og Skændsel, men med ydmyge følger der Visdom.
जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
3 Retsindiges Uskyld leder dem trygt, troløses falskhed lægger dem øde.
सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् ।
4 Ej hjælper Rigdom på Vredens Dag, men Retfærd redder fra Døden.
क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
5 Den lydefris Retfærd jævner hans Vej, for sin Gudløshed falder den gudløse.
खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।
6 Retsindiges Retfærd bringer dem Frelse, troløse fanges i egen Attrå.
परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
7 Ved Døden brister den gudløses Håb, Dårers Forventning brister.
दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
8 Den retfærdige fries af Trængsel, den gudløse kommer i hans Sted.
धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ ।
9 Med sin Mund lægger vanhellig Næsten øde, retfærdige fries ved Kundskab.
ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
10 Ved retfærdiges Lykke jubler en By, der er Fryd ved gudløses Undergang.
धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ ।
11 Ved retsindiges Velsignelse rejser en By sig, den styrtes i Grus ved gudløses Mund.
परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
12 Mand uden Vid ser ned på sin Næste, hvo, som har Indsigt, tier.
आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
13 Bagtaleren røber, hvad ham er betroet, den pålidelige skjuler Sagen.
चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
14 Uden Styre står et Folk for Fald, vel står det til, hvor mange giver Råd.
बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
15 Den går det ilde, som borger for andre, tryg er den, der hader Håndslag.
परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
16 Yndefuld Kvinde vinder Manden Ære; hader hun Retsind, volder hun Skændsel. De lade må savne Gods, flittige vinder sig Rigdom.
अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
17 Kærlig Mand gør vel mod sin Sjæl, den grumme er hård ved sit eget Kød.
दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।
18 Den gudløse skaber kun skuffende Vinding, hvo Retfærd sår, får virkelig Løn.
दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
19 At hige efter Retfærd er Liv, at jage efter ondt er Død.
ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
20 De svigefulde er HERREN en Gru, hans Velbehag ejer, hvo lydefrit vandrer.
कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
21 Visselig undgår den onde ej Straf, de retfærdiges Æt går fri.
यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
22 Som Guldring i Svinetryne er fager Kvinde, der ikke kan skønne.
विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
23 Retfærdiges Ønske bliver kun til Lykke, gudløse har kun Vrede i Vente.
धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
24 En strør om sig og gør dog Fremgang, en anden nægter sig alt og mangler.
जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
25 Gavmild Sjæl bliver mæt; hvo andre kvæger, kvæges og selv.
उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
26 Hvo Kornet gemmer, ham bander Folket, Velsignelse kommer over den, som sælger.
अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
27 Hvo der jager efter godt, han søger efter Yndest, hvo der higer efter ondt, ham kommer det over.
परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
28 Hvo der stoler på sin Rigdom, falder, retfærdige grønnes som Løv.
आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
29 Den, der øder sit Hus, høster Vind, Dåre bliver Vismands Træl.
आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।
30 Retfærds Frugt er et Livets Træ, Vismand indfanger Sjæle.
धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
31 En retfærdig reddes med Nød og næppe, endsige en gudløs, en, der synder.
धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!

< Ordsprogene 11 >